
१
समर्पण
आफूलाई अर्पण
मेरो आफ्नै दर्पण !
२
साथ
स्वार्थीको हात
मीठा मुलायम बात !
३
स्थिति
भएको समय
नाजुक देशको स्थिति !
४
घाती
मीठा बात
व्वाँसोको जस्तो छाती !
५
तोड्नु
छुटाउने कार्य
बलीमा बोकाको शिर !
६
नाजुक
कमजोर स्थिति
समयले निम्त्याएको परिस्थिति !
७
ज्ञान
मनमा भान
आफैँले स्थिति जान !
८
प्रवचन
ज्ञानका कुरा
व्यवहारमा धारिलो छुरा !
९
धुर्त
स्यालका बात
नदिनु त्यसलाई साथ !
१०
स्थिर
अटल अचल
मनलाई पार्नु धिर !
११
श्रीखण्ड
वास्नादार काठ
खुर्पामा बिँड राख !
१२
परिचय
चिनजानका कार्य
आफ्नो व्यवहार नियाल !
१३
घात
उल्टो प्रतिघात
बेइमानीको हुन्न साथ !
१४
लोभी
चाहिने स्वभाव
इज्जत पानीको फोका !
१५
सिफारिस
अर्कालाई अह्रायो
आफ्नो परिचय हरायो !
१६
मौन
नबोली बस्यो
परिस्थिति खरानी धस्यो !
- सविता केसी, काठमाडौँ