पञ्चाङ्ग चित्रपट भाग -०७ सम्पन्न

  • ४ भाद्र २०७९, शनिबार २१:०५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०७
    (कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ)
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०५/०२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पौडेल

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको सात अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

               श्रीकृष्ण  जीको जन्मोत्सव पारेर आज भगवान श्रीकृष्णको (श्रीकृष्ण जन्माष्टमी) बारेमा पञ्चाङ्ग यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    चित्रपट पञ्चाङ्ग      ०१
    [१]
    महिमा कत्ति सकिन्न होला गाउॅदा कालेको।
    सम्झना उस्तै मनमा मेरो ऑउदा कालेको।
    अनेकौॅ लीला गरेर त्यॅहा  हङ्गामा मच्चाए,
    विवाद भयो गोपीनी पछि लाउॅदा कालेको
    सर्वस्व उठ्यो गोकुल तिर धाउॅदा कालेको।
    [२]
    श्रीकृष्ण काले रैछन् दही चोरेर खाने।
    लुकाएर राखेको ठेकी फोरेर खाने।
    ऑफू खाईसकेपछि दिने अरुलाई,
    भुईॅभरि पोखाइएको  सोरेर खाने।
    भाॅडाबरि लागेको पनि कोरेर खाने।

    ✍️घनश्याम पौडेल, सृजना चोक पोखरा ।

    चित्रपट पञ्चाङ्ग     ०२

    कति सुन्नु नि तिम्रो महिमा लीला अचम्म ।
    हरेक ठाउँमा  गाडेकाथ्यौ  किला अचम्म ।
    चौध  सय  गोपिनी  तिम्रै  महिमा  गाउने ,
    कतै  तिम्रो चरीत्र त  थेन  ढिला  अचम्म ।
    उठ्छ्न्  बारबार  प्रश्न नै  पेचिला अचम्म ।

    ✍️वसन्त अनुभव, घोराही, दाङ ।

    चित्रपट पञ्चाङ्ग    ०३

    कस्तो रहर कृष्णको लीला ।
    गाउँ सहर कृष्णको लीला ।
    विकृति बिच डुबेको युग,
    भयो कहर कृष्णको लीला ।
    मन्द जहर कृष्णको लीला ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग     ०४

    समपञ्चाङ्ग  

    तिम्रा हुन भक्त तार्नलाई आउ श्रीकृष्ण ।
    दु:ख र गरिबी  सार्नलाई आउ श्रीकृष्ण ।
    तिम्रो नाम जपनले पनि  कल्याण हुन्छ  ,
    राक्षसी मानव   मार्नलाई आउ श्रीकृष्ण ।
    सबैको दिलमा  चार्नलाई आउ श्रीकृष्ण ।

    नेपालीको दु:ख हार्नलाई आउ श्रीकृष्ण ।
    नेताको दिमाग  बार्नलाई आउ श्रीकृष्ण ।
    भ्रष्टाचार, बलात्कारको  बिगबिगी भयो  ,
    दु:खी भए दु:ख टार्नलाई आउ श्रीकृष्ण ।
    मृत्युलोकबाट   तार्नलाई  आउ श्रीकृष्ण ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली ” हाल बर्दिया।

    चित्रपट पञ्चाङ्ग     ०५

    श्रीकृष्ण तिमीलाई आफ्नो सबै ठान्छु अब ।
    सपनीमा    भनिदेउ       सदैव  मान्छु अब ।
    काले श्रीकृष्ण   भने पनि मेरो सखा तिमी ,
    जपतप     तिम्रै   शरण     पर्न जान्छु अब ।
    हे  ! श्रीकृष्ण जप  गर्दै आफैले बान्छु अब ।

    ✍️संगिता शर्मा, सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    ०६

    मनमा मैलो पस्यो  नेताको  धोइ देउ श्रीकृष्ण ।
    दिन दु:खीको पीडालाई आफैले लेउ श्रीकृष्ण ।
    द्वपरका थियौ नि  कलियुगको  सहारा   भयौ ,
    तिम्रो आशिर्वाद पाए पर्न छैनन् छेउ श्रीकृष्ण ।
    राम्रो नगर्नेको सबै  कुराको देउ भेउ श्रीकृष्ण ।

    ✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन ।

    चित्रपट पञ्चाङ्ग    ०७

    राधा र कृष्ण सबैले सुन्ने मनछ।
    तिम्रो भजन मनमा गुन्ने मनछ।
    हण्डी फोरेर मखन चोरेर हिँड्ने
    कृष्ण गोपी जस्तै प्रेम उन्ने मनछ।
    अब तिमी लाई सधैँ चुन्ने मनछ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

      चित्रपट अभ्यास     ०८
    [१]
    राम्रो हुन्छ गीत गाउँदा कृष्ण कालेकाे ।
    पूजा गरि टीका लाउँदा कृष्ण कालेकाे।
    रहर   हुन्छ      हजारौं महिमा  उसैको,
    धेरै  मन्दिरमा  धाउँदा कृष्ण कालेकाे ।
    सम्झना दिनहुँ आउँदा कृष्ण कालेकाे ।
    [२]
    अनेकौं हुन्छ रहर कृष्णकाे धेरै ।
    रमिता भर  सहर कृष्णकाे धेरै ।
    कति अनाैठाे हाेर लिला देखाएको,
    मनदेखि छ कहर कृष्णकाे धेरै।
    मन्द मुस्कान नजर कृष्णकाे धेरै।

    ✍️सहयात्री शाेभा अर्याल,रुपन्देही १४ बुटवल ।

    चित्रपट पञ्चाङ्ग    ०९
    ✍️✍️
    आउ कृष्ण बंशी  बजाउ  मनै  सजाउन ।
    तिम्रा भक्त तल्लीनमा छन् झनै सजाउन।
    मोहरात्रीमा  जन्म  लिई शान्दिपनी गुरु ,
    गोलोकमा  जानेको  मन  तनै सजाउन ।
    फाटी  अन्ध दियो जगाइ वनै सजाउन ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग    १०

    तिम्रो जन्माष्टमी  आउँदैछ मुरारी ।
    बंशि   बजाउँदै  धाउँदैछ   मुरारी ।
    श्यामसुन्दर धर्तीमा चाँडै नै आउ ,
    मुरलीको   धुन   गाउँदैछ   मुरारी।
    आउने  ति लुगा  लाउँदैछ  मुरारी।

    योधर्तीमा आएर नाचिदेउ कृष्ण ।
    पलपल  तिमीनै  हाँसीदेउ कृष्ण ।
    सबैका   हृदयमा  आएर   बसन ,
    सबैमा माया प्रेम गाँसीदेउ कृष्ण ।
    युगौं युग नै  तिमी बाँचीदेउ कृष्ण ।

    ✍️बेदु न्यौपाने,  काठमाडौ ।

    चित्रपट पञ्चाङ्ग    ११

    के बयान गरुँ कृष्ण लीला धारीको ।
    के बखान गरुँ कृष्ण तिला धारीको ।
    छिन् छिनमा सँसारै भुलाउनेलाई,
    कान भरुँ कृष्ण काल निला धारीको ।
    शरण परुँ हे ! कृष्ण  शिला धारीको ।

    ✍️दुर्गा भट्टराई,मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२

    राधा मोहन त सबैले सुनेकै छौं।
    गोपिनी को प्यार मनमा  गुनेकै छौं।
    बाँसुरी बजाउँदै हण्डी फोर्दै हिँड्छन्,
    किष्णलाई फूलको माला उनेकै छौं।
    यहाँ हरिको भक्तभनी चुनेकै छौं।

    ✍️कमला हरिमाया पाण्डे पराजुली, झापा।

    चित्रपट पञ्चाङ्ग   १३

    कृष्ण तिम्रो   वंशीको धुन सुनाउ न ।
    मिठो मिठो कुरा  गुन् गुन सुनाउ न ।
    ज्ञानीका ज्ञान तिमी  प्रेमीका प्रेम हौ ,
    प्रेमको   गीत   भुलेँ   पुन: सुनाउ न।
    गोपिनी  लय स्वर    जुन  सुनाउ न ।

    ✍️पुष्पा सायरा, विराटनगर मोरंग ।

    चित्रपट पञ्चाङ्ग    १४

    साधु र सन्त    सत्यतालाई बचायौ कृष्णजी।
    बजाई वंशी गोपिनी   सारा नचायौ कृष्णजी।
    पापी र दुष्ट थियो  त्यो कंस सजाय दिलायौ ,
    झुलामा राखि राधाको प्यार रचायौ कृष्णजी।
    धर्तीमा आई अनेक लीला   मचायौ कृष्णजी।

    ✍️पुष्पा नेपाल(सुवेदी ), इलाम ।

    चित्रपट पञ्चाङ्ग    १५

    तिम्रै भक्त  हौ  हामी शरणमा लेऊ श्रीकृष्ण मुरारी।
    भजन  कीर्तनले  बस्छौ तिम्रो छेउ श्रीकृष्ण मुरारी ।
    आत्माको सुरुवात कहाँबाट भयो र अन्त्य कहाँ हो,
    अज्ञलाई  तत्त्वज्ञान  सिकाइ देऊ  श्रीकृष्ण  मुरारी।
    भेटाइदेउ  आत्मसाक्षात्कारी  भेउ  श्रीकृष्ण मुरारी।

    ✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग     १६

    पापीको नाश गर्न आउन कृष्ण  ।
    दु:खीको घाउ भर्न आउन कृष्ण  ।
    जहाँ त्यही पाप पाप भरी सक्यो  ,
    ज्ञानको ज्योति छर्न आउन कृष्ण ।
    मन्मा  बसाइँ  सर्न  आउन कृष्ण ।

    ✍️बुद्धिमान दनुवार, सुरुङ्गा –४ झापा ।

    चित्रपट पञ्चाङ्ग    १७

    श्रीकृष्णले के के  लीला गरेका थे हेराैँ ।
    कस्ता कस्ता लीला गर्न सरेका थे हेराैँ।
    याे धर्तीमा कंस जस्ता दुष्ट दैत्य मिल्दै ,
    अत्याचार   गर्न   लागि परेका थे हेराैँ ।
    कसाेगरी   दुष्ट    दैत्य  मरेका थे हेराैँ ।

    ताेयानाथ सुवेदी, काठमाडौं,काँडाघारी ।

    चित्रपट  पञ्चाङ्ग    १८

    कति मीठो  बाँसुरीको धुन बजाउँने ।
    यिनै कृष्ण  कनैया  पो हुन बजाउँने।
    तममा जन्मेर जगत् दिव्य तुल्याउँने,
    दही चोरी  खाने  वंश कुन बजाउँने ।
    गोपिनी यिनका सङ्गी बुन बजाउँने ।

    ✍️सरिता काफ्ले, कोहलपुर बाँके ।

    चित्रपट पञ्चाङ्ग    १९

    दही चोरी खाने पनि    तिमी नै हौ ।
    घैँटो फोरी   खाने पनि तिमी नै हौ।
    दुनियाँलाई       मोहित पारेर पनि ,
    दही सोहोरी खाने   पनि तिमी हौ ।
    साथी जोरी खाने पनि तिमी नै हौ ।

    ✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग     २०
                                  

    सद्धर्मको स्थापना निम्ति तिमि आयौ कृष्ण
    राधा रानी संग चोखो अमर प्रेम लायौ कृष्ण
    कंस मामा भए पनि दुष्ट संहार गर्नु थियो,
    महाभारत गीता ज्ञान अर्जुन संग गायौ कृष्ण
    सुदामाको कनिका अमृत मानि खायौ कृष्ण !
                                                                                        
    ✍️मिथिला अधिकारी मकवानपुर हेटौडा ।

    चित्रपट पञ्चाङ्ग    २१

    गाेपिनीकाे मायामा पर्यौ यहाँ ।
    अनेकन स्वरूप धर्यौ यहाँ ।
    दुष्टकाे संहार गर्न निमित्त,
    सत्यताको सन्देश छर्यौ यहाँ ।
    जीवनभर लीला गर्यौ यहाँ ।

    कंशलाई मारेर बासुदेवलाई बचायौ यहाँ ।
    सारा गाेपिनीलाई नचाउनुसम्म नचायौ यहाँ ।
    लीला नसक्नु तिम्रो अपार छ श्री कृष्ण भगवान्,
    गाेकुलकाे दही मखन त चाेरेरै पचायौ यहाँ ।
    द्वापर युगमा अनेकौँ रासलीला रचायौ यहाँ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग     २२

    कृष्ण काले रहेछन् दही चोरेर खाने।
    लुकाएको भाँडो नै खोजी फोरेर खाने।
    कृष्णजन्माष्टमी  शुभकामना सबैमा,
    अनुहारभरि  दहीले कोरेर खाने।
    लत्पतिएको दही सबै सोरेर खाने।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग     २३

    ग्वाला रुप गोठालाको भेषमा आइदेउन कृष्ण।
    दुःख   मनकाे घाउमा  मल्हम लाइदेउन कृष्ण !
    तिमीनै हाै अनेक युगका  सबैका दु:ख नासक!
    लोकको  भलाे  संदेशकाे गीत गाइदेउन कृष्ण!
    सबकाे   तन-मनमा  प्रेमले     छाइदेउन कृष्ण!

    ✍️उर्मिला के.शी., धनकुटा !

    चित्रपट पञ्चाङ्ग    २४

    तिम्रै अभाव     थियो यहाँ आयौँ श्रीकृष्ण ।
    सुख्खा मरुभूमिमा ज्योति छायौँ श्रीकृष्ण ।
    चम्किन्छ  अब  बजुनतारा  लम्किन्छ सारा ,
    दु:खी   पीडितको    मनमा धायौँ  श्रीकृष्ण ।
    साझा   बनी   पिरति तिमी लायौँ श्रीकृष्ण ।

    ✍️नम्रता थामी, घ्याङ्लेख २,सिन्धुली ।

    चित्रपट पञ्चाङ्ग    २५

    ग्वाला बिरामी पर्दा जचाउने काले कृष्ण ।
    गोपिनी हरुलाई बचाउने काले कृष्ण।
    आज कृष्णाष्टमीकाे शुभकामना छ,
    कठिन अवस्था नि पचाउने काले कृष्ण।
    दुश्मन जतिलाई घचाउने काले कृष्ण ।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    २६

    आउन प्रभु     दर्शन दिन आउ  हे! कृष्ण ।
    भक्ति गरेर शरण    पर्छु     पाउ हे! कृष्ण ।
    लिला गर्यौ तर       दर्शन    पाउन सकिन ,
    भक्तहरूको दिलमा तिमी  छाउ हे ! कृष्ण ।
    पुकार सुनेर  भक्तसँगै      जाउ हे ! कृष्ण ।

    ✍️आस्था निरौला, काठमाडौं ।

    पञ्चाङ्ग    २७

    श्रीकृष्ण लीला अब गाऔं सबैले ।
    उसैकाे कृपा अनि पाऔं सबैले ।
    जहाँ हुन्न पूजा पाइदैन केही ,
    उसैकाे मन्दिरमा धाऔं सबैले ।
    अनि प्रसाद खूब खाऔं सबैले ।

    ✍️नवराज भट्ट,महेन्द्रनगर,कञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    २८

    श्रीकृष्ण कालेको भजन गाऔं हामीले ।
    प्यारेको साथ अनि माया पाऔं हामीले ।
    आस्था राखौं मनमा सधैँ कृपा हुन्छ रे,
    अब उनकै  मन्दिरमा धाऔं हामीले । 
    गाउन महिमा मन्दिर जाअैाँ हामीले ।

    ✍️अनुप आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग     २९

    कृष्ण तिमी त कस्तो बेइमानी दही चोरी खाने ।
    लुकाइएको हण्डी  पनि तिमीले नै फोरि खाने ।
    साेह्रसय   गाेपिनिलाई  माेहनी आफ्नै बसमा  ,
    दही र मखन  हातले   भाँडो भोरी भोरी खाने  ।
    मखान दही    खाछैन  भनेर  हात जोरि खाने ।

    ✍️दुर्गा निरौला, काठमाडौं ।

    पन्चाङ्ग   ३०
    पहिलो प्रयास
    ———-
    नारी हुँ म सबै कष्ट झेल्न      सिक्नु पर्छ ।
    वेदनाको सबै भारी       पेल्न सिक्नु पर्छ।
    दु:ख        दिन्छन्  पुरुष प्रधान समाजले,
    पिल्सिएको     घाउसँग खेल्न सिक्नु पर्छ।
    काँचो पिठो झैँ  जिन्दगी बेल्न सिक्नु पर्छ।

    ✍️ शिखा खतिवडा बारा ।

    चित्रपट  पञ्चाङ्ग     ३१

    कृष्णको मन जीत्न गोपीनीलाई  पर्यो कस्तो आपत ।
    राधाको माया कानाको दिलमा नै सर्यो कस्तो आपत।
    कृष्णाअष्ठमीमा   गोकुलमा   परेछ   ठूलो दर्के  पानी ,
    देबकी   वासुदेवलाई   जेलमा   छर्यो  कस्तो आपत ।
    गोकुलमा   बलरामसँग   गाई   चर्यो  कस्तो आपत ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।

    Leave a Reply