
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १२० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
महिला
दरको अनुपान
संस्कृति जोगाऔँ अभियान !
- वसन्त अनुभव
[२]
तिज
संस्कृतिको गर्वमा
मौलायो विकृतिको बीज ! - अनिता शर्मा, पोखरा
[३]
तिज
महिलाको बीज
निकाल्दै मुखबाट फिँज ! - टिकाराम पुन टिपु, सल्यान
[४]
तिज
सांस्कृतिक चाड
व्हिस्की विकृति बीज !
-बेदु न्यौपाने, काठमाडौँ
[५]
घिनलाग्दो
आइमाईको विकृति
कता खोज्छ संस्कृति ? - जमुना कायस्थ, पोखरा
[६]
सुरा
अनि सुन्दरी
आजका तिजकी परी ! - युगल त्रिन
[७]
पिलायो
नसा खिलायो
तिज पर्वले दिलायो ! - होम प्रसाद नेउपाने
धरान, सुनसरी
[८]
नारी
आहा सुन्दरी
रमाउँछन् मौका हेरी ! - शारदा गौतम आचार्य, ललितपुर
[९]
घाँटीमा
हाड अड्काउँदै
आत्महत्या गर्दै नेपाली ! - निरज कोइराला
[१०]
तिज
बहानामा विकृती
समाजमा गलत संस्कृती ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[११]
रहर
ठिक्क उत्तम
उत्ताउलो जिवन खत्तम ! - ध्रुव श्रेष्ठ
खोटाङ बजार
हाल: नरेफाँट, काठमाडौँ
[१२]
संस्कृति
तडकभडक जहिल्यै
नभित्रियोस् देशमा विकृति ! - गंगा खड्का
बूढानीलकण्ठ, काठमाडौँ
[१३]
दर
रहेन भर
भित्रियो विकृतिको संस्कार ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[१४]
संस्कृति
सुध्रेकाे मति
त्यागाैँ पश्चिमा विकृति ! - खुनराज काेईराला,
सिद्दलेक-३, धादिङ
[१५]
तिज
मनाउँदै नारी
हिँड्छन् खुट्टो बटारी ! - सरिता सेढाई, धादिङ
[१६]
उपहास
संस्कृतिको मजाक
पश्चिमा संस्कृतिको हात ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[१७]
परम्परा
आफ्नै संस्कृति
तिजमा भित्रियो विकृति ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१८]
तिज
मात्र निहुँ
खाने अनेक चिज ! - घनश्याम पौडेल, पोखरा
[१९]
दर
हाम्री चेली
लर्खराउँदै साँझ घर ! - इन्दिरा देवकोटा
[२०]
तिज
सांस्कृतिक पर्व
पान गरौँ सगर्व ! - म्यामराज राई, भोजपुर
[२१]
झुमेर
विकृति बढेको
वियरका सिसी चुमेर ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[२२]
महिला
कुबाटाेकाे यात्रा
विनाशकाले विपरीत बुद्धि ! - नवराज भट्ट, कञ्चनपुर
[२३]
तिज
मनोमानी खेलमा
पर्व परम्परा ओझेलमा ! - पृथक प्रकृति, झापा
[२४]
संस्कृति
हटाएर विकृति
माटोको पहिचान सम्पत्ति ! - आर्त अकुलीन
[२५]
विकृति
खराब प्रकृति
बिगार्दै सामाजिक आकृति ! - तोयानाथ चापागाईं
दमक, झापा
[२६]
तिज
झगडाको बीज
पोख्छन् वर्षदिनको रिस ! - पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा-३, काभ्रे
[२७]
तिज
दरको खिल्ली
संस्कृति पुर्याउँदै दिल्ली ! - दुर्गा अधिकारी ‘भमरकोटे’
[२८]
संस्कृति
अपव्याख्या हुँदै
भडकिलो महिला तिज ! - पुष्पा सायरा, विराटनगर
[२९]
तिज
बन्दैछ विकृत
संस्कृतिको भद्दा मजाक ! - गोपालप्रसाद पौड्याल
[३०]
विकृति
नवीन प्रवृत्ति
छैन संस्कार संस्कृति ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३१]
संस्कृती
समयको भेलमा
जागरणको नौटङकी कुप्रवृत्ति ! - गुणराज पौड्याल, बाग्लुङ
[३२]
संस्कृति
महिलालाई भारी
अपमान हुँदैछन् नारी ! - खेमराज पुरी, कैलाली
[३३]
विकृति
तिजमा पनि
कसरी जोगिन्छ संस्कृति ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[३४]
रसिलो
रसपान गरेर
रसिक संस्कृति बिगारेर ! - नागेन्द्रप्रसाद यादव, दाङ
[३५]
विकृती
तिजकाे नाउँमा
हराउँदै गयाे संस्कृति ! - उर्मिला के.सी., धनकुटा
[३६]
तिजमा
वियरले विज्ञापन
सामाजिक सञ्जालमा सित्तैमा ! - टीकाराम जाेशी, टीकापुर
[३७]
तिज
हाम्रो संस्कृति
हेर्दाहेर्दै ल्यायो विकृति ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३८]
हरायो
मौलिकता तिजको
गर्छन बाहाना साथीको ! - चक्र शाही, लम्की, कैलाली
[३९]
नसा
देखावटी दुनियाँ
नारी बिगार्ने ओखती ! - नारायण कोइराला
तानसेन, पाल्पा
[४०]
चाडमा
विकृतिको मिश्रण
आकर्षण अथवा विकर्षण ! - रामकृष्ण दुवाडी, पाेखरा
[४१]
मान्छे
गुण नदेख्ने
विश्वास सामाजिक सञ्जालको ! - रामप्रसाद दहाल, सुर्खेत
[४२]
चाड
विकृतिको उपज
हराउँदै रितिरिवाज संस्कार ! - राम न्यौपाने
[४३]
दर
नसाको सेवन
पश्चिमी समाज झल्काउँदै ! - बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[४४]
संस्कार
बढ्दो कुसंस्कार
विकृत आहार विहार ! - उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[४५]
विकृति
दरको नाममा
आखिर हरायो संस्कृति ! - समुन्द्रा शर्मा, सुनसरी
[४६]
मौलिकता
नसामा डुब्यो
विकृतिले पौडी खेल्यो ! - पशपति राई, खोटाङ
[४७]
अपभ्रंस
धरापमा संस्कृति
फैलदै भड्किलो विकृति ! - मन्दिरा सेढाई
मलेखु, धादिङ
[४८]
विकृति
उद्दण्ड नारी
भुल्दै पुर्वज सस्कृति ! - राेशन पराजुली, धरान
[४९]
संस्कृति
कति विकृति
फरक नारीहरुको प्रवृत्ति ! - सरिता काफ्ले
कोहलपुर-८, बाँके
[५०]
दर
देखावटी दुनियाँ
आफैँलाई हानी नोक्सानी ! - धनमाया चौधरी, कैलाली
[५१]
तिज
विकृतिको शुरुवात
घर परिवारको बिल्लीबाठ ! - अम्विका अधिकारी
झापा, बिर्तामोड
[५२]
मन
नबिग्रियोस् तन
रमाइलो लाग्यो आफ्नोपन ! - तोया घिमिरे
शङ्खमुल, काठमाडौँ
[५३]
मध्यपान
दरको नाम
गर्यौ संस्कृतिको बदनाम ! - मङ्गला उपाध्याय
[५४]
रहर
ल्याउदैछ विकृति
बन्दैछ जीवन कहर ! - शोभा गौतम
[५५]
तिज
देखावटी भाव
घरघरमा अभावको तनाव ! - दुर्गा भट्टराई, मोरङ
[५६]
व्रत
नपिएर पानी
अहिले मासु वियर ! - शिवहरि अधिकारी
[५७]
विकृति
निहुँ तिजको
धज्जी आफ्नै संस्कृतिको ! - सुस्मिता अधिकारी, काठमाडौँ
[५८]
हराउँदै
हाम्रो संस्कृती
मौलाउँदै अनेक विकृती ! - बी.के. विरही, टीकापुर
[५९]
आहा
कति मज्जा
चुलिएको विकृति संस्कृति ! - धर्मी शाक्य बुटवल, रुपन्देही
[६०]
संस्कार
असल अभ्यास
कुल्चदै पुर्खाकाे उपहार ! - भवानी घिमिरे, सर्लाही
[६१]
विकृति
ओरालो लागेको
हाम्रो मौलिक संस्कृति ! - देवी पन्थी
[६२]
संस्कृति
चाडका नाममा
भित्रियो समाजमा विकृति ! - दुर्गा आचार्य, मोरङ
[६३]
संस्कृती
रुपन्तरित अवस्था
विकृतिको भो पराकाष्ठा ! - गोपेन्द्र रिजाल, पाँचथर
[६४]
संस्कृति
जगेर्ना अभियान
तिजकाे नाममा विकृती ! - नारायणप्रसाद उपाध्याय, कैलाली
[६५]
विकृति
खर्चिलो प्रवृत्ति
हरायो मौलिक संस्कृति ! - सीता पाण्डेय मरासिनी
तम्घास, गुल्मी
[६६]
विकृति
भन्ने कसरी ?
आफैले दिएर स्विकृति ! - विवश पारदर्शी, झापा
[६७]
तिज
नूतन साधना
सोमपानको आधुनिक दर ! - कण्ठराज गिरी, काठमाण्डौँ, कपन
[६८]
बिलाउँदै
हाम्रो संस्कृति
फस्टाउँदै अनेक विकृती ! - कल्पना पहाडी, सिन्धुली
[६९]
संस्कृति
बन्दैछ विकृति
जोगाअैाँ मौलिक संस्कार ! - वासुदेव ज्ञवाली, पाल्पा, तानपा-१
[७०]
नारी
जगत् जननी
कलियुगको सौम्य चिनारी ! - सप्तराज देवकोटा
जानकी-८, कैलाली
[७१]
संस्कृति
जोगाउने नाममा
मानिस विकृति धाममा ! - जमुना आचार्य, सिन्धुपाल्चोक
[७२]
तिज
माैलिक रहर
नारी पिउँदै जहर ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे ।
[७३]
तिज
बाहाना एक
भित्रिदै विकृति अनेक ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[७४]
संस्कृति
माैलिकता हराउँदै
देशभरि विकृति माैलाउँदै ! - श्रद्धा आचार्य, पोखरा
[७५]
विकृति
बढेको देखियो
संस्कारको कमी भेटियो ! - रिता खराल, रूपन्देही
[७६]
संस्कार
विकृतिले घेरिएको
हेर बदलिएको कुसंस्कार ! - सुमित्रा पोखरेल, काठमाडौँ
[७७]
श्रीमती
दारुमा मस्त
श्रीमान खाडीमा व्यस्त ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[७८]
विकृति
बिग्रेको लत
लागु जहर सेवन ! - कविता आचार्य, कैलाली
[७९]
महिला
भित्रियो चाड
विकृति आयो पहिला ! - मिलन के. सी.(थापा), पोखरा
[८०]
प्रकृति
कस्तो विकृति ?
बिगार्यो हाम्रो संस्कृति ! - राजेन्द्र कुमार बज्राचार्य