उदक यात्री हिमाल अम्मैका उत्कृष्ट उदकहरू

  • १८ असार २०७९, शनिबार २२:१२ मा प्रकाशित
  • १.
    कैदी
    बन्द कोठा
    मोबाइल बन्दै हत्कडी !

    २ .
    आकाश
    खोज्दै झरी
    एक मुठी आँखा !

    ३.
    आगो
    विनाशको अस्त्र
    आफै जलेर खरानी !

    ४.
    अनागत
    स्वप्न आशय
    परिवर्तन खोज्दै हविगत !

    ५.
    बलेँसी
    खरको छानो
    आकाशको एकोहोरो रुवाई !

    ६.
    बाबरी
    मगमग बासना
    फुर्फुर नाच्दै पुतली !

    ७.
    टिमिलो
    असारे फलन
    चाख्दा मुखै रसिलो !

    ८.
    अध्याहार
    कुतर्कका चाङ्
    पेश गर्दै मतियार !

    ९.
    भास्वत्
    अँध्यारा गल्ली
    आवश्यकता बढेको महसुस !

    १०.
    कमल
    हिलो पृष्ठभूमि
    सफलता सङ्घर्षको फल !

    • हिमाल अम्मै, कैलाली

    Leave a Reply