साहित्यकार सोमनाथ लुइटेल “रवि पाल्पाली”का सुन्दर पञ्चाङ्गहरू

  • ३१ श्रावण २०७९, मंगलवार १६:३७ मा प्रकाशित
  • “”पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    समपञ्चाङ्ग :- २, त्रिसम पञ्चाङ्ग:- १ पञ्चाङ्गहरू :- ३४

    समपञ्चाङ्ग   ०१

    जनताको  जायज  नै  माग हुनुपर्छ
    विकास  गर्नलाई  त  घाग  हुनुपर्छ
    उत्तर-दक्षिण     मिलाउन नेता हुनु
    परिपक्व  नेता   भई  खाग हुनुपर्छ
    तिक्ष्ण बुद्धी चलाखमा काग हुनुपर्छ ।

    स्वच्छ छबि   नलागेको दाग हुनुपर्छ
    सुन्दर   सङ्गीत   जस्तै   राग हुनुपर्छ
    सोझा जनतालाई धोका कैले नदिनु
    बैरीलाई   डस्न   सक्ने नाग हुनुपर्छ
    सबैलाई  चित्त  बुझ्ने   भाग हुनुपर्छ ।

    समपञ्चाङ्ग   ०२

    गाउँ भरिकाले सदैव  कालू भन्छन् मलाई
    टाठो चलाख भएर नै चालु भन्छन् मलाई
    कहिले राम्रो भन्दछन्  कहिले विचरा भएँ
    गमक्क परेर   बसेको ठालु भन्छन् मलाई
    सबै मिलेर अब यहाँ   ढालु भन्छन् मलाई ।

    दु:ख भोग्नेलाई नै  कहाँ फालु भन्छन् मलाई
    कुन ठाउँको  कोप्चातिर  हालु भन्छन् मलाई
    समय   अनुसार   चल्दा  अनेकौँ   दु:ख पाएँ
    अनपढ केही   नजान्ने   आलु भन्छन्  मलाई
    घरभित्रै  राखेर  आगो  बालु भन्छन् मलाई ।

    त्रिसमपञ्चाङ्ग   ०१

    विवाद  गरी  बोलिले मारेर गयौ मलाई
    अन्यथा भयो जमिन सारेर गयौ मलाई
    बलले आर्ज नैतिक भएर बुद्धि देखाऊ
    शासन गर्दै  भोगाइ  सारेर गयौ मलाई
    कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।

    जीवन बित्छ दु:खले बारेर  गयौ मलाई
    तनाव  दर्द  भागमा   पारेर  गयौ मलाई
    जीवन ढल्दा बलेको राप ताप्दैन कसैले
    भागमा जित आफैले  हारेर गयौ मलाई
    हलको  गोरु  बनाई  नारेर गयौ मलाई ।

    गलत   सही   भनेर   झारेर गयो मलाई
    नारीको हेलाँ  सहेर   दारेर गयौ मलाई
    निशब्द   भएँ  देखेर काम गरेन सुद्धिले
    तिक्तता बोली रसमा   तारेर गयौ मलाई
    संसारै   दुई  आखाले चारेर गयौ मलाई ।

    पञ्चाङ्ग   २९०

    चुरापोते  हरियो  सारीको  पहिरन पनि    हरियो साथी
    एक   महिनाको  व्रत   आराम   हिजैबाट गरियो साथी
    चोखो   खानु   शुद्ध   भएर  वचन वाण कहिले नहान्नु
    जस्तै भएनि कामगर्ने  घाँस   बाँध्न खोइ बरियो साथी
    साउने सक्रान्तिमा लुतो दाद फाल्न काम सरियो साथी ।

    पञ्चाङ्ग    २९१

    मान्छे हुँ सिसा जस्तै फुट्न सकिन
    सत्य आत्मासँग नै   जुट्न सकिन
    कुरा   आदर्शका  छाँटेर   के   गर्नु
    मानेको दोषीलाई     चुट्न सकिन
    सकिएको  ज्ञानले  लुट्न   सकिन।

    पञ्चाङ्ग   २९२

    राजा पनि गुरुको   पाउ पर्न जान्नु पर्छ
    गुरुले   भनेको साच्चै  सदैव मान्नु पर्छ
    शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोही
    असल गुरुलाई  आफैँले   नै छान्नु पर्छ
    गुरुलाई   शिष्यको   हृदयले  तान्नु पर्छ।

    पञ्चाङ्ग   २९३

    कतिको त सातो गयो कतिको फुक्न बाँकी छ
    मै हुँ भन्ने नेता  मैदान  छोडी लुक्न बाँकी छ
    रविले  देश चलाए  बुढा नेता भागे   राम्रो
    युवा नेताको कामको अगाडि झुक्न बाँकी छ
    खलनायकलाई जनताले थुक्न बाँकी छ ।

    पञ्चाङ्ग   २९४

    स-सानो कुराले पनि झस्केको देखियो
    मीठो बोलिले नै निकै मस्केको देखियो
    जीवनमा   सुखदुःख   आई   नै रहन्छ
    दु:ख तनावले छाती   चस्केको देखियो
    आजभोलि के भएर खस्केको देखियो ।

    पञ्चाङ्ग   २९५

    सफा नगरेपछि  जालो आउँछ साथी
    एकदिन फाटेको टालो आउँछ साथी
    चक्र  नै  हो   हेरेर  बस्नु   पर्दछ यहाँ
    गोरो   गएपछि  कालो आउँछ साथी
    एकपटक साच्चै पालो आउँछ साथी ।

    पञ्चाङ्ग   २९६

    मेरो लागि कोही मरे जस्तो लाग्छ
    काम पर्दा अन्तै सरे जस्तो लाग्छ
    खाँचो पर्दा  टार्न सक्ने छैन कोही
    सम्पत्ति  नहुँदा  परे जस्तो लाग्छ
    श्रम गर्दा केही   गरे जस्तो लाग्छ ।

    पञ्चाङ्ग   २९७

    पहेँला  हरिया  चुरा  लगाइ  सजाएकी  प्यारी छौ
    अनुहार उज्यालो मुस्कानमा  लजाएकी प्यारी छौ
    पाउमा  पाउजु  औला  र  हातमा  लगायौ तिउरी
    झमझम  हिडाइमा  पाउजु  बजाएकी प्यारी  छौ
    हाम्रो संस्कृतिलाई सधैँ भरी भजाएकी प्यारी छौ ।

    पञ्चाङ्ग   २९८

    नारीले चुरा छोडी  कडा लगाउन थाले
    अस्तित्व बजारमा  सधैँ  बगाउन थाले
    स्वतन्त्र भनेको छाडा बन्नु होइन होला
    हुँदाहुँदै नशाको  ध्वनि  जगाउन थाले
    युवाको साथले सभ्यता भगाउन थाले।

    पञ्चाङ्ग   २९९

    मित्रताको शिखरमा  पुग्नुपर्छ भन्छन्
    सत्यतथ्यमा  सदैव झुक्नुपर्छ भन्छन्
    अनुहार जस्तै दिल नि चाहिन्छ सफा
    एकताको अघि सधैँ नुघ्नुपर्छ भन्छन्
    सङ्घर्षको मैदानमा  जुट्नुपर्छ भन्छन् ।

    पञ्चाङ्ग   ३००

    अखडा  बढेको  छ  जुवाडेको  तास हेर्न
    छोड्ने  सकेको   छैन  मानवले मास हेर्न
    मरेको   त  सुतेको  हुन्छ जुवाडे  बसेको
    प्रवृत्ति  यस्तै हो  आउछन् बढी लास हेर्न
    कसैको घाटा अनि नोक्सानको रास हेर्न।

    पञ्चाङ्ग    ३०१

    आज पनि  मेघ  गर्ला जस्तो छैन
    माथिबाट  पानी झर्ला जस्तो छैन
    इन्द्र  नि   रिसाएको    मनावसँग
    पानीबिना रोपो सर्ला जस्तो छैन
    एक थोपा पानी  पर्ला जस्तो छैन।

    पञ्चाङ्ग   ३०२

    माया भन्ने कुरै यस्तो जति गर्यो कम हुने
    साँचो पिरती लाएपछि  त्यसैमा दम हुने
    घातको कुरा नगर्नु माया गाँसिने बेलामा
    एकताको कुरा गरी आँखाभरि नम: हुने
    यस्तो गहिरो  माया दिनु नशामा रम हुने ।

    पञ्चाङ्ग   ३०३

    तिमी रात  भए  म  छायाँ बन्नेछु
    तिम्रो  दिलमा बस्ने माया बन्नेछु
    मौसम वसन्त झैँ राख्छु समाली
    हिन्दाखेरि  म दायाँ-बायाँ बन्नेछु
    सुख दु:खको सधैँ  काया बन्नेछु।

    पञ्चाङ्ग   ३०४

    मेचिकाली  अभियानमा नेता लाग्न थाले
    पाँच वर्षे कुर्सीको लागि नेता भाग्न थाले
    नेतालाई  ठुलो चिन्ता स्वतन्त्र अगाडि छ
    दुई हात जोडी  नेताले   भोट माग्न थाले
    नेताको   काम देखर जनता  जाग्न थाले ।

    पञ्चाङ्ग    ३०५

    पीडा  मेटाउन  नसा  पिए  हटाउन मलाई के गर्छौ
    रोग   लागेर   मर्ने  भएछु  बचाउन मलाई के गर्छौ
    म बाँचे  मरे  पनि  तिमीलाई फरक कत्ति पर्ने छैन
    जिउदो लास भएछु अब  सजाउन मलाई के गर्छौ
    अन्तिम बेलामा लास बनेँ जलाउन मलाई के गर्छौ।

    पञ्चाङ्ग   ३०६

    आमाको मायामा सन्ततिले काख पाइन्छ
    बचेको   ममताको  मुल्यमा साख पाइन्छ
    जननी हुन्    सन्तानको पीर व्यथा सहने
    सेवा   गरेपछि  आशीर्वाद  लाख पाइन्छ
    मनमा  श्रद्धा   भएमा  सधैँ दाख पाइन्छ ।

    पञ्चाङ्ग   ३०७

    कस्तो अक्षम बुद्धी  नभएको काठो रहेछ भन्थ्यो
    अरुलाई  राय  दिन नसक्ने  पाठो  रहेछ भन्थ्यो
    मनुष्य   भएपछि   त   हुनुपर्ने   हो    मिलनसार
    कहिले  फुकाउनै  नसकिने   गाँठो रहेछ  भन्थ्यो
    अगाडि बढ्ने थिएँ तर अल्को आँठो रहेछ भन्थ्यो।

    पञ्चाङ्ग   ३०८

    तिमीलाई आँखाभित्र सजाउन चाहन्छु
    दुश्मनको  हृदयलाई  जलाउन चाहन्छु
    जमानाले    सताउँदा फरक मान्नु पर्दैन
    मायाले तिमीलाई सधैँ बचाउन चाहन्छु
    वाँच्दासम्म माया  गर्दै फकाउन चाहन्छु ।

    पञ्चाङ्ग   ३१०

    मलाई माया गर्न  जानिनौ  तिमी
    भनेको नि  कहिले मानिनौ तिमी
    सम्बन्ध    एकोहोरो  बलियो हुन्न
    बन्धन मायाको हो ठानिनौ तिमी
    विश्वासले   मलाई   तानिनौ तिमी।

    पञ्चाङ्ग   ३११

    आँखाभित्रको  कसिङ्गर  बनाए मलाई
    रिस थियो अर्काको  रिसै खनाए मलाई
    बोले छुचो भएँ   चुपचाप  बस्दा घाती नै
    लोभिपापी जस्तो संज्ञामा जनाए मलाई
    वाणै वाणको चुच्चोले नै    हनाए मलाई ।

    पञ्चाङ्ग   ३१२

    आँखाबाट आँसु  खस्छ तिमी रोएको बेला
    हृदय पनि त्यहीँ दुख्छ तिमीले छोएको बेला
    टेक्ने ठाउँ   कहीँ छैन हुरीले  लगिसक्यो
    घिन  लाग्छ  होला  मेरो  आँसु धोएको बेला
    मन   नि कति   दुख्ने निचोर्दै दोएको बेला ।

    पञ्चाङ्ग    ३१३

    चोटै चोट पाएर  छाती दुखेको बेला
    कति दु:ख सहेर आज लुकेको बेला
    पीडा  नि सारै खनिएर आयो सदैव
    सुनिए पछि   दिल  धेरै चुटेको बेला
    के लाग्छ र दैवले दिल थुतेको बेला ।

    पञ्चाङ्ग   ३१४

    कोही घाती बने  कुनै जाती हुनेलाई
    देवी देउतामा  चढ्ने   पाती हुनेलाई
    समस्या  बड्छ  घट्ने हैन रुनु पर्नेछ
    दु:ख केहो भनी सोध छाती हुनेलाई
    गोप्य कुरा त नखोल्नु घाती हुनेलाई ।

    पञ्चाङ्ग   ३१५

    नाग  पञ्चमी   नागै नागको मेला हो
    श्रावणमा   नाग देवको हुने भेला हो
    दुध-दही    आदिले   अर्घ    दिनुपर्छ
    यही  मासमा   आउने  पर्व  बेला हो
    ऋषिबाट श्रापित चेली अनि चेला हो ।

    पञ्चाङ्ग    ३१६

    जल्छ  मुटु भतभती  जलेको   देखाऊ तिमी
    सुस्त-सुस्त  चल्छ  मुटु  चलेको देखाऊ  तिमी
    सास  लिँदा   साह्रो हुन्छ वाक्य पनि फुरेन है
    दिल   पीडाले   नै गल्छ गलेको देखाऊ तिमी
    आगो फुक्दा निभ्छ यहाँ बलेको देखाऊ तिमी।

    पञ्चाङ्ग   ३१७

    चोट लागे पनि दुख्यो भन्न कहाँ सक्छु
    दिएको चोट   अहिले गन्न कहाँ सक्छु
    छिया भयो मुटु भित्र तिम्रो बास थियो
    अशक्त  भए बेलामा खन्न कहाँ सक्छु
    जति   गरे पनि तिम्रो बन्न कहाँ सक्छु ।

    पञ्चाङ्ग    ३१८

    जानेदेखि  कामको   पनि गगन हुन्छ
    लगाउने     चिज- वस्तुमा बटन हुन्छ
    मान्छेले       गरेर नहुने केछ लोकमा
    साधारण   मान्छेको  पनि वतन हुन्छ
    उडेको देख्नेलाई साच्चै  जलन हुन्छ।

    पञ्चाङ्ग  ३१९

    गरिबले धनीको किन लात खान्थे
    काम गरेको पैसाले नै भात खान्थे
    निर्धो भएर बाँच्नु अभिशाप हो नि
    मिहनेत   गर्न श्रमको  जात खान्थे
    मिल्ने भए गरिबले त  पाथ खान्थे ।

    पञ्चाङ्ग   ३२०

    जडिबुटीले निको पार्छ भन्ने हामी जान्नु पर्छ
    परम्परादेखि   चलिआएको  मन्त्र मान्नु पर्छ
    ऋषिमुनीदेखि  आजसम्म  सुत्र आयुर्वेद हो
    जङ्लमा भएको ओखती हामीले छान्नु पर्छ
    जडिबुटी  उत्थानको  लागि  डलर तान्नु पर्छ ।

    पञ्चाङ्ग    ३२१

    यहाँ चोटले नै छाती  चस्केको देखियो
    त्यहाँ मोज लिँदै सधैँ मस्केको देखियो
    कुरा     काटे नि  प्रवाह  गेरेनौ कहिले
    सपनीमा  त सदैव  झस्केको देखियो
    राम्रो छोडी  नराम्रोमा हस्केको देखियो।

    पञ्चाङ्ग   ३२२

    दुई आत्माको मिलन हुन्छ दिल खोल्न जानेपछि
    आफैँ  माया  प्रगाढ हुन्छ  मीठो बोल्न जानेपछि
    डर  हुँदैन कसैको  प्रेममा  बिश्वास  भरोसा  भए
    सानो  ठूलो कोही  हुन्न  मिलाएर बोल्न जानेपछि
    चिसो माया तातो हुन्छ स्पन्दनले पोल्न जानेपछि।

    पञ्चाङ्ग    ३२३

    धिकार छ जिन्दगी समयले नचायो मलाई
    खान खोजें जहर,औषधिले बचायो मलाई
    राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला केगरुँ?
    हेर अनायासै सधैँको लागि मचायो मलाई
    कहिले कुराले कैले छुराले पचायो मलाई ।

    पञ्चाङ्ग   ३२४

    मर्ने बेला कात्रोमा राखेर लाने धन छैन मेरो
    तिमीलाई छोडी अन्त कतै लाग्ने मन छैन मेरो
    समयको चक्र मात्र धनिकै समीप घुम्छ हेर
    आगो लाउने थिएँ बल्ने खरको बन छैन मेरो
    उर्जा धारासायी भयो उठ्ने मन झन छैन मेरो ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”

    Leave a Reply