
काठमाण्डौँ, २९ असोज । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
१
हिमाल
चाँदीको पर्खाल
सुन्दर शान्त नेपाल !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती-३, काभ्रे
२
नेपाल
हाँसेको हिमाल
शान्त सौम्य विशाल !
- आर्त अकुलीन, कैलाली
३
सूर्याेदय
हिमाल टल्केको
मनमाेहक सुनाैलाे भएको !
- प्रद्युम्न चालिसे, भक्तपुर
४
हिमालय
नाम विशाल
पहिचान हो नेपाल !
- कृष्ण जोशी
हाल: मेरिल्याण्ड, अमेरिका
५
हिमाल
नेपालकाे गौरब
प्रकृतिको अनुपम उपहार !
- राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
६
सौन्दर्य
मौसम खुलेको
आहा! मन भुलेको !
- म्यामराज राई,भोजपुर
७
हिमाल
अनुपम उपहार
सुन्दर शान्त विशाल !
- रमा पन्त, पाल्पा
८
हिमाल
नेपालको पहिचान
स्वर्गको एक टुक्रा !
- सीता पाण्डेय मरासिनी
रेसुङ्गा नगरपालिका-९, गुल्मी
९
हिमाल
हिउँ थुप्रो
विश्वम८ सुन्दर नेपाल !
- घनश्याम पौडेल
गौरीगङ्गा नगरपालिका-९, कैलाली
१०
हिमाल
नेपाली माटो
बुद्ध हिँडेको बाटो !
- सविता के.सी., काठमाडौँ
११
किरण
सुर्यको मनमोहक
दृश्य हिमाल टल्केको !
- सुमित्रा पोखरेल, काठमाडौँ
१२
हिमाल
कल्पित लहर
सौम्य यो प्रहर !
- प्रेम थापा ‘मन’, बागलुङ
१३
हिमाल
स्वर्गको काख
गौरवान्वित अद्भुत आभास !
- लक्ष्मी अर्याल, काठमाडौँ
१४
नेपाल
टलकेको हिमाल
सुन्दर शान्त विशाल !
- सरस्वती श्रेष्ठ, इटहरी
१५
सम्पदा
नेपाली सान
विश्व सामु पहिचान!
- राम न्यौपाने, कैलाली
१६
हिमाल
नेपालको शिर
कहिल्यै नझुक्ने वीर ।
- पशपति राई, खोटाङ
१७
हिमाल
नेपालको पहिचान
सदैव उँचो शिर
- गोपाल प्रसाद पौड्याल, विराटनगर
१८
स्वर्ग
मनोरम प्रकृति
मेरो धर्ती नेपाल !
- लालबहादुर थापा, कैलाली
१९
हिमाल
राष्ट्रको सिरानी
पुर्खाले आर्जेको निशानी !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
२०
सुनौलो
हिमाली लालिमा
बुद्ध स्तुपाको गरिमा!
- कमला देवकोटा, पाल्पा
२१
सुनौलो
हिउँ फुलेको
स्वर्गको टुक्रा नेपाल !
- गोपे दाजु, पाँचथर
२२
प्रात:काल
स्वर्णिम छटा
हिमाल कति ओटा ?
- नवराज भट्ट, कञ्चनपुर
२३
हजुर
अद्वितीय मुस्कान
दन्त लहरी गजुर !
- शारदा आचार्य, लालितपुर
२४
हिमाल
राष्ट्रको गौरव
सौर्न्दर्य अति मनमोहक ।
- समुन्द्रा शर्मा, इटहरी
२५
हिमाल
नेपालको पहिचान
कहिले नहराउने आफ्नोपन !
- हीरा तामाङ, काभ्रे
२६
नेपाल
हिमालको काखमा
मन्दिरै मन्दिर साथमा ! – त्रिलोक रामदाम, सिद्धार्थनगर-८, भैरहवा
२७
सुनाैलाे
स्वर्ग हिमाल
गाैरवशाली देश नेपाल !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
२८
अनुपम
छटा प्रकृतिको
साैम्य स्वच्छ मनाेहर !
- सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
२९
हिमाल
विश्वले चिनेको
बुद्धको देश नेपाल !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
३०
हिमाल
गुम्बा विहार
संस्कृति बोकेको नेपाल !
- जमुना आचार्य, सिन्धुपाल्चोक
३१
हिमाल
प्रकृति अनमोल
नेपालको राष्ट्रिय सम्पत्ति !
- रतन बिष्ट ‘सिर्जन’, डडेल्धुरा
३२
प्रकृति
सुनाैलाे माैसम
हिमालको उचाइमा बाैद्धगुम्बा !
- नारायण प्रसाद उपाध्याय, कैलाली
३३
सुनौलो
बिहानीको हिमाल
स्वयम्भूको मनोरम दृश्य !
- खेमराज पुरी, कैलाली
३४
हिमालय
स्वर्णिम आकाश
प्रकृति संस्कृति एकनास !
- मनोज थापा, कैलाली
३५
बिहानी
सुनौलो किरण
मुसुक्क हाँसेको हिमाल !
- धनमाया चौधरी, कैलाली
३६
हिमाली
काखमा रमाइलो
आहा सुन्दरताको प्रतीक !
- नारायण कोइराला, तानसेन, पाल्पा
३७
हिमाल
पर्यटक पल्केको
प्राकृतिक सुन्दरता झल्केको !
- मन्दिरा सेढाई, धादिङ
३८
हिमाल
टलक्क टल्केको
दृश्यले पर्यटकहरू पल्केको !
- ईश्वरी अधिकारी, लमजुङ
३९
प्रकृतिक
अनुपम उपहार
हाम्रो देशको हिमाल !
- मङ्गला उपाध्याय, कलैया-१, बारा
४०
हिमाल
हाम्रो नेपाल
सुन्दर शान्त विशाल !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
४१
हिमाल
बुद्ध स्तूप
स्वर्ग भन्दा अद्भुत !
- वेदना रागी, टीकापुर, कैलाली
४२
हिमाल
वरिपरि वनपाखा
बिचमा माटोको थुप्रो !
- अम्बिका अधिकारी, बिर्तामोड, झापा
४३
हिमाल
सौम्य प्रकृति
हामी सबैको सम्पत्ति !
- कविता आचार्य, कैलाली
४४
लालिमा
सुन्दर छटा
अनुपम सौर्न्दर्य रूप !
- तिला लेकाली, मोरङ
४५
सुन्दर
पहाडको नजिक
सुन्दर स्तूपाको साथ !
- राजेश भट्टराई
सैनामैना-११, रुपन्देही
हाल: भरतपुर, चितवन
४६
हिमाल
स्वर्गको आभास
अटल शिर सदाबहार !
- इन्दिरा देवकोटा, कपिलवस्तु
४७
हिमाल
सूर्यका किरण
जादुमय स्वर्णिम नेपाल !
- श्रीकृष्ण शर्मा, पोखरा
४८
पर्वत
नेपालको गौरव
शिखरबाट बुद्धको सन्देश !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: बर्दिया
४९
स्वर्ग
हाँसेको हिमाल
सुन्दर मेरो नेपाल !
- हिउँ खतिवडा, कैलाली
५०
नेपाल
धरतीको स्वर्ग
नेपाली हुनुको गौरव !
- कल्पना पहाडी, सिन्धुली
५१
सूर्योदय
हिमालको काख
पहिले टल्केको देखिने !
- सुशिला पौडेल, काठमाडौँ
५२
हिमाल
अटलताको प्रतीक
अहङ्कारी नाशवान् देवघर !
- कण्ठराज गिरी, टीकापुर, कैलाली

