“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयबहतरौऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७२———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०७/२४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
जालझेलमा हराउने धेरै छन्
देखावटी मन् पराउने धेरै छन्
मानव भै दानवता नदेखाउ,
झगडा गरि कराउने धेरै छन्
दानवलाई सराउने धेरै छन्।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
भ्यागुतो कहिले पो माछा बन्छ र पानीमा छेकेर पनि
गरिबीको दिन नआउने रैछ भाग्यमा लेखेर पनि
भगवानले त अन्याय गर्दैनन भन्ने सुनेकी थिए,
आखिर नमर्नै रैछ जन्मिदै जङ्गलमा फेकेर पनि
नदेखेको झैँ गर्दछन् दु:ख पर्दा आफ्नाले देखेर पनि।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग-
आउ प्रिय नजिकै दुइ मिलि एक हुन सिकौं
नरोएको कति भयो अब बेस्सरी रुन सिकौं
व्यर्थ कुरामा बहस गर्दा प्रेम भाग्दो रहेछ,
बसेर बरू एकले अर्काको मन धुन सिकौं
मनभित्रै हुन्छ माया पनि हातले छुन सिकौं ।
-पशपती राई खोटाङ ।

