
दर्तापछिको पञ्चाङ्ग चित्रपट भाग:-१०
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०५/२३
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
तोयानाथ सुवेदी

चित्र संकलन
सुशीला पौडेल
शुद्धीकरण
————–
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :-
———-
दुर्गा आचार्य & भवानी घिमिरे
समायोजन
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
अभ्यास संरचना
————
पञ्चाङ्गको संरचना :-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
जस्तै :-
उठान गर्दा विषय वस्तुसँग सम्बन्धित हुनुपर्छ ।
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब [१]
कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब [२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नुपर्छ
लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो [३]
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ ।
कहिले सूचना आउँछ बज्ने गजर चाहिन्छ अब [४]
हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब [५]
————————————–
अनुप्रास :-
——-
इच्छा अनुसार ।
स्थायी:-
——
इच्छा अनुसार
———-
चित्रपट पञ्चाङ्ग ०१
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब।
कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब।
लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो ,
कहिले सुूचना आउँछ बज्ने गजर चाहिन्छ अब।
हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
चित्रपट पञ्चाङ्ग ०२
हे मेरी आमा ,आमाको माया सुन्दर नेपाल ।
लेक र बेंसी घाम र छाया सुन्दर नेपाल ।
विश्वमा मेरो सुन्दर देश पहाड तराई ,
मै मरी मेट्छु घोटेर काया सुन्दर नेपाल ।
नगरौँ साथी लौ दायाँ बायाँ सुन्दर नेपाल ।
💢 गुणनिधि घिमिरे, दमक झापा ।
चित्रपट पञ्चाङ्ग ०३
मेरो देश र म जन्मेको माटो प्यारो ।
मेरो भेष र म हिँडेको बाटो प्यारो ।
नेपाल आमा तिमी मेरो जन्मभूमि,
मेरो आफ्नै छ धड्कनको पाटो प्यारो ।
खोट र चोटले दुखेको खाटो प्यारो ।
💢भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०४
जन्मेको ठाउँ आमाको काख,बसेर हाँसौला।
हिमाली पाखा तराई फाँट,पसेर हाँसौला ।
रक्षक बन्छु आमाको निम्ति पहरा छहरा,
पसिना सरी हिलो र माटो घसेर हासौला ।
आमाको छाती अँगालो भित्र कसेर हाँसौला।
💢होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
सेलिब्रिटीबाटै लुटिएछन् चेली।
आफ्नैहरूबाट कुटिएछन् चेली।
विस्वास अब यहाँ कस्को गर्नु र,
आफू आफूभित्रै फुटिएछन् चेली।
सँगै जानु पर्दा छुटिएछन् चेली।
💢घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग ०६
विश्व जगतमा छ तिम्रो, भाउ कतिकति ।
तिमीलाई हडप्ने यहाँ, दाउ कतिकति।
आफ्नै कोखबाट कपूत,जन्मायौ तिमीले,
आज तिनैले दिएकाछन्,घाउ कतिकति ।
शरिरमा चिमोटिएका, ठाउँ कतिकति।
💢चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
चित्रपट पञ्चाङ्ग ०७
गाउँ सहर बाटो आमाको माया ।
सुगन्धी लाग्ने माटो आमाको माया ।
जन्मभूमि प्यारो नलाग्ने को छ र ?
सिक्काको दुई पाटो आमाको माया ।
स्वच्छ प्रेमको टाटो आमाको माया ।
💢आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
यहीँ माटोमा रोपेर पसिना अन्न भण्डार भर्न पाऊ।
आमालाई आईपर्ने आपत विपत सारा हर्न पाऊ।
राष्ट्रभक्ति अँगालेर मायागरि शान्ति सुरक्षा गराई,
झरना यी खोला छहरा जङ्घार सर्दै सदै तर्न पाऊ।
पिएर जल नेपाल आमा म तिम्रै काखमा मर्न पाऊ !
💢बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०९
नेपाल आमाको काखमा हुर्केर बढेको मान्छे।
यो देशको मीठो छापमा हुर्केर बढेको मान्छे।
गाउँबेंसी खोला नाला बाढी पैर्हो प्रकृति यो हो,
वन जंगल हराभरा रापमा हुर्केको मान्छे।
सदाबहार नै साँघुरो तापमा हुर्केको मान्छे ।
💢अम्बिका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग १०
शव्दमा मात्रै होइन देशको माया गर्न भाव चाहिन्छ ।
हरेकलाई जागृत गराइरहने प्रभाव चाहिन्छ।
दुश्मन त भाइ भाइमा फुट पैदा गराउन खोज्छ नि,
तर ज्ञानी सन्तानहरु बिचमा सधैँ सद्भाव चाहिन्छ ।
देशको लागि शिर दिनुपर्छ स्वार्थमा अभाव चाहिन्छ।
💢पशपति राई, खोटाङ ।
पञ्चाङ्ग ११
नेपाल आमाको माया कति छ कति , बुझ्नुहोस् ।
देख्छौ देशका नेताको बिग्रेको मति , बुझ्नुहोस् ।
वीर गोर्खालीका सन्तान ,हेर्नुहोस् आजभोलि ,
कता तिर लम्किदैछ देशको गति , बुझ्नुहोस् ।
सिध्याइ सके देशको ढिकुटी जति , बुझ्नुहोस् ।
💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
पञ्चाङ्ग १२
म जहाँ जाउँ मलाई मेरै देश प्यारो लाग्छ।
मेरो यो मातृभूमि भन्दा अरु अँध्यारो लाग्छ।
लुटेराहरुले आफ्नै देश टुक्रा पारेर हो,
जो कोहीलाई भन्न पनि सारै अफ्ट्यारो लाग्छ।
मलाई मेरै भुमि सबै भन्दा पत्यारो लाग्छ।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा ।
पञ्चाङ्ग १३
आमाको काखमा निदाउँन मन छ
आमाको काखमा स्वर्गसरी धन छ
नरूवाऊ है जन्मभूमिलाई तिमी
यहीँ माटोमा धेरै ठु- ठुला वन छ
जे रोप्यो त्यही फल्ने माटोको पन छ
💢सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १४
हेआमा नेपाल ,जन्मे म काखको माया पाएर।
सम्झना आउँछ नेपाल तिम्रै छाया पाएर।
जीवन भर बस्ने छु आमाकै छत्रछायामा,
बैरी नै आओस् लड्ने छु अमाको काया पाएर।
बस्छु शिर नझुकाई म आमा दायाँ पाएर।
💢बेदु न्यौपाने काठमाडौ ✍️ ।
चित्रपट पञ्चाङ्ग १५
[१]
प्याराे लाग्छ मलाई बाटाे आमाको।
आफैमा समुधुर माटाे आमाको।
आफ्नै जन्मभूमि राम्रो हुन्छ धेरै,
एक थरकाे दुई पाटाे आमाको।
अमर प्रेमकाे याे टाटाे आमाको।
[२]
सुन्दर हरभरा आमाको ठाउँ धेरै छन्।
तिम्रो मात्रै हजारौं हजार नाउँ धेरै छन्।
कस्त नालायक, नबुझ्ने जन्मियाे सन्तान,
मुटुभित्र बल्झिएका कति घाउ धेरै छन्।
तिमीलाई लताउने खाेज्ने दाउ धेरै छन् ।
[३]
आमा तिम्रो याे काख बसेर खेलाैला।
सधैंभरि मायामा पसेर खेलाैला।
खुशी हुन्छु दिनहुँ शरण परेर,
हजुरकाे अँगालो कसेर खेलाैला।
हिलाे माटाे पसिना घसेर खेलाैला।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग १६
नेपालीको आमा हाँसेको हेर्नुछ मलाई।
चारैतिर प्रेम गाँसेको हेर्नुछ मलाई।
स्वच्छ छवि भएको नेतालाई जिताएर,
नेपालको नक्सा टाँसेको हेर्नुछ मलाई ।
वैरीहरुलाई नासेको हेर्नुछ मलाई।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग १७
तिम्रै वात्सल्यमा बसी कर तिखार्ने मन छ ।
पानी चुहिने छानोमा खर तिखार्ने मन छ ।
हेर ! तिम्रा सन्तानमा हर रोदन होइन ,
समायोजन हेरी रहर तिखार्ने मन छ ।
आकाश मुनि बस्तीका चर तिखार्ने मन छ ।
✍️✍️
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १८
नेपाल आमा तिमीलाई अँगालोमा बेरी रहुँ ।
सन्तान हुँ म तिम्रो मुहार सदैव हेरी रहुँ ।
हृदयको पानाभित्र बास तिम्रो नै सधैँ भरी,
अनमोल दृष्य नियाली तिम्रै आनन्द फेरी रहुँ ।
नेपालकै महिमा गानको नै चित्र केरी रहुँ ।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
चित्रपट पञ्चाङ्ग १९
म मरे पनि देश जोगाउँने मन छ ।
मेरै आमा भनी कुर्वान गर्ने तन छ ।
यही मुटुभित्र देशको चुच्चे नक्शा,
आमा हुन जननी र मायाकै धन छ ।
देश भक्त ठनी सङ्घर्षशील योवन छ।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
चित्रपट पञ्चाङ्ग २०
नेपाल आमालाई टुक्रा-टुक्रा पारेर छाड्यौ।
हरेक सिमानाका साँध पनि सारेर छाड्यौ ।
जुन थालमा खायौ त्यही थालमै थुकेर नै ,
सात ,आठ डाँडा पारीको खोला तारेर छाड्यौ ।
दुश्मनको सामु तिमीले पनि हारेर छाड्यौ ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
जननी जन्मभूमिश्च कति प्याराे लाग्छ ।
मेराे सबै गुमे आमा भुल्न गार्हो लाग्छ ।
भन्ने कुरा धेरै छ नि थाहा हुनुपर्ने ,
चिसो हिउँ जस्ताे मुटु केले पाराे लाग्छ ।
स्वार्थ राखी काम लिँदा कत्ति सार्हो लाग्छ ।
💢मिना देबकाेटा, सर्लाही ।
चित्रपट पञ्चाङ्ग २२
नेपाल र आमालाई उस्तै ठान्छु मैले ।
इष्टमित्र भन्दा देश ठूलो मान्छु मैले ।
चाहिन्छ भने खून बगाउने आँट छ ,
दुश्मन आएमा औजारले हान्छु मैले ।
दुष्टबाट बचाउँन सधैँ तान्छु मैले ।
💢संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २३
[१]
आज याे देश नेपाल राेएकाे छ कति धेरै ।
चाेटकाे आँशुले पीडा धाेएकाे छ कति धेरै ।
आफ्नै अंश टुक्रा पारी पराईले चुँडी लाँदा,
दुःखी छ मन पीरले छाेएकाे छ कति धेरै ।
अन्याय पर्दा जलन भएकाे छ कति धेरै।
[२]
देश नै खाेक्रीगयाे आज धेरैचाेटी लुट भयाे।
एक अर्काकाे खुट्टा तान्न सदा सदा जुट भयाे।
मेची राेयो,काली राेयो कैयाै बास नै उठिसके ,
आज आफ्नै देश हजुर टुक्रा परी फुट भयाे ।
विधि,शासन मिच्नेलाइ आज यहाँ छुट भयाे।
💢उर्मिला के.शी ., धनकुटा ।
चित्रपट पञ्चाङ्ग २४
नेपालको रक्षा मिलेर गर्नुपर्छ हामीले ।
देश बचाउने साँच्चै मर्नुपर्छ हामीले ।
उत्तरतिर हिमाल छ दक्षिणमा जनता ,
सेनाहरू नेपालीले भर पर्नुपर्छ हामीले ।
गोली गठ्ठा भिरेर लड्न झर्नुपर्छ हामीले ।
💢पार्वती अर्याल, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग २५
आगो लागि देशमा वास्था छैन नेतालाई।
जनता मरेको छन् चिन्ता भैन नेतालाई।
नेपाली नेताले छाती चिर्छन नेपालको ,
दु:ख पीडा जनको सुख चैन नेतालाई।
जेल कोच्नुपर्छ सम्मान हैन नेतालाई।
💢गिता पोखरेल लुइटेल, कावासोती नवलपुर ।

