“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौरानब्बेऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०५/२०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९४[चौरानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुशी
स्थायी :- आफू खुशी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
यसपालीको तीजमा रमाउने हो।
दिदीबहिनीको हात समाउने हो।
तीजको सबैलाई शुभकामना छ,
तीजको पुरानो भाका जमाउने हो।
भावनात्मक शुद्धता कमाउने हो।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
सुन्दर शान्त कुनै शहर आएन।
मन् मस्तिष्कमा कुनै ठहर आएन।
राताे पाेशाक लगाए नारीहरूले,
तीज आयाे रे कुनै रहर आएन।
खशीले नाच्न कुनै प्रहर आएन।
ह्यारिस
पञ्चाङ्ग:०३
धेरै समय पछि साथीसँग रमाउँछन् तीजमा।
रमाउँदै नाचेर आफ्ना गीत जमाउँछन् तीजमा।
आफ्ना चाड पर्वहरु भनेर गर्व गर्न सकियोस्,
परम्परा अनुसारको धर्म कमाउँछन् तीजमा।
विकृति छोडेर संस्कृतिलाई समाउँछन् तीजमा।
– सुस्मिता अधिकारी ,काठमाडौं
पञ्चाङ्ग:०४
संस्कारलाई कदर गर्दै दर खाऔं चेली हो
पर्वको आदर गर्दै भाका तीज गाऔं चेली हो
धेरै भद्दा किन बनाउनु पर्यो यो तीजलाई
इज्जत ढाकिने गरि पहिरन लाऔं चेली हो
छमछम नाची तीजको लहर छाऔं चेली हो।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
मीठोमीठो खाने तीजैमा
जन्मघर जाने तीजैमा
अघिपछि त्यत्तिकै हुने
उपहार लाने तीजैमा
पति, घर धाने तीजैमा।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०६
दिदीबहिनी भेटेर नाँच्ने बरिलै
गीत गाएर सम्झना साँच्ने बरिलै,
बर्ष दिनमा मनाईने तीज पर्व ,
खुसीसाथ मनाएर बाँच्ने बरिलै
उफ्रि, उफ्रि कम्मर नि भाँच्ने बरिलै।
शोभा आचार्य गौतम
पञ्चाङ्ग:०७
रमाइलो चाड तीजको बेला माइतीघर आउनु
घरमा पनि नगरी झमेला माइतीघर आउनु
दर पनि खाउँला व्रत नी लिउँला शिवजी पुजौँला
भेला भएर गरौँला है खेला माइतीघर आउनु
चेली र माइती हुँदैन रेला माइतीघर आउनु ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८
रमाइलो पर्व माइतीघर जाने तिजमा
आफ्नै आमाले पकाएको दर खाने तिजमा
परम्परादेखि चलिआएको हाम्रो संस्कार
भान्टाङ्ग र भुन्टुङ्ग छोराछोरी लाने तीजमा
गाउँदै नाच्दै रमाईलो गर्ने ठाने तीजमा ॥
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०९
माइत जान नपाए नी नाचेँ गयो तीज
यसपाली टाढा भएँ त्यतिकै भयो तीज
बिनाखर्च टाढा बाटो सम्झेर बिताइयो
पराई घर आएपछि यस्तै छ यो तीज
साथीसंगी भेट्ने रहर भाग्यो त यो तीज
अम्बिका अधिकारी
झापा बिर्तामोड
पञ्चाङ्ग:१०
संस्कृतिलाई धान्दै योचाडमा रमाऔं अब
सन्ततिलाई पनि पर्व सभ्य थमाऔं अब
सरल तरिकाले मान्ने हो चाडपर्व बुझौं ,
परम्परा अनुरुप नै धर्म कमाऔं अब
यी विकृति त्यागी संस्कृतिलाई समाऔं अब
दुर्गा भट्टराई
मोरङ


I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike