
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग २ (दुई)
——————————————–
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/१७
………………………………………….
प्रशिक्षक:-
———–
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण
————
सोमनाथ लुइटेल रवि पाल्पाली
भवानी घिमिरे
पुष्पा सुवेदी नेपाल
सङ्कलक :-
———-
सुशीला पौडेल
समयोजक
दुर्गा आचार्य ,भवानी घिमिरे
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल ।
======================
अनुप्रास:-
मारेर, हारेर, झारेर, पारेर, बारेर, तारेर, खारेरं सारेर, चारेर,
नारेर, दारेर, टारेर
स्थायी:- गयौ मलाई
अक्षर संख्या आफ्नो इच्छा
======================
पञ्चाङ्ग ०१
त्रिसम पञ्चाङ्ग ०१
विवाद गरि बोलीले मारेर गयौ मलाई
अन्यथा भयो जमिन सारेर गयौ मलाई
बलले आर्ज नैतिक भएर बुद्धि देखाउ
शासन गर्दै भोगाइ सारेर गयौ मलाई
कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।
जीवन बित्छ दु:खले बारेर गयौ मलाई
तनाव दर्द भागमा पारेर गयौ मलाई
जीवन ढल्दा बलेको राप ताप्दैन कसैले
भागमा जित आफैले हारेर गयौ मलाई
हलको गोरु बनाइ नारेर गयौ मलाई ।
गलत सही भनेर झारेर गयो मलाई
नारीको हेला सहेर दारेर गयौ मलाई
निशब्द भएँ देखेर काम गरेन सुद्धीले
तिक्तता बोली रसमा तारेर गयौ मलाई
संसारै दुई आखाले चारेर गयौ मलाई ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग :०२
मेरो इच्छा मारेर गयौं
माया अन्तै सारेर गयौ
अलपत्र पार्यौ बीचमा
हिड्ने बाटो बारेर गयौं
कोशी नदी तारेर गयौ।
✍️तारा घिमिरे सङ्खुवासभा ।
पञ्चाङ्ग:०३
१
रूखाे बाेलेर मारेर गयौं मलाई
अन्तै मायाले बारेर गयौं मलाई
दु:खले बल्लबल्ल जाेडेकाे त्याे घर
घर न घाट पारेर गयौं मलाई
फुल्न नपाई झारेर गयौं मलाई ।
२
काँडे तारकाे बार बारेर गयौं,
हजारौं सपना याे मारेर गयौं।
धेरै इच्छा र आकाङ्क्षा थिए मेरा,
मन पर्ने त्यो फूल सारेर गयौं।
उर्लि आएको खाेला तारेर गयौं।
✍️सहयात्री शाेभा अर्याल
बुटवल १४ रूपन्देही ।
पञ्चाङ्ग:०४
मलाई माया मारेर गयौ तिमीले
बसाइँ अन्तै सारेर गयौ तिमीले
जिन्दगीको यात्रा सँगै काटौँला भन्थ्यौ
बोली वचन टारेर गयौ तिमीले
घर न घाट पारेर गयौ तिमीले ।
✍️सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग:०५
उडेर आकाश रूखमा बस्ने चरी झारेर गयौ
चारो नपाएर मेरा बचेराहरू मारेर गयौ
बहादुर निसाना बाज संम्झन्छौ र गौरव गर्छौ
तिम्रा मरेका कूलपित्रृ पुरुषार्थ दारेर गयौ
मरेर मुक्ति पाएको छु मैले तिमी हारेर गयौ।
✍️होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग ०६
आँखामा आँसु झारेर गयौं
लाएको माया मारेर गयौं
फेरि के को लागि आउदै छौ
बसाई अन्तै सारेर गयौं
मलाई आँखा तारेर गयौं
✍️सुमित्रा पोखरेल काठमाडौं ।
पञ्चाङ्ग ०७
आस देखाएर तिमीले त जिउदै मारेर गयौ मलाई
भेट नै नहोस् भनी अन्तै घरबार सारेर गयौ मलाई
स्वार्थमा खेलेर मेरो जीवन उजाडि दियौ यसरी किन ?
भेट्न थियो एकपटक भन्दै थिएँ टारेर गयौ मलाई
फर्कन नसकोस् भनेर जंगार तारेर गयौ मलाई।
✍️दुर्गा आचार्य
मोरङ ।
पञ्चाङ्ग ;०८
✍️✍️❤️❤️
आशा देखाएर झारा टारेर गयौ मलाई
नजिक आए झैँ टाढा पारेर गयौ मलाई
आशा भरोसा जिम्मेवारीबोध लुटियो सबै
आउँछु ल भनि माया मारेर गयौ मलाई
कता नदेखिने ठाउँ सारेर गयौ मलाई ।।
✍️जमुना आचार्य
सिन्धुपाल्चोक ।
पञ्चाङ्ग:०९
गाजलु आँखाको नशामा, पारेर गयौ मलाई
चितुवाले बाच्छो दारेझैँ, दारेर गयौ मलाई
घुँक्कघुँक्क गरेर रुँदा सम्झी तिमीलाई फेरि
आँखा झिंम्काई पुनः आश, झारेर गयौ मलाई
घुम्टो ओढी डोलीमा चढी, मारेर गयौ मलाई
✍️केशव न्यौपाने सानु
बेलकोटगढी ७, नुवाकोट ।
पञ्चाङ्ग १०
आज किन यति दोधारमा पारेर गयौ मलाई ।
व्यर्थमा यसरी नौनी जस्तै खारेर गयौ मलाई ।
अनि धोका दिनु थियो भने नजिक किन सरेको?
इच्छा पूरा गरेर अनि त टारेर गयौ मलाई।
अब अन्त्यमा निर्जीव पारि मारेर गयौ मलाई ।
✍️अनुप आचार्य, मोरङ ।
पञ्चाङ्ग ११
औँसीको रात झैँ पारेर गयौ मलाई
किन किन माया मारेर गयौ मलाई
के भूल थियो र मेरो बुझेनौ तिमीले
अर्कैसँग माया सारेर गयौ मलाई
आँखाबाट आँशु झारेर गयौ मलाई।
✍️रोजिना लोहनी पाण्डे, ११ भरतपुर ।
पञ्चाङ्ग १२
पीडा चोटमा आकाशको तारा झारेर गयौ मलाई
फलामको तारले जन्जिरमा खारेर गयौ मलाई
जीवन त्यति सजिलो कहाँ छर सोचेर रोेजे जस्तो
दुईटा डुङ्गामा चडेर नदी तारेर गयौ मलाई
धनी गरिब छुट्याई संसार चारेर गयौ मलाई
✍️अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग:१३
मुखले निकै चिल्लो पारेर गयौ तिमी।
बसाइँ भने अन्तै सारेर गयौ तिमी।
किन अगाडि ठिक्क पार्नु पर्यो र अब,
काँडाको झाडी माथि झारेर गयौ तिमी।
मलाई त जिउँदै मारेर गयौ तिमी।
✍️ह्यारिस ह्यारिसन” काठमाडौं ।
पञ्चाङ्ग:१४
यो मुटु तनावमा पारेर गयौ तिमी
सदाका लागि माया मारेर गयौ तिमी
सल्लाह सुझावले जानु हुँदैनथ्यो र
दुई मुटुको दुरी सारेर गयौ तिमी
मिलनलाई नित्य बारेर गयौ तिमी।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
पञ्चाङ्ग १५
१
नारी भएरै माया सारेर गयौ मलाई।
भासमा जिन्दगी छ मारेर गयौ मलाई।
उमारि स्नेह नखोज्नु अब कुरा धेरै छ,
बारी हुनाले ऋण पारेर गयौ मलाई।
दिल भित्रमा खिल झारेर गयौ मलाई।
२
अरूले भन्यो भनेर किन हारेर गयौं मलाई
अपुरो के थियो र तिमीले सारेर गयौ मलाई
मायालुले दिएको कसम मिथ्या बनाएर गयौ
असम्भव भएको वस्तुलाई झारेर गयो मलाई
आफ्नो भागको दु:ख तनाव पारेर गयौ मलाई ।
✍️सीता कडेंल सापकोटा, चितवन भरतपुर।
पञ्चाङ्ग :१६
काँडेतारले बारेर गयौ मलाई
तिखो बोलीले झारेर गयौ मलाई
कति निस्ठुरी धोकेबाज रहेछौ है
आसा देखाई टारेर गयौ मलाई
जिउँदै तिम्ले मारेर गयौ मलाई ।
✍️बुद्धिमान दनुवार, सुरुङ्गा –४ झापा
पञ्चाङ्ग १७
हरियो चुरा देखाइ आँखा नारेर गयौ मलाई
सोचेको थिएँ आफन्त झाँको झारेर गयौ मलाई
बोलेको कुरा नबुझ्दा सम्बन्ध झनै बिग्रदै गयो
अभिमन्यूको चक्रब्यूमा झैँ पारेर गयौ मलाई
गलत थियौ तिमी नै बाटो बारेर गयौ मलाई।
✍️संगिता शर्मा, सिन्धुली ।
प्पञ्चाङ्ग १८
मनमा रहेको विचारकाे आस्था आज मर्दैन मारेर यहाँ ।
पुर्खाकाे रगतले काेरेकाे सीमा अब सर्दैन सारेर यहाँ ।
जंगे पिलरलाई खम्बा नसाेच वीर हुन् ती खडा छन् है सदा ,
हात नलम्काउ रति खबरदार छाेड्छन् गिँडा पारेर यहाँ ।
हरेक नेपालीमा गाेर्खेकाे हिक्मत जमेकाेछ खारेर यहाँ ।
✍️भवानी घिमिरे,सर्लाही ।
पञ्चाङ्ग १९
तिमीले भन्दा पनि गाड तरेर जान सकिन
आफ्नैको सल्लाहमा भर परेर जान सकिन
प्रतिष्ठाको कुरा पनि भयो छोडेर जानलाई
आत्मा साथ नहुँदा त्यसै गरेर जान सकिन
जाउ जाउ भ्णे नि आफै सरेर जान सकिन ।
✍️मिराज लुइटेल, काठमाडौं ।
पञ्चाङ्ग २०
जहिलेदेखि तिमीले माया मारेर गयौ
पराई ~बागमा प्रेम फूल सारेर गयौ
पलपल~ मर्दै र पलपल बाँच्दै छु म
मेरो यो जिन्दगी धरापमा पारेर गयौ
सिङ्गो मुटु टुक्राटुक्रा पारि फारेर गयौ
✍️पुष्पा नेपाल ( सुवेदी), इलाम ।
पञ्चाङ्ग २१
समपञ्चाङ्ग १
मन तन मिल्यो तिमीसँग हेर हारेर जादिन।
लडेर खान्छु नङ्ग्रा खियाउँछु त बारेर जादिन।।
जतिसुकै बिडम्वना जिवनमा आएपनी सानू।
त र म यहाँ सत्रु अगाडि आँसु झारेर जादिन।।
मेरो बोलिनै खस्रोछ र पनि म खारेर जादिन।
सोचेजस्तो हुन्न जिवनमा खोली तारेर जादिन।
परिआए गर्धन थापिदीउँला मारेर जादिन।।
ज्युँदो लास भएर बाँच्नु भन्दा मर्नु नै भलो भन्छन्
संघर्ष गर्छु बाँचुन्जेल बसाई सारेर जादिन।।
म यस्तै हुँ आफ्नै तँ सम्झिन्छु गाउँ चारेर जादिन।
✍️कमला पाण्डे पराजुलि, झापा चाराअलि ।

