पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको २०औँ भाग सम्पन्न

  • १६ मंसिर २०७९, शुक्रबार १२:१९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २० [बिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०८/१२ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ——-
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    अक्षर सङ्ख्या:- आफुखुसी

    अनुप्रास :- खाली बाली ढाली पाली नाली दाली चाली हाली फाली  टाली जाली आदि

    स्थायी :-गरायौ

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–

    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
    समपञ्चाङ्ग

    सम्बन्ध पवित्र थियो खाली गरायौ [०१]
    बलियो  घर चुहुने    पाली  गरायौ [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    निष्ठुरीको  दिलमा  बस्ने बास छैन [०३]
    ——————————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ । ————————————
    आफू सभ्य मलाई त जाली गरायौ[०४]
    भोजन भएनी  रित्तो थाली गरायौ [०५]

    माथिको १,२,३,४,५ लाइनको मर्मलाई पूर्णता दिन बाँकी १२३४५ ले खुल्नुपर्छ । —————————————- उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । १ र २ मा जस्तै हुनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    नोकर  जस्तै कुरुवा माली  गरायौ [०६]
    खेत जोत्ने हलोलाई फाली गरायौ [०७]

    आठौँ लाइनले माथिको ६ र ७ लाई विस्तार गर्नुपर्छ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    नत ओत  नत पोत भयो जिन्दगी [०८]

    ६,७ र ८ का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पानी छेक्नलाई अझै आलि गरायौ[०९]
    काम सकिएपछी त   नाली गरायौ[१०]
    ————————————– उदाहरण सम पञ्चाङ्ग ०१

    सम्बन्ध पवित्र थियो खाली गरायौ [०१]
    बलियो  घर चुहुने    पाली  गरायौ [०२]
    निष्ठुरीको  दिलमा  बस्ने बास छैन [०३]
    आफू सभ्य मलाई त जाली गरायौ[०४]
    भोजन भएनी  रित्तो थाली गरायौ [०५]

    नोकर  जस्तै कुरुवा माली  गरायौ [०६]
    खेत जोत्ने हलीलाई फाली गरायौ [०७]
    नत ओत  नत पोत भयो जिन्दगी [०८]
    पानी छेक्नलाई अझै आलि गरायौ[०९]
    काम सकिएपछि  त   नाली गरायौ[१०]

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    —————————-

    पञ्चाङ्ग तथा समपञ्चाङ्गहरू:-

    समपञ्चाङ्ग   [१]

    सम्बन्ध पवित्र थियो खाली गरायौ ।
    बलियो  घर चुहुने    पाली  गरायौ ।
    निष्ठुरीको  दिलमा  बस्ने बास छैन ,
    आफू सभ्य मलाई त जाली गरायौ ।
    भोजन भएनी  रित्तो  थाली गरायौ ।

    नोकर  जस्तै  कुरुवा माली  गरायौ ।
    खेत जोत्ने  हलीलाई फाली गरायौ ।
    नत ओत  नत पोत   भयो जिन्दगी ,
    पानी छेक्नलाई अझै आलि गरायौ ।
    काम सकिएपछि  त   नाली गरायौ ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    पाल्पा हाल बर्दिया ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०२]

    गयौ उजाड यो सिउदो खाली बनाएर ।
    दुनियाँको नजर देखि  गाली  बनाएर ।
    साथ नदिने भएत किन रोज्यौ  पहिले,
    समाजमा  तिरस्कारको ताली बनाएर।
    भत्किएको घर नजिक पाली बनाएर ।

    गयौं भाँचिएको रुखको डाली बनाएर ।
    नसुहाउँने त्यो ओठको लाली बनाएर ।
    यस्तो होला भन्नेत सोचेको थिएन मैले,
    हितैसी  मेरो साथीलाई साली बनाएर ।
    नभएको त्यो आरोपमा जाली बनाएर ।

    ✍️तारा घिमिरे,  सङ्खुवा सभा ।
    ~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०३]

    यो दिलको माझ पनि खाली गरायौ।
    भित्रभित्रै त्यो आत्मसात  जाली गरायौ।
    के गल्तीको सजाय भोग्न दिदै छौ आज,
    सुन्दर जीवन जिएँथेँ नाली गरायौ।
    सबैको आँखाको अगाडि ताली गरायौ।

    मलाई तिमीले गर्दा त्यो काली गरायौ।
    हिजोआजको  दिनदिनै शाली गरायौ।
    तिम्रो मनको भाषामा त बुझ्न सकिन,
    आजभोलि हुँदाहुँदै त पाली गरायौ।
    रुख काट्ने औजार जस्तो फाली गरायौ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ✍️
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग  [०४]
    [०१]
    हिजो यो जिन्दगीको आफू माली गरायौ ।
    फेरि आज मेरै सिउँदो खाली गरायौ ।
    भर काट्नु थियो भने के माया गरेको ,
    दुःख आँसु बग्ने मलाई नाली गरायौ ।
    असिनाले चुटेको धान बाली गरायौ ।

    फल सबै लुटेर खाली डाली गरायौ ।
    बिगार्यौ खरको चुहिने पाली गरायौ ।
    लायौ बाली जोतेर खेत खायौ तिमीले ,
    मलाई त व्यर्थै फलामे फाली गरायौ ।
    आफू उम्क्यौ दोष लाएर जाली गरायौ ।
    [०२]
    किसानको हातमा ठेला देखियो ।
    मलमाथि नेताको खेला देखियो ।
    यहाँ हरेक दिन गाईजात्रा हुन्छ ,
    संसद्मा अचम्मको मेला देखियो ।
    नेता सबै विदेशी चेला देखियो ।

    जताततै चोरको भेला देखियो ।
    यो देशको ढुकुटी रेला देखियो ।
    लासको राजनीति गर्नेबाटै नै,
    सहिदको नाममा हेला देखियो ।
    अब देश सँच्चिने बेला देखियो ।

    ✍️श्रीकृष्ण शर्मा पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०५]

    दिल भरिएको थियो खाली गरायौँ ।
    ऋण बोक्यौँ घर बेच्यौँ पाली गरायौँ ।
    कर्मले किन हो यस्तो खेल खेल्दै छ,
    समाजमा मलाई पो जाली गरायौँ ।
    खान अन्न छैन खाली थाली गरायौँ ।

    सम्बन्ध फोहोर फाल्ने नाली गरायौँ
    मेरो श्रम कमाउने बाली गरायौँ।
    तिमी बाट सहाराको के आश गर्नु?
    दल दले हिलो छेउँ आली गरायौँ।
    सधैँको पहरेदार माली गरायौँ ।

    ✍️दुर्गा आचार्य,मोरङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    समापञ्चाङ्ग   [०६]

    पहिले उब्जाउ दिइरहने बाली गरायाै ।
    काम सकियाे अनि तिमीलेत खाली गरायाै।
    याे संसार पनि कस्तो हुँदाेरहेछ  बिचित्र,
    स्वार्थी भयाै छाेड्याै सबैसामु जाली गरायाै।
    धर्ती फाेर्न नसक्ने कुँडीएकाे फाली गरायाै।

    जरैदेखि सुकेकाे त्याे रुखकाे डाली गरायाै।
    कामनै नलाग्ने फाेहाेर वग्ने नाली गरायाै ।
    निस्ठुरी रहेछाै तिम्राे दिलमा दिएनाै बास,
    फूल नभएकाे फूलवारीकाे माली गरायाै ।
    ओत नहुने सँधै चुहिने त्याे पाली गरायाै ।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०७]

    दिलको ढोका खुल्लैछ काली आए हुन्छ।
    मनको  सारा  द्वेष  चैँ  फाली आए  हुन्छ।
    तिमी  बिना  अन्धकार  छ   मेरो  संसार,
    एउटा  सानो  उज्यालो  बाली  आए हुन्छ।
    साथमा   थोरै   प्रेमिल  गाली  आए  हुन्छ।

    केही चाहिँदैन  हात  खाली आए हुन्छ।
    नकुराउ    धेरै   यसै पाली  आए  हुन्छ।
    समय  भन्दा  बलियो  को छ र धर्तिमा,
    बाटाका  ती  अबरोध  ढाली आए हुन्छ।
    बन्ने  छौ  आएर  मेरो  माली आए हुन्छ।

    ✍️पशपती राई ,खोटाङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    समपञ्चाङ्ग   [०८]

    कहिले फुलबारीको माली गरायौं ।
    पुर्याएर उचाइमा ताली गरायौं ।
    बटुलेर खुशीहरू कहाँ राखूँ म ?
    मीठो प्यारमा पुजाको थाली गरायौं।
    तिम्रै अधरमा रम्ने लाली गरायौं।

    झिकेर मलाई मुटु खाली गरायौं ।
    बिना गल्ती सजायमा गाली गरायौं ।
    बदलेर मौसम जस्तै तिम्रो मन,
    जिन्दगी बाँझो खेतको आली गरायौं ।
    चोखो प्रेमलाई गन्धे नाली गरायौं ।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [०९]
    [०१]
    नचिनेर   मन   मेरो        काली  गरायौ।
    हृदयको  चोखो   प्रेम   खाली    गरायौ।
    एक्लो   भएर  जहाँ जान्छौ,जाउ तिमी,
    सच्चा    व्यवहारलाई   जाली    गरायौ।
    सुनको   कचौरा   थिएँ    थाली गरायौ।
    [०२]
    सकेनौँ  रानी  बनाउन    माली  बनायौ।
    सुनको  सियोलाई   पनि फाली बनायौ।
    भिरको चिण्डो जसरी  बनायौ जिन्दगी,
    मसिनु  ढुङ्गाको अडेसा आली बनायौ।
    पहिरो  झरेको  सरिको  नाली  बनायौ।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१०]

    पल्लागाउँका साहूकि छोरी ब्ल्याकब्युटी काली भन्थे।
    पार्पाचुके  गर्दै   छाड्दै   गाउँकै  ईज्जत  फाली भन्थे।
    कहिले हाँस्थी कहिले  रुन्थी आनीबानी राम्रै लाग्थ्यो ,
    बर्षदिनमा   दुईटा  तिन्टा   झत्ते   टाला  टाली  भन्थे ।
    टाढाकि  ता  होईन  अरे  आफ्नै  बाउकि साली भन्थे।

    ✍️गुणनिधि घिमिरे अमेरिका ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [११]

    हत्केलामाथि ठेला हेरेर ।
    अनौठो लाग्छ चेला हेरेर ।
    बाको निधार भारीले थिच्दा,
    तिमी बसेछौ मेला हेरेर ।
    के पाइन्छ र खेला हेरेर ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१२]
    १.
    कसैलाई बाँच्ने अझै आस छ।
    कसैकाे आफन्तकाे लास छ।
    आस र निराशाकाे जीवन,
    न मरुञ्जेल सधैं पास छ।
    कसैलाई यही नै खास हुन्छ।
    २.
    जन्मेकाे प्राणी मर्छ एकदिन।
    राम्राे गर्ने नै तर्छ एकदिन।
    जन्मेपछि भाेगिन्छ परेकाे नै,
    आजकाे डेरा सर्छ एकदिन।
    ठूलाे मानिस झर्छ एकदिन।
    ३.
    सन्तानले नैतिक शिक्षा पाउँछ घरबाट।
    विद्या आर्जन गर्न स्कूल धाउँछ घरबाट
    ज्ञान प्राप्त गर्न घर स्कुल दुबै चाहिने नै,
    सभ्य भएर समाजमा आउँछ घरबाट।
    हित गर्नेकाे गुणगान गाउँछ घरबाट।
    ४.
    सेवा गर्ने सबैले नामकाे लागि हाे।
    मान्छे दौडिने सबै कामकाे लागि हाे।
    सेवा नगरे मेवा कहाँ पाइन्छ नि,
    काम गर्ने नै यहाँ मामकाे लागि हाे।
    अझ भनौ भने याे दामकाे लागि हाे।

    ✍️नवराज भट्ट
    ~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१३]
    [०१]
    हरभरा रसिलाे जग्गा खाली गरायौँ।
    गरा फाली फूलबारीकाे माली गरायौै।
    खेत जाेत्ने हलाे थियोे बारीमा कोदालो,
    काटेर नै  बिना कामकाे  फाली गरायाैँ।
    साेझा सिधा ब्यक्तित्वलाई जाली गरायौँ।
    [०२]
    फूलकाे बगैँचा थियोे खाली गरायौँ।
    सुन्दर फूल बिनाकाे डाली गरायौँ।
    फूलेर सुगन्ध दिन्थ्याे अबस्य पनि ,
    फूल बिना बगैँचाकाे माली गरायाैँ।
    फूलकाे बगानलाई नाली गरायाैँ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१४]

    जनताले लत्याए पनि कुर्सी समाएकै छन्।
    हार्नुमा दुख छैन बरू अझ  रमाएकै छन्।
    गुमेपछि फेरि आइन्न भन्ने थाहा छॅदै छ,
    त्यसैले पुस्तौॅलाई पुग्नेगरी कमाएकै छन्।
    नैतिकताले छोड्नुपर्ने सत्ता जमाएकै छन्।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१५]

    बसाइँ सरेर तिमीले गाउँ खालि बनायौप।
    बाँझो छोडेर जमीन नअन्न बाली बनायौ।
    कसले सिङ्गार्छ गाउँ अब बेवारिसे भयो,
    गाउँलाई त थियो आशा मन जाली बनायौ।
    मासेर तिमी तिलहरी यहाँ फाली बनायौ।
                          /१/
    पवित्र मन किन जाली बनायौ।
    जरुरी कोठा तर पाली बनायौ।
    पवित्र  हुनुपर्थ्यो  भावना   तर,
    पवित्र पोखरी त नाली बनायौ ।
    भावना भित्र खाली खाली बनायौ ।

    ✍️तेजप्रसाद खनाल, दाङ लमही ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१६]

    साँचो कुरा नगरी  निकै टाला टाली गरायाै!
    नगर्ने नि  गरेछाै माेराेलाई माली गरायाै।
    विदेसी भूमिमा  सुनाैला सपना  बुन्दै गरेँ,
    रासलीला मा रमेर ऊ  सँग बाली गरायाै।
    बेइमान रहेछाै   खल्ती मेराे खाली गरायाै।

    ✍️टिकाराम जोशी, टिकापुर कैलाली ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ   [१७]

    उनै फर्किन्छन् जान्छन्  देश खाली गराउँदै।
    गर्किए  कतै हली  कतै आली गराउँदै।
    बुझ्नेहरूले बुझेका हुन्छन्  उनको चाला,
    सोरेर  गयो उस्ले  रित्तो डाली गराउँदै।
    बज्यो ताली देख्ने आलिपाली गराउंदै।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [१८]
    [०१]
    कोमल हृदय रित्याएर खाली गरायौ।
    तिम्रो मनको फूलबारीमा माली गरायौ।
    यात्रा धेरै पार गर्नुछ गन्तव्यमा पुग्न,
    दोबाटो छेक्नलाई तिमीले आली गरायौ।
    यो दुनियाँ सामुमा मलाई जाली गरायौ।
    [०२]
    मेरो लास जलिरहँदा ताली गरायौ।
    तिम्रो आस्था ढलिरहँदा ढाली गरायौ।
    आँट र हिक्मतलाई डोहोर्याएपछि
    तिमी खेल हारिरहँदा जाली गरायौ ।
    तिम्रो चर्चा चलिरहँदा नाली गरायौ।
    [०३]
    परिबन्धमा परे पछि त्यस्तै हुन्छ कहिले काहीँ ।
    काम धन्दा व्यबहारले ब्यस्तै हुन्छ कहिलेकाहीँ ।
    सम्झनामा आउँछौ नि तिमी हर दिनरातहारू,
    नजानिदो मायापनि अभ्यस्तै हुन्छ कहिलेकाहीँ।
    मुटुका यी धड्कन पनि ज्यस्तै हुन्छ कहिलेकाहीँ ।

    ✍️मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग  [१९]

    लहर थियो फूलले भरेको किन यसलाई खाली गरायौ।
    रहर थियो जुन झैँ परेको किन यसलाई फाली गरायौ।
    जीवन हाम्रो जहिले डुबेको हुन्छ हाराहारी सुख दुःखमा ,
    कहर थियो सुविधा हरेको किन यसलाई ताली गरायौ ।
    पहर थियो उन्नति मरेको किन यसलाई बाली गरायौ।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२०]
    [०१]
    तिम्रो छाती भित्र भित्रै फुल्ने मेरो रहर छ।
    तिमै काखे सिरानिमा  झुल्ने मेरो रहर छ।
    कहिले  पनि  तिमी  मलाई  नाई नभन है,
    प्रेमसँग   गाउँ   घर   डुल्ने  मेरो   रहर छ।
    मेरा सारा  दु:खी दिन  भुल्ने  मेरो  रहर छ।
    [०२]
    कसैको  मन  मुटुमा  म  घुल्न सकिन।
    मेरो मुटुको  कुना भित्र  हुल्न  सकिन।
    भगवान  म  कसोगरि  बाँच्ने हो  यहा,
    प्यारको मूल्य कतै नि असुल्न सकिन।
    अरु  कोहीसँग  पनि म  डुल्न सकिन।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२१]

    स्वर्ग जस्तो मेरो भूमि  अन्त कहां पाऊ छौँ ।
    बिदेशीबाट    फर्किएपछि  यहीं  आऊ छौँ
    देश हाम्रो छैन  कमि  सबै कुरामा पुर्ण,
    ढिंडो फांडो खोले सिस्नु जे छ त्यहि खाऊ छौँ ।
    आफ्नै डाँडा काँडासित माया प्रिती लाऊ छौँ।

    ✍️सरिता सेढाई , चरौंदी धादिङ ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२२]

    थकानकाे  औषधि  आराम  भए।
    लेखा जाेखा बिना त्यो काम भए।
    मानिस कति अशल  हुँदाे    कठै,
    वनबास     जानु  अघि राम भए।
    खुसी  हुन्छ   पौरखको दाम भए ।

    ✍️मिना देवकोटा,
    ~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२३]

    आज हजूरको दिन खास होला।
    कहि  नगई घरमै   वास होला।
    शुभ जन्म दिन होस  सबतिर ,
    आशीर्वाद प्राप्त हुने आस होला।
    सुभकामना दिनेको रास होला।

    ✍️सीता शर्मा पन्थी, बिरंगज ।
    ~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२४]

    तिम्रो मेरो माया पनि टुटे-फुटेको जस्तो ।
    पानी पर्दा असिनाको भाग्य जुटेको जस्तो ।
    बुझ्नै गाह्रो हुन्छ मलाई के भएको होला,
    समयले जवानीको खुसी लुटेको जस्तो ।
    सानो चोट लाग्दा खेरि दिल टुटेको जस्तो।

    ✍️दस्ता कौशिक,पाँचथर।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२५]

    सिर्जनाका फूलहरुका डाली गरायौ ।
    कताकता डुल्नमा पुगेँ खाली गरायौ।
    निस्कनै मुस्किल पसेपछि सागरमा,
    भागदौड र पसिनामा काली गरायौ ।
    यस्तै बीचमा परेँ हिँड्दै ताली गरायौ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [२६]
    [०१]
    चाहे जसलाई हिजो उसलाई पाउन सकिएन।
    अघि पछि सायद उसको धाउन सकिएन।
    अरूले त प्रेम भनी जून तारा नी झारी ल्याए,
    आफूले चै कविता नी गाउन सकिएन।
    सायद त्यस्ता माया हाम्ले लाउन सकिएन ।
    [०२]
    प्रेम बाली खेरै गयो दाउन सकिएन।
    संका सधैं चुहुई रहे छाउन सकिएन।
    आदत  बद्लियो बेला वसन्त नि बदलिएर,
    अश्रु झरी परिरहने साउन सकिएन।
    मिलन बिछोडका गीत गाउन सकिएन।

    ✍️प्रतिभा अर्याल , खजुरा बाँके ।

    Leave a Reply