
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
बस्ती
मानव आकृति
अनुपम छ प्रकृति !
- वसन्त अनुभव
[२]
मानव
संसार विचित्र
रमाउने आफ्नै पारा ! - दुर्गा आचार्य, मोरङ
[३]
प्रकृति
मानव आकृति
रूप नहोस विकृति ! - गोपेन्द्र रिजाल, पाँचथर
[४]
वातावरण
ज्यादै दुर्गन्धित
गरिएन फोहोर व्यवस्थित ! - पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा-३, काभ्रे
[५]
प्रकृति
मानव बस्ती
गरेछ पानीले सास्ती ! - गङ्गा अधिकारी
[६]
प्रकृति
माथी बस्ती
चित्र मानव हस्ती ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[७]
पहिचान
अप्रकाशित संरचना
छविकारको कलात्मक प्रस्तुति ! - अगस्टीन राई, पूर्व सिक्किम, भारत
[८]
कला
अद्भुत कृति
अनेक देखिने प्रकृति ! - तोयानाथ चापागाईं
दमक, झापा
[९]
चेहराभित्र
खिचिएको विचित्र
मानव बस्तीको चित्र ! - घनश्याम पौडेल, पोखरा
[१०]
प्रकृति
कतै विकृति
त्यसैभित्र मानव आकृति ! - नवराज भट्ट, कञ्चनपुर
[११]
प्रकृति
मानव बस्ती
देखिन्छ अनेकौ विकृति ! - राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[१२]
सुकुम्बासी
बस्तीको पहरेदार
बदमासी गरे खबरदार ! - अमृत सुवेदी, रूपा सात, कास्की
[१३]
प्रकृति
अनौठो खेल
आखिर मानवसँग मेल ! - सुरेशकुमार पाण्डे, दाङ
[१४]
बस्ती
समस्या बग्रेल्ती
सिंहदरबारमा सधैँ मोजमस्ती ! - केन्द्रप्रकाश बराल, इलाम
[१५]
बस्ती
अव्यवस्थित शैली
नियाल्दा मानव आकृति ! - प्रभादेवी पौडेल, चितवन
[१६]
कति
विचित्रको देखिने
यस्तो अनौठो चित्र ! - देवी पन्थी, विराटनगर
[१७]
विकृति
कुरूप प्रकृति
संलग्न मानव आकृति ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[१८]
प्रकृति
अदम्य शक्ति
विनाश नगरौँ रत्ति ! - गंगा खड्का
बुढानीलकण्ठ, काठमाडौँ
[१९]
मानिस
बिगार्छ प्रकृति
झल्किन्छ आफ्नो आकृति ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२०]
आकृति
प्राणी मानवमा
खेल खेल्दै प्रकृति ! - बेदु न्यौपाने, काठमाडौँ
[२१]
बस्ती
कहालीलाग्दो परिस्थिति
मान्छेका स्वरूप बेथिति ! - पृथक प्रकृति, झापा
[२२]
गरिबी
बाध्य परिस्थिति
खोलाको डिलमा बास ! - गुणनिधि घिमिरे, अमेरिका
[२३]
प्रकृति
हेराइ संस्कृति
भौतिकतामा समेत आकृति ! - नन्दलाल आचार्य, उदयपुर
[२४]
संसार
नियाल्दै एउटा
मानव आकृति बस्ती । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[२५]
खोला
कुरूप चोला
बुद्धि देऊ भोला ! - टिकाराम पुन टिपु, सल्यान
[२६]
प्रकृति
मानव निर्मित
देखियो आफ्नै चित्र ! - धनमाया चौधरी, कैलाली
[२७]
प्रकृति
मानव बेथिति
देख्यो आफ्नै आकृती ! - बि के विरही, टीकापुर
[२८]
तस्बिर
प्रकृतिको रूप
मानव चोला सभ्यता ! - डुकछिरिङ मिरिक
[२९]
स्वरुप
विकृत प्रकृति
पहिचान मानव प्रकृति ! - टीकाराम जाेशी, इमाडाेल
[३०]
साँघुरो
प्राकृतिक खोला
योजना या बाध्यता ! - सुस्मिता पौडेल (अधिकारी), काठमाडौँ
[३१]
बिजोग
मानव बस्ती
धेरैको चित्त फाँट्ने ! - चूडा निर्भिक
[३२]
पृथ्वी
मान्छेकै मस्ती
विनाश हुँदैछ प्रकृति !
-पशपति राई, खोटाङ्ग
[३३]
बस्ती
लथालिङ्ग भताबुङ्ग
खन्चुवा नेताको आकृती ! - त्रिलोक रामदाम, भैरहवा, रुपन्देही
[३४]
अनुपम
प्रकृतिको दृश्य
दुबानमा गाउँ बस्ती ! - धर्मी शाक्य, बुटवल, रुपन्देही
[३५]
नदी
फोहोरको घर
कहालीलाग्दो मानव संसार ! - देवकी केसी
[३६]
आकृति
मानव बस्ती
दृष्टि खस्कँदाे संस्कृति ! - भवानी घिमिरे, सर्लाही
[३७]
प्रकृति
क्षतविक्षत आकृति
आँसुको सागरमा बस्ती ! - आर्त अकुलीन, कैलाली
[३८]
मानव
आकृति दृष्टि
रुष्ट देखिन्छ प्रकृति ! - मङ्गला उपाध्याय
[३९]
पानी
कस्तो जिन्दगानी
प्रकृतिको छ कहानी ! - यादव एनपी
[४०]
आकृति
प्राकृतिक संस्कृति
मानवीय कीर्ति विकृति ! - पागल भिक्षुक, कैलाली
[४१]
कुरूप
असभ्य समाज
विकृत मानव स्वरूप ! - विवस पारदर्शी
[४२]
आवृत्ति
अव्यवस्थित भित्र
अनौठो मानवीय आकृति ! - प्रेम थापा “मन”, बागलुङ
[४३]
मानव
प्रकृतिको सुन्दरता
गराउँदै गयो कुरूपता ! - इन्दिरा देवकोटा, कपिलवस्तु
[४४]
प्रकृति
फोहोरको विकृति
बिग्रियो मानवीय आकृति ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[४५]
चित्र
हेर्दा मानव
प्रकृति भैदियो दानव ! - सरिता सेढाइ, धादिङ
[४६]
प्रकृति
बिगारेर आकृती
कुरूप बनेको बस्ती ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[४७]
चित्र
आश्चर्य मनमा
फोहपर वेदनाले विचित्र ! - शारदा गौतम आचार्य
[४८]
अनौठो
दृष्टिभाव कला
विनाशका स्वरुप अनेक ! - कण्ठराज गिरी, टीकापुर
[४९]
झुपडबस्ती
फोहर डङ्गुर
मानव आकृति लङ्गुर ! - जमुना कायस्थ, पोखरा
[५०]
प्रक्रुति
बिग्रदो सभ्यता
अस्तब्यस्त मानव आकृति ! - दुर्गा भट्टराई, मोरङ
[५१]
मानिस
बिगार्दै प्रकृति
चौतर्फी हराउँदै संस्कृति !
- कविता आचार्य, कैलाली
[५२]
विकृति
मानव आकृति
कस्तो अचम्म प्रकृति ! - गुलाब कान्छो, बाजुरा
[५३]
अतिक्रमण
फैलिएको प्रदुषण
मानव स्वास्थको शोषण ! - तोया घिमिरे
शङ्खमुल, काठमाडौँ
[५४]
बस्ती
मानव आकृति
दुबैको जीवन्त उपस्थिति ! - समुन्द्रा शर्मा, सुनसरी
[५५]
प्रकृति
मानव आकृति
बिनासले ल्यायो विकृति! - मिलन के. सी.(थापा),पोखरा
[५६]
विवेक
विकृत आकृति
समाजका स्वरूप अनेक ! - जिज्ञासु पन्त, लमजुङ
[५७]
वस्ती
फोहोरको मस्ती
मानव स्वास्थ्यमा सास्ती ! - सरस्वती श्रेष्ठ, रुपन्देही
[५८]
प्रकृति
बाहिरी चित्र
नियालेर हेर्दा विचित्र ! - प्रविना प्रयासी, ओखलढुङ्गा
[५९]
व्यथा
विनासको कथा
बिग्रदै हाम्रो अवस्था ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[६०]
गजब
विनासक तत्त्व
विचित्रको यो दुनियाँ ! - बुद्धिप्रसाद सापकोटा
गैँडाकोट-७, नवलपुर
[६१]
विचित्र
नर आकृति
चौतर्फी बानर प्रवृति ! - सप्तराज देवकोटा
[६२]
प्रकृति
मानवको कृति
विनास फोहोरको आकृति ! - चेतराज जैशी, हाल: UAE
[६३]
मानव
प्रकृतिका दानव
उर्लँदो खोलाको स्वभाव ! - भगवती दवाडी, झापा
[६४]
आकृति
आँखामा आँसु
यस्तै छ प्रकृति ! - लक्ष्मी रिजाल, कञ्चनरूप-१२, सप्तरी
[६५]
जीवन
दर्शन बाेध
सचित्र बिम्बित आभाष ! - राेशन पराजुली, धरान
[६६]
मानव
विवेकहिन बानी
फोहोरको भयो खानी ! - सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[६७]
फाेहाेर
मानव बस्तीमा
बित्दै कस्टकर जीवन ! - उर्मिला के.सी., धनकुटा
[६८]
आकृति
डुबान बस्ती
कुरूप देशकाे अनुहार ! - श्रद्धा आचार्य, पोखरा
[६९]
आकृति
प्रकृति दृश्य
फोहोर मानिसको बस्ती ! - घनश्याम पौडेल
गौरीगङ्गा-९, कैलाली
[७०]
प्रकृति
फोहोरको डङ्गुरमा
मानवको राम्रो आकृति ! - सरस्वती श्रेष्ठ, इटहरी
[७०]
झुक्याउने
चित्र कस्तो
प्रकृति मानव जस्तो ! - नारायणप्रसाद अम्मै
घो. न. पा. १, सुखड, कैलाली
[७१]
विडम्बना
सुन्दर धर्ती
बिग्रेको मानव प्रवृत्ति ! - तिला लेकाली
[७२]
अप्रभुता
धैर्य दुगन्धिता
मानव विकृति प्रस्तुता !
-अच्युत घिमिरे, सरपाङ, भुटान


आहा । गजब