उदक यात्री शारदा गौतम आचार्यका उत्कृष्ट उदकहरू

  • १७ असार २०७९, शुक्रबार ११:५७ मा प्रकाशित

  • असार
    दब्दबे हिलो
    रोपाईं गर्ने मेलो !


    मीठो
    चिउरा दही
    आलुदम अचार सही !


    मानो
    रोपेर मुरी
    बर्षदिन अन्नको जोहो !


    हाहाकार
    कृषिप्रधान देश
    मलको सधैँ व्यापार !


    नाटक
    धानका माला
    गला टन्न चटक !


    युवा
    श्रममा कतार
    बिर्सिए कठै असार !


    रहर
    मासियो खेत
    सम्पन्न सुन्दर शहर !

    • शारदा गौतम आचार्य, ललितपुर

    Leave a Reply