उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १२ पुष २०७९, मंगलवार ०७:२३ मा प्रकाशित
  • उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू –

    १
    पिरती
    आत्माको मेल
    जीवन बिताउने आधार !

    २
    जीवन
    सुन्दर फूल
    अभाव सङ्‌घर्ष चाहाना !

    ३
    काँडा
    फूलको रक्षक
    नियतिले सुम्पेको कर्म !

    ४
    शिशिर
    नाङ्गा डाँडाकाँडा
    उजाड फुस्रो समय !

    ५
    कुहिरो
    सेतो रुवा
    अन्धाधुन्द सर्वत्र भुवा !

    ६
    पौष
    छोटा दिन
    समय बित्दै एकैछिन !

    ७
    शीतलहर
    चिसोको पराकाष्ठा
    त्रसित तराई शहर !

    • शारदा आचार्य, ललितपुर

    Leave a Reply