प्रेम थापाका सुन्दर पञ्चाङ्गहरू

  • ५ श्रावण २०७९, बिहीबार ०१:०५ मा प्रकाशित
  • प्रेम थापा


    🇳🇵१
    आशाका कन्धनी माथि चक्कुले छिनाउनेहरूले बिगारे
    संघर्षका नदीमा तुफानीले भिजाउनेहरूले बिगारे
    बाेलीमा सत्य बास बसेन क्यै गरी, फैलाउँछन् हावा सरी
    दु:खीका आँसुका घुड्का चम्चाले पियाउनेहरूले बिगारे
    देखेर पनि नदेखे झैं गरी निदाउनेहरूले बिगारे ।

    🇳🇵२
    कोही कसैलाई छल्न नै खुबै मन पराउँछन् अचम्मैले
    सिधासाधा त डराउँछन् कोही खल्ती भराउँछन् अचम्मैले
    आफू अझ ठूलो हुने होडमा , दुर्लभ सौगातको मोडमा
    ठूलाले सानालाई जस्तै पनि काम गराउँछन् अचम्मैले
    धिक्कार छ आफूले चढ्न राम्रालाई हराउँछन् अचम्मैले ।

    🇳🇵३
    माया गरेन भन्दैछाै मन कस्तो कस्तो
    अाफैँ रित्तिएर पनि धन कस्तो कस्तो
    बात कुल्चेर , कसरी गर्‍यौ नबुझेर
    जति जानेकाे मिठाे वचन कस्तो कस्तो
    अधैर्य आफ्नोपन जीवन कस्तो कस्तो ।

    🇳🇵४
    शिरा अनि धमनीमा बगाएँ तिम्रो याद
    कलेजी पत्र पत्रमा छपाएँ तिम्रो याद
    कोष कोषमा लुकाई , सुरक्षित बनाई
    मुटुका चार कोठामा रखाएँ तिम्रो याद
    रक्तका कणकणमा सजाएँ तिम्रो याद ।

    🇳🇵५
    अझ अर्काले जसो भन्यो उसै गर्छौ कतिन्जेल
    सधैँ चाकडी गरी यता उता सर्छौ कतिन्जेल
    आफ्नै विवेक प्रयोग गरेर बढ्नु कति राम्रो
    लगातार अर्काको मात्र भर पर्छौ कतिन्जेल
    विश्वासको फुट्छ बेलुन अनि भर्छौ कतिन्जेल ।

    🇳🇵६

    आफ्नो फोटो आफ्नै छातीमा टाँसेर मरूँ
    छुट्टिएका ती सम्बन्धका डोरी गाँसेर मरूँ
    गर्नु छैन है तँ तँ , गर्नु छैन मलाई म म
    म भित्रका दु:खद क्षण सबै, माँसेर मरूँ
    मर्नु त छँदैछ एकदिन म हाँसेर मरूँ ।

    🇳🇵७
    समस्या जटिल आइरहन्छन् समाधानको खोजी गरौं
    कष्टमा साथ सहयोग दिने पहिचानको खोजी गरौं
    सोचे जस्तो हुँदैन एकनाश , र बढी गर्नु हुन्न आश
    सफलतामा पुग्न कर्म योग्य योगदानको खोजी गरौं
    उन्नति गर्नेको नि:स्वार्थ भावले सम्मानको खोजी गरौं ।

    🇳🇵८
    अश्रुका भेलको छालले जस्तै वारपार लाएको छ
    अहो निथ्रुक्क बनाइ दु:खको अतिसार छाएको छ
    कुनै नि पलमा , रोकिएन बटुल्न खुसी जीवनमा
    किन खुसी खोज्दा सधैं जीवनले डाँडै कटाएको छ
    हरक्षण दु:खले नसोचेको उपहार पाएको छ ।

    🇳🇵९
    वर्षा याममा तिमीलाई भेट्न आऊँ कि नआऊँ म
    हृदयभरिको मिठो माया नि लाऊँ कि नलाऊँ म
    आपसी माया साटासाट गर्दै र शान्त ठाउँ खोज्दै
    तिमी सँग सँगै रानी ~वनमा जाऊँ कि नजाऊँ म
    उर्लेका चाहनासँगै कसम खाऊँ कि नखाऊँ म?

    🇳🇵१०
    मौलिक संस्कृतिमा आफ्नो पन नै रहेन भने
    जोगाउन पर्ने संस्कृति कानुन बनेन भने
    नेपालमा समस्या कहिल्यै समाधान हुँदैन
    भ्रष्टको जाल अनि फटाहा कोही दबेन भने
    के भावना हुन्छ ? आँखाबाट आँसु झरेन भने ।

    🇳🇵११
    अरुको देखासिकीको रहरमा किन रमाउछौ
    नाता लगाइ अरुको असरमा किन रमाउछौ
    गरेर बहाना , लाफ्नै लगातार हरेर चाहना
    माछाको लोभमा परि सागरमा किन रमाउछौ
    नचिनेको औषधिको अफरमा किन रमाउछौ ?

    🇳🇵१२

    बाध्यतामा बेचियौ कि रहरमा बेचियौ
    अति नै भोका मान्छेको लहरमा बेचियौ
    गिद्दे चङ्गुलमा फस्दै , मुकदर्शक बन्दै,
    विश्वास नगर भन्दा सहरमा बेचियौ
    पन्जामा परी राक्षसी कहरमा बेचियौ ?

    🇳🇵१३

    नजरबाट मैले तिमीलाई झारेको छैन
    बनाई बहाना कुनै पल नि टारेको छैन
    कहिल्यै पाप नपलाओस्,मनमा दिब्य छाओस्
    विश्वास गर ल तिम्रो भावना मारेको छैन
    लक्ष्य एउटै अन्ततिर मन सारेको छैन ।

    🇳🇵१४
    वसन्त-वृक्ष रङ्गमा अझ खुलेर आउनु
    गुराँस झैँ सुवासिलो बनी फुलेर आउनु
    मनको दैलो पुजेर ,आफूले सारा बुझेर
    मर्म र व्यथा देहका सबै भुलेर आउनु
    लता बुझेर पुष्पका सँगै झुलेर आउनु ।

    🇳🇵१५

    लौ समाउ साथी घुस्याहालाई फाल्नु पर्छ है
    बकाइ सत्य भ्रष्टचारीलाई गाल्नु पर्छ है
    किर्नो जस्तो लोभी नै रहेछ नशा छेड्न खोज्ने
    जति खाँदा नभरिने त्यो भुँडी टाल्नु पर्छ है
    दन्किए नि आन्दोलनको राँको बाल्नु पर्छ है ।

    🇳🇵१६

    यहाँ चल्दैन इमान्दार बेइमान मात्र चल्छ हेर
    असत्य गल्दैन लगनशील सत्य मात्र गल्छ हेर
    लगातार विश्वास सुम्पदा प्राप्त हुन्छ केबल धोका
    अमृत रोपेर पनि किन विषको फल फल्छ हेर
    मीठा मीठा कुरामा कसैले क्षणभर मै छल्छ हेर ।

    🇳🇵१७

    नकटो भ्रष्ट नेताले आफ्नै लागि काम गरेको देखियो
    भनौं भने देशमा अस्थिरताको बिज छरेको देखियो
    देश र जनताको सेवा गर्छु भन्छन् ,उल्टो खोइरो खन्छन्
    अझ काम गरे जस्तो गरि आफ्नै पोल्टो भरेको देखियो
    समाचारमा आए पनि नछुट्ने बानी परेको देखियो ।

    🇳🇵१८

    कुसंस्कारले समाजमा बलियो डोरी बनेर बेसरी कसेको छ
    बेइमानीको रूप धारण गरेपछि इमानीको नूर खसेको छ
    अहिले भ्रष्टाचारको विषालु बाँण बनेर निर्धालाई पीडा दिनेले
    पश्चिमा कुप्रभावले जरा गाडेपछि स्वाभिमान भित्रै डसेको छ
    आज सौम्य नेपाल निस्कनै नमिल्ने गरी चौघेराभित्र फसेको छ ।
    🇳🇵१९
    राम्रो सोच्दा सोच्दै पनि सहयोग पनि गर्न सकिएन
    थुप्रै समस्या आइ लागेपछि जङ्घार तर्न सकिएन
    पाठ घोकिराछु,आँखाको आँसु अहिलेसम्म रोकिराछु
    के गर्नु सुख शान्ति जीवनमा कहिल्यै छर्न सकिएन
    मित्र आखिर दुश्मन बनेपछि भर पर्न सकिएन ।

    🇳🇵२०
    पर्दा उधारी मनको हेरेमा पक्कै आफ्नै चित्र देखिन्छ
    नजिकबाट आफ्नै बन्धु ठाने अवश्य पवित्र देखिन्छ
    भन्दै छु म विश्वास गरेमा , एक अर्कामा भर परेमा
    जब जोडे पछि सम्बन्ध दिगो मानेमा नै मित्र देखिन्छ
    सपनीमा निद्रामा,सासमा आँखा कै कोष भित्र देखिन्छ ।

           🇳🇵२१

    तिम्रो नै मायालु फाँट पाए मान, तिम्रै साथी हुँ
    जीवनको नासो जतनले धान, तिम्रै साथी हुँ
    प्रेम बजारको जस्तो,नठान्नु है कदापि सस्तो
    हृदयको श्रद्धा सद्भावले तान, तिम्रै साथी हुँ
    चोखो प्रेम त भर्खरै दिन्छु दान, तिम्रै साथी हुँ ।

    🇳🇵२२

    दिनको अनि उही रातको गतिमा छ यो जिन्दगी
    न छ मान्यता सममा उही मतिमा छ यो जिन्दगी
    चेतना नहुँदा मान्छे,अस्थिरको हुन पुग्छ भान्छे;
    अर्चना एक अर्को अमुक जतिमा छ यो जिन्दगी
    ओखती पनि स्वाद चाखेर क्षतिमा छ यो जिन्दगी ।

    प्रेम थापा

    Leave a Reply