
तिहार पर्व विशेष टुक्का कविताहरू
१.
झिलिमिली बत्ती हेर दियो अनि पाला,
तिहारको रमाइलो सयपत्री माला।
२.
सप्तरङ्गी निधारमा सुहाउने टीका,
कसैको पनि नहोस् तिहार पर्व फिका।
३.
दिदी भाइको मिलन हो तिहार पर्व,
हाम्रो राम्रो सस्कृति यो गर्नु पर्छ गर्व।
४.
यमपञ्चक चाड खेलौ देउसी भैली,
दान गर्नुपर्छ खोलेर धनको थैली।
५.
भाइटिका लगाउ दिदी बहिनीबाट,
चेली माइती गरौँ न आशिष् साटासाट।
६.
महालक्ष्मी लाई डाकि गरौ आरधना,
तिहारको छ रौनाक थपौ आफ्नोपना।
७.
गाई काग र कुकुर गोरु पुजा हुन्छ,
भाइटिका तिहारको सस्कृतिले छुन्छ।
८.
ढकमक्क बारी भरि फुलेको छ फूल,
तिहारमा भाइटिका लाउनेको हुल।
९.
सयपत्री मखमली बारी भरि फुल्यो,
तिहारमा चचहुई लिङ्गे पिङ झुल्यो।
१०.
गाँउ घर झपक्कै छ तिहारको मेला,
भाइटिका लगाएर भैली खेल्ने बेला।
◾️नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ
गोदावारी, ललितपुर।

