उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १७ असार २०७९, शुक्रबार २१:५६ मा प्रकाशित
  • १.
    जल
    आकाशे फल
    अधिक वर्षमा भल !

    २.
    घिउ
    सिजनमा लिउँ
    हुन्छ बलियो जीउ !

    ३.
    धन
    फराकिलो मन
    पराेपकारमा लगाउँ तन !

    ४.
    भिर
    नदीकाे शिर
    बसाइ खाेलाकाे तीर !

    • भवानी घिमिरे, सर्लाही

    Leave a Reply