पञ्चाङ्ग लेखन अभ्यासको १२ औँ शृङ्खला सम्पन्न

  • १६ कार्तिक २०७९, बुधबार ०७:२४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १२[बाह्रौं]
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७९/०७/१४
    समय :- साझ ८ बजे सम्म

    ………………………………………….

                     प्रवर्तक
                     ====
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सह-प्रवर्तक
    ======
    सुशीला पौडेल

    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    घनस्याम पौडेल
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ======================

    अभ्यास संरचना 
    ,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
    अनुप्रास :- आफ्नो इच्चा
    स्थायी :- आफ्नो इच्छा
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।

    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।

    आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र [०१]
    निर्धो भएसी   खोट अरुबाट कनाइ मात्र [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

    विवाद नातामा हुने   हुन्छ धनी गरिबिमा [०३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।

    पुर्पुरोमा  नलेखेसी     हातले हनाइ मात्र [०४]
    सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र [०५]

    उदाहरण पञ्चाङ्ग  [१]

    आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र [०१]
    निर्धो भएसी   खोट अरुबाट कनाइ मात्र [०२]
    विवाद नातामा हुने   हुन्छ धनी गरिबिमा [०३]
    पुर्पुरोमा  नलेखेसी     हातले हनाइ मात्र [०४]
    सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    उदाहरण  [०२]

    चुनावको  माहोलले  छुने बेला भयो[०१]
    नौटङ्गीले  पाउ  परी  रुने बेला भयो[०२]
    पाॅच बर्ष  गाॅउ  फर्की  नआउने पनि[०३]
    गोरु  बेचेको साइनो  हुने बेला भयो[०४]
    देखाउन भाॅडा ऑफै धुने वेला भयो[०५]

    💢घनश्याम पौडेल,पोखरा ।

    उदाहरण  ०३

    खराबलाई     खराब  भन्न  सक्नु पर्छ[०१]
    आफू  जहिले  असल बन्न  सक्नु पर्छ[०२]
    आफूलाई आफै  असल ठान्ने छन् धेरै[०३]
    आफै बोल्नेलाई खेदो खन्न सक्नु पर्छ[०४]
    मुखले   जवाफ  दिन   टन्न सक्नु पर्छ[०४]

    💢सुशीला पौडेल , काठमाडौं ।

    =========================

    पञ्चाङ्ग   ०१

    आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र ।
    निर्धो भएसी   खोट अरुबाट कनाइ मात्र ।
    विवाद नातामा हुने   हुन्छ धनी गरिबिमा ,
    पुर्पुरोमा  नलेखेसी     हातले हनाइ मात्र ।
    सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पञ्चाङ्ग   ०२
    [०१]
    उदाउदो घामलाई नमो नम:।
    शरदको यामलाई नमो नम:।
    छठी देवीको चरणमा परेर,
    जलातट धामलाई नमो नम:।
    स्वर्गमय ठामलाई नमो नम:।
    [०२]
    चुनावको  माहोलले  छुने बेला भयो।
    नौटङ्गीले  पाउ  परी  रुने बेला भयो।
    पाॅच बर्ष  गाॅउ  फर्की  नआउने पनि,
    गोरु  बेचेको साइनो  हुने बेला भयो।
    देखाउन भाॅडा ऑफै धुने वेला भयो।

    💢घनश्याम पौडेल,पोखरा ।

    पञ्चङ्ग   ०३

    खराबलाई     खराब  भन्न  सक्नु पर्छ[०१]
    आफू  जहिले  असल बन्न  सक्नु पर्छ[०२]
    आफूलाई आफै  असल ठान्ने छन् धेरै[०३]
    आफै बोल्नेलाई खेदो खन्न सक्नु पर्छ[०४]
    मुखले   जवाफ  दिन   टन्न सक्नु पर्छ[०४]

    💢सुशीला पौडेल , काठमाडौं ।

    पञ्चाङ्ग   ०४

    समयले किन छुरा   चलाउँछ   सानू ।
    बिछोडले  मनमुटु  जलाउँछ    सानू ।
    लगनपछिको  पोतेको   मूल्य   हुँदैन ,
    रात  रहे पो  अग्राख   पलाउँछ सानू ।
    तिम्रै तस्बिरले आस्था ढलाउँछ सानू ।

    💢श्रीकृष्ण शर्मा पोखरा ।

    पञ्चाङ्ग   ०५

    आस्था ढलेर रोएँ ।
    माटो गलेर रोएँ ।
    आज भुसको जस्तै,
    आगो बलेर रोएँ ।
    घर जलेर रोएँ ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०६

    चाडबाड   सकिए   अब   चुनाउका   कुरा गरौँ ।
    मिथ्या  आश्वासन  बाँड्ने अभिष्ट सब पूरा गरौँ ।
    जनता भेडा हुन् कुत्ता हुन् हाम्रै इसारामा नाँच्ने,
    फकाऔँ  फुल्याऔँ  नमानेमा  प्रयोग छुरा गरौँ ।
    नजित्दा मात्र हो  मिठो, जिते  बात बेसुरा  गरौँ ।

    💢वसन्त अनुभव, घोराही, दाङ ।

    पञ्चाङ्ग   ०७

    लुगा फाटे  सिलाईन्छ  मन फाटे सिउन पाईदैन।
    अाफ्नै जिवन त हो नी मस्तसंग जिउन पाईदैन।।
    धुर्त भई  देश बेच्न  हामी जनताले  नसके पछी।
    हामी जस्तो गरिवले  शुद्ध पानी  पिउन पाईदैन।।
    मिठो खाना परैजावस  सिस्नुको तिउन पाईदैन।।

    💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा .

    पञ्चाङ्ग   ०८

    मरिहत्ते   गरि   जिताउछन्  विकासको आसमा नेता।
    आफ्नो स्वार्थ पूरा गरेपछि डुब्छन् झुठो भातमा नेता।
    मिलेर  चलाए  भैहाल्थ्यो   छोड्दैन   कुर्सीको मोहले,
    झुटो  बोलेर  हिड्छन्  सोझा जनताको साथमा नेता।
    कुटमार  चल्छ  भाग  नमिलेको  भनी  रातमा   नेता।

    अम्विका अधिकारी
    झापा विर्तामोड ।

    पञ्चाङ्ग   ०९

    चुनावमा अौंलामा गनिन्छ नेता।
    तिम्रो  राम्रै कुरा नै  सुनिन्छ  नेता।
    बरु धुपौरेको मात्रै कुरा नसुनेस्,
    विकास गर्न सक्ने चुनिन्छ नेता।
    निश्वार्थ भए देश बनिन्छ नेता ।

    💢भगवती दवाडी ,झापा ।

    पञ्चाङ्ग   १०

    मानो भराउन छानो खाइछ उसले।
    अन्तै कसै संग माया लाइछ उसले।
    दिन आएपछी आफन्तको मन न हो,
    फेरिनुमा  कोहि साथ पाइछ उसले।
    सम्बन्ध बलियो पैया पाइछ उसले।

              💢गणेश पौडेल 
         कालिका ६ चितवन।

    पञ्चाङ्ग   ११

    सबै  नेता जनताको  तारो  किन भयौ ?
    जता  पायो  उतै बग्ने पारो किन भयौ ?
    काम   तिम्रो  भ्रष्टाचार  अत्याचार गर्ने ,
    जनजनको आखाको छारो किन भयौ ?
    आफैले बोलेको कुरा सारो किन भयौ ?

    💢संगिता शर्मा , सिन्धुली ।

    पञ्चाङ्ग   १२

    झुट बोल्छन चुनावको वेला नेता।
    कहिले त अवस्य पर्छ फेला नेता।
    अहिले गरू बेचेको साइनो खोज्ने,
    गाउँमा लगाएका छन  मेला  नेता ।
    उनै जनता लाई गर्छन् हेला नेता।

    💢सुरेशकुमार पान्डे, घोराही१८ दाङ ।

    पञ्चाङ्ग   १३

    कैयौं मान्छेहरु जुड्छन्  बिचमा,खोट लगाएर जान्छन्,
    कोही  पसेर  छातिमा  मायाको, बोट  लगाएर जान्छन्,
    जुट्ने  फुट्ने  कुट्ने  आखिर, यस्तै त  रहेछ  रित यहाँ,
    निस्वार्थीहरु  दु:खका  अगाडि, आेट  लगाएर जान्छन्,
    स्वार्थीहरु   मुटुभित्र   गहिरो,  चोट   लगाएर   जान्छन्।
                                  
    💢चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    पञ्चाङ्ग   १४
    [०१]
    फल मीठो छ गाउँको धेरै ।
    हरियाली  नै  ठाउँको धेरै।
    झल्कोेले बारम्बार सतायो,
    व्याज तिरियो साउँको धेरै।
    सम्झना तिम्रो नाउँको धेरै ।
    [०२]
    लौ सेवा  गरौँ   दुखियाको उठाई चन्दा यसमा
    सुन फलोस्  हेर माटोमा कटाई खन्दा यसमा
    बेहिसाबी नदेखियोस् आत्मिय नै नभए  जस्तो
    विकृति नआए हुन्थ्यो सहयोगी भन्दा यसमा
    बेरोजी  छौ? गर खेती तरकारी बन्दा यसमा
    जमुना आचार्य, सिन्धुपाल्चोक

    💢जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चाङ्ग   १५

    वर्ष भरी जनताहरू आँसु गनेर बस्छन्।
    भ्रष्ट नेताले घर बाटै भोट भनेर बस्छन् ।
    यस्तो पाराका नेताले के चल्ला र देश हाम्रो,
    लुटेका धनमा लाडसाहेब बनेर बस्छन्।
    आफ्नै राजनितीमा यिनी खाल्टो खनेर बस्छन्।

    💢शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।

    पञ्चाङ्ग   १६
    [०१]
    कैले यता अाउँनु भन्छ ।
    मेरै गित गाउँनु भन्छ ।
    पहिले जस्तो माया मैले ,
    अब काहाँ पाउँनु भन्छ ।
    मन हेर्न अाउँनु भन्छ।
    [०२]
    मेरै कुरा काटेर आउँछौ।
    उतै मन  साँटेर आँउछौ।
    मेरो मर्यादा कतै नराखि
    किन सधै ढाँटेर आउँछौ।
    फेरि गफ छाँटेर आउँछौ।

    💢शन्जना शर्मा , लमही दाङ ।

    पञ्चाङ्ग   १७

    जिन्दगीका पानाहरु केर्दै गयौॅ हजुर।
    कैले सुख कैले दुःख बेर्दै गयौॅ हजुर।
    यस्तै रहेछ जिन्दगानी घामछाया जस्तै,
    थाहै नदिइ आफूसँग घेर्दे गयौॅ हजुर  ।
    केही गर्न नसक्नाले हेर्दै गयौॅ हजूर।

    💢सरस्वती श्रेष्ठ, इटहरी ।

    पञ्चाङ्ग   १८

    मेरो मन फाटेकोछ आउँन सकिन।
    मुटुचिरी काटेकोछ आउँन सकिन।।
    अत्तिगर्नु चार हैन भन्छन् बुढा पाका।
    बिश्वास ले ढाटेकोछ आउँन सकिन।।
    अन्त्यै माया साटेकोछ आउँन सकिन।।

    💢कमला पाण्डे पराजुली,  झापा चारआलि ।

    पञ्चाङ्ग   १९
    [०१]
    यो मन फाटेकोले रोएको छु ।
    हृदय  काटेकोले  रोएको छु ।
    दुःख  लुकाएर पनि हाँस्नु छ,
    तिमीले ढाँटेकोले रोएको छु ।
    पिरती  साटेकोले रोएको छु ।
    [०२]
    बाल्यकालमा चिप्लेटी खेल्दा घुँडामा सुरुवाल फाटेको सम्झन्छु।
    ऊखुको सट्टा मकैका ढोड खाँदा रक्ताम्यै ओठ  काटेको सम्झन्छु ।
    सुख दुःख हाँसो रोदन सम्झी ल्याउँदा जिन्दगीको यो प्रहरमा,
    बल बर्कत छँदा एक दिनमा नै धेरै दाम्ला बाटेको सम्झन्छु ।
    जवानीमा हुँदा मायालुहरूसँग मिठो माया साटेको सम्झन्छु ॥

    💢गुणनिधि घिमिरे, अमेरिका ।

    पञ्चाङ्ग   २०

    लयमा  लय  मिलाइ गित गाएकाे राम्रो ।
    युग  रहने  अमर  प्रित  लाएकाे    राम्रो ।
    धाेका नदिनु  मायाामा कसैले कसैलाई ,
    मिठा कुरा गर्न चाैतारीमा  धाएकाे राम्रो ।
    निस्वार्थ प्रेमले   सफलता पाएकाे राम्रो ।

    💢उर्मिला के.शी.,धनकुटा ।

    पञ्चाङ्ग   २१

    भत्केको घर लिपपोत गरि टाल्नुपर्छ ।
    मनभित्रको फोहरमैला सबै फाल्नुपर्छ ।
    छठपर्व शुध्दतामा ध्यान दिएर गर्ने गरौँ,
    एकछाक नै खाई खरनाबाट थाल्नुपर्छ ।
    घाटमा अर्घ दि साँझ घर दियो बाल्नुपर्छ।

    💢सीता शर्मा, बिरंगज ।

    पञ्चाङ्ग   २२

    शिक्षा पनि आज किन्नु पर्छ व्यर्थै गुरु चेला के गर्नु।
    पैसा  बिना  केही आउदैन  फेरि  पैसै हेला के गर्नु।
    भन्न त भन्छन् नि  मान्छेहरु  पैसै  सबथोक  होइन,
    घाटमा  लास  पनि  त्यसै जल्दैन व्यर्थै रेला के गर्नु।
    पोल्दापोल्दै  थोरै  दाउराले नपुगे त्यो बेला के गर्नु।

    💢पशपति राई, खोटाङ्ग ।

    पञ्चाङ्ग   २३

    हिड्दा हिड्दै बिरालोले बाटो काटेको देखियो ।
    लाई राखेको लुगा पनि त फाटेको देखियो ।
    जीवनमा आइ परेका कुरा भोन्नु नै रछ ,
    जीवन्तको त्यो माया पनि त साटेको देखियो ।
    भ्रष्टाचारले त्यो स्वार्थमा ढाँटेको देखियो ।

    💢बेदु न्यौपाने, काठमाडौ ✍️

    पञ्चाङ्ग  २४

    आफ्नैले दिन्छ चोट अरुबाट भनाइ मात्र ।
    निर्धो भएसी   खोट अरुबाट कनाइ मात्र ।
    विवाद नातामा हुने    हुन्छ धनी गरिबिमा ,
    पुर्पुरोमा  नलेखेसी     हातले हनाइ मात्र ।
    सम्बन्ध जति कसिलो भएनी बनाइ मात्र ।

    💢पार्वती अर्याल , भरतपुर चितवन ।

    पञ्चाङ्ग   २५

    विर्सी दिन्छु भन्छु तिम्रो याद आउँछ घरिघरि मलाई ।
    ताजै छन् तिम्रा ती याद आउँछ उसै गरिगरी मलाई ।
    तिमीले त आफै बाटो मोडेर गएका थियौ होइन र ?
    तर तिम्रो तस्विर मनका भिताको  भरि भरी मलाई ।
    तिम्रै   यादले    सतायो   हरेक पल परि परि मलाई ।

    💢कला ढकाल, झापा ।

    पञ्चाङ्ग   २६

    चोट लाग्यो चोट लाउदा आइया पनि भन्न भ्याइन्।
    कति   चोट    लाग्यो कुन्नि आज पनि गन्न भ्याइन्।
    रुखो   बगर   सरी  जीवन  सपारौला   सपना थ्यो,
    बाढी  आई   बगाई लाग्यो उर्बर भूमि बन्न भ्याइन्।
    भुत्ते  रहेछ  सपना नैं  खुसी   बनाई  खन्न भ्याइन्।

    💢प्रतिभा अर्याल, बाँके खजुरा ।

    पञ्चाङ्ग   २७

    बुबाले  नै  कर्तव्य  पूर्ण  नगर्दा    यो मन रून्छ।
    परिवारबाट  धेरै     टाढा  सर्दा  यो  मन  रून्छ।
    सबैकाे  भाग्यमा  असल  पिता  कहाँ  हुन्छन् र?
    जति रूखाे बाेली गर्छाैं तिमी मर्दा यो मन रून्छ।
    बा-आमाकाे सम्बन्ध तितिनु पर्दा यो मन रून्छ।

    💢मनिषा विष्ट, मेचिनगर १५ ,  फुलमासी ।

    Leave a Reply