एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

  • १४ बैशाख २०८०, बिहीबार १८:२९ मा प्रकाशित
  • काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ ।

    आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ काे विजेता बनेकाे थियाे ।

    यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएईले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।

    दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचकाे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

    प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

    Leave a Reply