उसक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू –

  • १३ असार २०७९, सोमबार २३:१५ मा प्रकाशित
  • १.
    पहरा
    ढुङ्गाकाे सहरा
    अस्तित्व जाेगाउन कठिन !

    २.
    वर्षा
    बादलकाे मेल
    जताततै चेपागाँडाकाे खेल !

    ३.
    असार
    किसानकाे चटारो
    पानीले खाएको गाेडा !

    ४.
    इन्द्रेणी
    इन्द्रको सभा
    घामसँगै पानीकाे आभा !

    ५.
    बाउसे
    फिँजाइएका बीउ
    राेपाहारकाे हिलाम्मे जिउ !

    ६.
    राेपाइँ
    किसानकाे पर्व
    दुनियाँलाई खुवाउने गर्व !

    ७.
    किसान
    प्राणीको पालक
    अन्नदाता सबैको चालक !

    ८.
    किसान
    लगाउँदै बाली
    लाठे बनाउँदै आली !

    ९.
    किसान
    भिजेको शरीर
    थकाइ मार्ने चौतारी !

    • भवानी घिमिरे
      सर्लाही

    One thought on “उसक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू –

    Leave a Reply