
चित्रमा मुक्तक अभ्यास_शृङ्खला ५४ 🇳🇵
साहित्य उन्नतिका लागि उत्साहजनक सहभागी भई मुक्तक राखिदिनु हुने सम्पूर्ण आदरणीय मुक्तककार ज्यूहरूमा सादर साधुबाद सहित नमन छ ।
सहभागी मुक्तककारहरू र उहाँहरूका मुक्तक निम्न छन् ।
✍️मुक्तक 🇳🇵
यो मन पनि दोमन हुँदा म भित्रको मलाई चिन्न सकिन
विलापमा दु:खीहरू रुँदा म भित्रको मलाई चिन्न सकिन
सम्झिएकै हो, विकृति र विसङ्गति कम गर्न तम्सिएकै हो
यहीँ सबैको मर्मले नछुँदा म भित्रको मलाई चिन्न सकिन ।
✍️प्रेम थापा “मन “🇳🇵
✍️मुक्तक 🇳🇵
म केवल मलाई मात्र हेर्छु
अवसर पाए रङ्ग घसि फेर्छु
दुनियाँ स्वार्थमा सबै त्याग्छ
आफू बन्न देश चक्र व्यूहले घेर्छु।
गणेश पौडेल
कालिका ६ चितवन
✍️मुक्तक 🇳🇵
मनका कुरा नि:स्वार्थले भन्न दिनुस् मबाट
जीवनको दर्शन, बाटो खन्न दिनुस् मबाट
यसैले,म धेरै अघि बढ्नु छ मित्र, यी बुझ्नु
र त, मलाई सधैं म बन्न दिनुस् मबाट ।
प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत।
✍️मुक्तक 🇳🇵
म के हुँ म को हुँ भन्दै आफू भित्रको म चिन्न सके राम्रो
मन् भरी रहेका कलुषित अहंकारी भावना छिन्न सके राम्रो
बल्ल बल्ल पाएको मनुष्य चोलालाई हामीले
सधैं सत्मार्गमा लगाई सत्यको बाटो हिंड्न सके राम्रो।
सरस्वती श्रेष्ठ इटहरी
✍️मुक्तक 🇳🇵
खराबलाई खराब राम्रोलाई दामी भन्नुपर्छ
जो चर्चामा रहन्छन् उसलाई नामी भन्नुपर्छ
रत्तिभर घमण्ड गर्नु हुँदैन कुनै पनि कुरामा,
जहिल्यै आदर गर्दै म होइन हामी भन्नुपर्छ ।
वसन्त अनुभव
घोराही- १४, दाङ
✍️मुक्तक 🇳🇵
म बाहेक अरु देखेनौं र पो यस्तो भयो हाल
त्यसैले त इमान्दारिताको सस्तो भयो सवाल
कहिले यता ठिक्क कहिले उता ठिक्क तिमी
सदाचार हराए पछि अवसरवादको बुन्यौ जाल।
निर्मला सुवेदी,बागलुङ।
✍️मुक्तक 🇳🇵
आफुलाई संसारको सबभन्दा जान्ने हु भन्छ
सबैले मेरा अगाडि शिर निहुर्याइ मान्ने हु भन्छ
घमण्डले सानातिनालाई भुसुना सम्म सम्झदैन
अर्काको मार्कालाई सहयोग गर्न छान्ने हु भन्छ
अम्विका अधिकारी
झापा विर्तामोड
✍️मुक्तक 🇳🇵
के पढाए कुन्नि राम्रो म भन्छन्
अरूलाई भुसुना मात्र गन्छन्
चल्दैन यसरी जीवन, बुझ्नुपर्ने
अझै नि अरूको खोइरो खन्छन् ।
सविता के.सी., काठमाडौँ ।
✍️मुक्तक 🇳🇵
राम्रो कामको लागि हामी सधैं लागि पर्नु पर्छ
यसको लागि सर्वप्रथम शुरु म बाटै गर्नु पर्छ
म पछि अनि अर्को धेरै म थपिएर हामी बन्छौ
थोपा थोपा मिलेर ताल होइन सागर भर्नु पर्छ।
-पशपति राई खोटाङ्ग
✍️मुक्तक 🇳🇵
दोष सबै अरूलाई बोकाई म ले आफूलाई ज मा छ
मुखले फैसला सुनाए पछि आत्माले म लाई स मा छ
झुट खेतीको फसल खान्छन दुनियाँलाई रिस पोखाई
चोर अौँला ठड्याए तीन अौँलाको खवरदारी म मा छ ।
” जिज्ञासु ” पन्त
लमजुङ

