दाङमा संचालित गाेरखनाथ गुरुकुलकाे उन्नयनकालागि महेश संस्कृत गुरुकुलम् देवघाटकाे सहयाेग रहने

  • १६ मंसिर २०७९, शुक्रबार ०६:३५ मा प्रकाशित
  • नेपालकाे एक मात्र संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्ला हावापानीकाे हिषाबले एकदमै राम्राे मानिन्छ ।पहाडि जिल्ला भएपनि प्रसस्त समथर खेतियाेग्य मैदानले जस्ताे काम गर्दछु भन्दा पनि कुनै कमि छैन ।राष्ट्र गुरु याेगी नरहरिनाथले चिम्टा गाडेर दाङ जिल्लामा संस्कृत विश्वविद्यालय स्थापना गराएरै जानू भयाे ।त्यस्तै गुरुले काेटिहाेम पनि दाङ जिल्लामा ३ ठांउमा लगाउनु भयाे ।ती स्थान हुन् चाैघेरा सिद्ध रत्ननाथ मठ,त्रि सिद्धेश्वर शिवालय तुल्सिपुर र अर्काे रिहार धाममा ।काेटिहाेम लगाउनुकाे मूख्य उद्धेश्य एउटै थियाे गुरुकुल र गाैशाला हरेक मठ मन्दिरमा स्थापना गरेर संचालन गर्ने ।उद्धेश्य राम्रा हुन्छन् महान पुरुषका तर ती उद्धेश्य पूरा गर्नकालागि लाग्ने अनुयायी हरुकाे खाँचाे समाजमा रहेका छन् ।अहिले आएर याे महसुस सबैलाई भएकाे छ ।यसै शिलसिलामा दाङमा खुलेकाे गाेरखनाथ वैदिक गुरुकुलम् ले सबैलाई सानाे आशा जगाएकाे सुगन्ध धेरै स्थानबाट पाईएकाे छ ।मठ,मन्दिर समाज तथा राज्यबाट सहयाेग भएमा सुविधा सम्पन्न व्यवस्थापनका साथ एक अब्बल गुरुकुल दाङमा चलाउन सकिन्छ भन्ने दृढ विचार लिएर अगाडि लागेका छन् घाेराही १७ निवासी प्रकाश भट्टराई ।उहाँकाे परिवारनै गुरुकुलमा लागेकाे छ ।छाेराले पनि गुरुकुलमानै पढ्दछन् ।नयाँ नयाँ याेजनामा काम गर्ने तथा समाजसंग गुरुकुललाई जाेड्नकालागि घर घर पुगेर अन्न दान लिने साेचाई लिएकाे भट्टराई बताउनु हुन्छ ।
    यहि मंसिर १३ १४ गते वटुकहरुलाई शैक्षिक ,धार्मिक तथा पर्यटकीय भ्रमण गराउने उद्धेश्य लिएर देवघाट धामकाे अध्ययन अबलाेकन भ्रमण यस गुरुकुलले गराएकाे छ ।गुरु गाेरखनाथकाे आशीर्वाद ग्रहण गरि शैक्षिक भ्रमण यात्रा शुभारम्भ गर्ने क्रममा बांणगंगा नगर पालिकाकाे नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुल ,चितवन गैडाकाेटमा रहेकाे याेगी नरहरिनाथ गुरुकुल ,नवलपरासीमा रहेकाे धार्मिक पर्यटकीय सिजि मन्दिर ,लुम्बिनी,देवघाट स्थित महेश सन्यास आश्रम,हरिहर सन्यास आश्रम ,गलेश्वर आश्रम लगायतका स्थानकाे अध्ययन अवलाेकन गरेकाे छ ।शैक्षिक भ्रमणकाे क्रममा यस पटक आफ्नाे कार्मिक सम्बन्ध भएकाे देवघाट स्थित महेश संस्कृत गुरुकुलम् मा विशेष रुपमा रहेकाे छ ।१४ गते विहान ७ बजे महेश आश्रमका वर्तमान स्वामी महाराजकाे दर्शन आशीर्वाद ग्रहण गरी सत्संग छलफल गर्ने माैका प्राप्त गरेकाे छ । महाराजजीबाट सबैलाई भाेजन खाना ,बसाईका बारेमा केही साेधेपश्चात दाङमा गुरुकुल संचालन गर्नकालागि साेचाई गुरु महाराजकाे थियाे ।आज त्यस कार्यकाे सुरुवात भएकाे छ खुसि लाग्याे ।अब हामी संम्पर्कमा रहेर काम गराैं ।म दाङ आउंदछु ठूलाे कार्यक्रम राखेर एउटा याेजना बनाउनु पर्दछ ।गुुरुकुल चलाउनका लागि उपयुक्त वातावरण चाहिन्छ । सुरुवात भएकाे छ अब थप्दै जाने हाे भन्नु भयाे साथै केही विद्यार्थीलाई जानेका शैक्षिक गतिविधि साेध्नु भयाे ।तत्पश्चात हामी विदा भयाै ।
    महेश सन्यास आश्रमका संस्थापक महाराज स्वामी रामानन्द हुनुहुन्छ ।त्यस आश्रमबाट संचालित महेश संस्कृत गुरुकुलम् हाे ।आज भन्दा करिब ३० बर्ष अगाडि स्वामीज्यूले कठिन साधना र प्रयत्नबाट आज याे अबस्थामा आईपुगेकाे छ ।अहिले यस गुरुकुलमा करिव २५० बिद्यार्थीहरु कक्षा ६ देखि आचार्य सम्मकाे अध्ययन आवासीय रुपमा रहेर अध्ययन गरिरहेका छन् ।स्वामीज्यूकाे एउट भनाई थियाे —* पढ्ने र पढाउने कुरामा कहिल्यै अल्छी गर्न हुँदैन ।* आज त्याे प्रतिफल दिएकाे छ यस गुरुकुलले ।व्यवस्थापन तर्फ भन्नु पर्दा एकै पटक सबै विद्यार्थीहरुलाई भाेजन,सत्संग गराउन सक्ने ब्यवस्थित भाेजन काेठा र सत्संग कक्ष रहेका छन् ।त्यस्तै अतिथि पाहुना ,विद्यार्थीहरुका अभिभावकहरुकालागि सुविधा सम्पन्न आवास गृह रहेकाे छ ।विद्यालयमा पठन पाठन कक्ष , प्रशासन कक्ष ,शिवालय परिसर लगायत पठन पाठन गर्नकालागि चाहिने सबै क्षेत्रलाई समेटेर लगेकाे पाईन्छ यस गुरुकुलमा ।
    अहिले स्वामी रमणान्दज्यूकाे प्रमुख संरक्षकत्वमा रहेकाे यस गुरुकुलमा उच्च शिक्षा देखि आचार्य तर्फकाे जिम्मेवारी गुरु कमल सुवेदी र कक्षा ६ देखि माथि उच्च शिक्षा सम्मकालागि गुरु फणीन्द्र पाैडेलले लिएर खटिनु भएकाे छ भने अन्य साधु,सन्त गुरुहरुकाे मेहनत र जिम्मेवारी भुमिका उत्तिकै राम्राे रहेकाे छ ।यस्तै गुरुकुलम् संचालनकालागि गुरु गुरु प्रसाद सुवेदी ,गुरु कपिल सुवेदी ,गुरु राम प्रसाद सुवेदी हेटाैंडा लगायत साधु सन्त , विद्वान ,धर्मात्मा समाजसेवी दाता अभिभावकज्यूहरुकाे अत्यन्तै सकृयता रहेकाे छ ।जयतु संस्कृतम् ।

    गोरखनाथ वैदिक गुरुकुलबाट प्राप्त समाचार

    Leave a Reply

    Your email address will not be published.