
धान दिवस अर्थात असार पन्ध्र विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्गस्रष्टाहरुमा हार्दिक अनुरोध छ।(सम्पूर्ण नेपालीहरुमा असार पन्ध्र वा धान दिवसको शुभकामना)
पञ्चाङ्ग:०१
कृषि प्रधान देश मेरो आफैँमा गर्व छ यहाँ ।
दही चिउरा खाइ खेतमा जाने पर्व छ यहाँ ।
गमलामा धान राेप्ने कुसंस्कारकाे पाटाे फ्याक्दै ,
फलाउँनु पर्छ अन्न धेर खर्व खर्व छ यहाँ ।
आत्मनिर्भर बन्दै बेचौ है अन्न अर्व छ यहाँ ।
पञ्चाङ्ग:०२
नबस घर पल्टिएर असारे मेलाे सुक्नु हुन्न ।
उखाल बिउ कसेर है बाँध गरामा फुक्नु हुन्न।
मौका यही हाे गाउँला दाेहाेरी धित खाेलेर आज ,
तिमी हलाे जाेत म धान राेप्छु लाजले लुक्नु हुन्न ।
किसानकाे ठुलो पर्व मिलेर मनाऔं चुक्नु हुन्न ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०२
असार पन्ध्र पानी परेको छ।
मानिस सबै बेशी झरेको छ।
मानो रोपेर मुरी फलाउने,
त्यसैको लागि काम गरेको छ।
खान नपाई कति मरेको छ।
-सुशीला पाैडेल
पञ्चाङ्ग:०३
दही चिउरा खाएर जाऊँ।
रोपाइँ गर्न धाएर जाऊँ।
ढिलो होला नि चमेली साँझ,
छिट्टै सकौँ है आएर जाऊँ।
बाटुली सँगी गाएर जाऊँ।
-जमुना आचार्य
पञ्चाङ्ग:०४
किसान हामी खेतमा मुठ्ठी छरौँला साथी।
मङ्सिर पर्खी हामिले मुरि भरौँला साथी।
मुठ्ठी छरी मुरि बनाउने हामी कृषक,
दबदबे हिलोमा नै दु:ख गरौँला साथी।
पानी छैन बर्साको नै भर परौँला साथी।
-सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०५
असार पन्ध्र दही र च्युरा खाएर मान्छाैँ,
खेतमा अाज राेपाई गर्न छाएर मान्छाैँ,
किसानले राेपेर खेत हरियैँ पार्दैछन्,
हामी बिबिध पर्व,संस्कृति धाएर मान्छाैँ
मंसिरमा धान फल्छ केही पाएर मान्छाैँ
-शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:०६
असार पन्ध्र दही चिउरा खाँदै रमाई गरूँला रोपाइँ ।असारमा रोपेर मानु मङ्सिरमा मुरी भरूँला रोपाइँ ।मानु रोपि मुरी फलाई वर्ष दिन खाने यहि हो कमाई असार मास दबदबे हिलो धान रोप्दै सरूँला रोपाइँ ।असार पन्ध्र साथि भाइ साथ बिउ रोप्दै छरूँला रोपाइँ ।
-बेदु न्यौपाने काठमाडौ ❤️
पञ्चाङ्ग:०७
असारे पन्ध्र त्यो गैरी खेत रोपौला धान है।
यी दुवै पाखुरी चलाएर राखौला शान है।
पसिना बगोस् रगत बगोस् यही यो माटोमा,
मेरा प्यारा नजानु विदेश भनेको मान है।
आफ्नै देशको पाटो र माटो पवित्र ठान है।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८
असारको पन्ध्र दही र चिउरा खाएर मनाउँ।
असार महिनामा असारे गीत गाएर मनाउँ।
कृषि प्रधान देश भएर झरी बादल नभनी,
धावन्ते खेती घोकन्ते विद्या भन्छन् धाएर मनाउँ।
खेतका गरागरामा हामी हिलो साएर मनाउँ।
-सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०९
अब रोपाइँ गर्न छिटो धाएर जाऊँ ।
हिलोले भिज्छ छोटा लुगा लाएर जाऊँ।
घर देखि परसम्म आफैं भ्याउनु छ,
चिउरा , केरा अनि दही खाएर जाऊँ
एकै छिन असारे गीत गाएर जाऊँ।
-दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:१०
अक्षर-१६
१.
असार पन्ध्र दही र च्युरा खाएर मानाउने
खेतमा आज राेपाई गर्न छाएर मनाउने
मानो रोपेर मुरीमा फलाउने बेला अहिले,
बर्षमा आउने यी संस्कृति धाएर मनाउने,
मंसिरमा मोति फल्छ त्यहीँ पाएर मनाउने।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:११
जोश अनि जाँगर चलाउने दिन आयो ।
बादलले छल्ने र छलाउने दिन आयो ।
असार पन्ध्र दही र चिउरा खाँदै हेर्नुस्,
मनभित्र उमङ्ग पलाउने दिन आयो ।
मानो छरेर मुरी फलाउने दिन आयो ।
-वसन्त अनुभव
घोराही, दाङ

