पञ्चाङ्ग चित्रपट भाग- ३१

  • ११ बैशाख २०८०, सोमबार १२:४८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३१
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०१/०७ गते साँझ ८ बजे ।

    आज मातातीर्थ औँसी अर्थात माताको मुख हेरि मातालाई मीठो पकवान द्रव्य, वस्त्र दिएर माताबाट आशीर्वाद लिने दिनभएकोले १ पञ्चाङ्ग मातालाई समर्पित गरेर लेख्न हुन अनुरोध गर्दछौँ ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३१ [एकतिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन 
    —————–
    गुननिधि घिमिरे

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    लुटुपुटु  खेलेको त्यो काख याद आयो।
    फुल्याउन खुवाएको दाख याद आयो।
    कॅहा भुल्न सकिन्छ र आमाको ममता,
    मातृस्नेह भरिएको साख याद आयो।
    सन्तानप्रतिको त्यो चाख याद आयो।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग     [०२]                                       

    माता तीर्थ औंसी आएछ आजै आमा भेट्न जान्छु म।
    ति अलङ्कार वस्त्रहरू आमा पहिरन लान्छु म।
    माता तीर्थ औंसी आउँदा चेली आमा भेट्न हर्क छ,
    मिठा ति परिकार लिई जान्छु आमा सँगै खान्छु म ।
    आमा दुध भारा नलागोस् भन्दै देवतुल्य मान्छु म ।

    ✍️बेदु न्यौपाने काठमाडौ❤️  ।
    ………………………………………………………………            

    चित्रपट पञ्चाङ्ग   [०३]

    आमा विना संसारमा पार छैन आमा।
    तिमी  विना मायाको धार छैन आमा ।
    दु:ख पायौ    मेरैलागि दिनरात खटि ,
    तिम्रो जस्तो मायाको भार छैन आमा ।
    तिमी  नभए लोकमा सार छैन आमा ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    धर्तीको सृष्टि कर्ता आमा हुनु भाको हो।
    त्यसैले सबैले आमा महिमा गाको हो।
    आमाको मातृ वात्सल्य सम्झेर नै आज,
    सबै जनाले आमालाई भेट्न आको हो।
    फेसबुकमा आमाको फोटो फिजाको हो।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ………………………………………………

    चित्रपट  पञ्चाङ्ग   [०५]
    [०१]
    हात जोडि  बिन्ती गर्ने  यहि शिरमा छु।
    मौलिक  हक  होलान पक्कै चिरमा छु।
    सौभाग्य नाच्ने झनै  सतकर्मको  यहाँ ,
    भोगाई  छ  यातनाको  यिनै  पिरमा छु।
    बचाउन आउ  साथी    मत  भिरमा छु।
    [०२]
    माता हाँसुन  मेरी  यिनै  जुन तारामा हुनेछिन।
    विना अवनीको   टेकेर  ऊन  धारामा हुनेछिन।
    चामुण्डाका हून वैश्णुवी कर्ममा ज्ञानि सधै यिनै,
    छातीको रगत  दुधले हुन     भारामा हुनेछिन।
    स्निग्ध  ममताको माधुर धुन सारामा हुनेछिन।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    सन्तानहरुको भोको पेट भर्न आमा चाहिन्छ।
    सबैलाई बराबर माया गर्न आमा चाहिन्छ।
    आमाको अभावमा जिउनु परेको छ मलाई,
    दुःख र पीडामा पर्दा अघि सर्न आमा चाहिन्छ।
    सन्तानमा ज्ञानको प्रकाश छर्न आमा चाहिन्छ।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    आमाको मूल्य हुँदैन तिर्न नखोजे।
    देशभित्र मुटु हुन्छ चिर्न नखोजे ।
    आमासँगै देश सिद्दाउन कदापि ,
    विदेशीको  तरबार भिर्न नखोजे ।
    दास नै बनी पाउमा गिर्न नखोजे ।

    ✍️ देवी पन्थी ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    आमा तिमी विना जीवनमा सार छैन।
    आईरहने दु:ख सुखकाे पार छैन।
    आमा नै हुन  हाम्रो दुई आँखाका नानी,
    तीमीलाई सन्तानको कुनै भार छैन।
    तिमी भए जीवन  कहिल्यै हार छैन।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]

    आमाको  मुख  हेरि उनको  सम्मान गर्ने दिन।
    संसार  कै  आमाहरुको  अपमान  हर्ने   दिन।
    मातातीर्थ औंसीको धेरै शुभकामनाका साथै,
    आमा  कै  मायामा हराएर  स्नेहमा  पर्ने दिन।
    जगत  जननी  जानेर   अनुराग   छर्ने    दिन ।

    ✍️अच्युत घिमिरे,भूटानबाट🇧🇹 ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    यो संसारकै प्यारी हुन् मेरी आमा ।
    अँध्यारोभित्रकै जुन मेरी आमा ।
    वात्सल्यमा प्रेममा रमाएँ सधैँ,
    मातृत्वको स्वयम् गुण मेरी आमा ।
    ममताकी मीठो धुन मेरी आमा ।

    ✍️वीणा रोका, दाङ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    सधैँ खुसी छर्ने आमा ।
    स्वच्छ सास भर्ने आमा ।
    गाउँ घर सबै माझ,
    दु:ख पीडा हर्ने आमा ।
    माया प्रेम गर्ने आमा ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    सन्तानकाे निम्ति अनेक दुख गर्ने आमा।
    जति बाधा आएनि सवै खुशी भर्ने आमा।
    आमा महान हाे कसरी गराैँ र बयान,
    कष्ट परेपनि कयाैं जंघार तर्ने आमा।
    सन्तती समस्यामा पर्दा अघि सर्ने आमा।

    ✍️उर्मिला के.शी. ,धनकुटा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    रोइरहेछिन् आमा बाटो हेर्दै छोरो आउला कि भनेर।
    दुखिरहेको घाउमा मलम पट्टी  लाउला कि भनेर।
    झुपडीको पाली चुहिएर आहाल हुन्छ हर वर्षामा,
    यसपालि त छोरो आइ पक्कै पनि  छाउला कि भनेर।
    यो आँखा पनि केही दिन ओभाउन पाउला कि भनेर।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    माता हुनु पनि त एउटा कला हुनुपर्छ।
    उनैले गर्दा यो सन्सारकै भला हुनुपर्छ।
    औलादले औपचारिकता मात्र नदेखाउ,
    स्याहार सुशारमा आमाको फला हुनुपर्छ।
    दुनियाँ आमाको सम्मानमा गला हुनुपर्छ।

    ✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    आमाको मायाँ सबैलाई प्याराे लाग्छ।
    उहाँको छायाँ  सबैलाई  प्याराे लाग्छ।
    सबैलाई बराबरी गर्ने भएर,
    मायाको दायाँ सबैलाई प्यारो लाग्छ।
    दयाले   बायाँ सबैलाई प्यारो लाग्छ।

    ✍️प्रविणा पल्लवी, महाेत्तरी ।
    ……………………………………………

    Leave a Reply