
कञ्चनपुर : दुबईमा मृत्यु भएका बेदकोट नगरपालिका ४ विजयनगर बगुनका २२ वर्षीय खडक साउदको शव एक महिना पछि नेपाल ल्याइएको छ।
मृतकका दाजु शेरसिंह साउदले बुधवार त्रिभुवन विमानस्थलमा शव बुझेको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।
शव बुझेपछि विमानस्थल बाटै गाडीमा आफन्त सहितलाई घर पठाईएको छ।
उनका अनुसार साउद तीन महिना अघि भिजिट भिसामा दुबई गएका थिए। वैशाख २४ गते साउदको अचानक मृत्यु भएको थियो।
भिजिट भिसामा दुबई गएका साउदकाे शव ल्याउन त्यहाँ रहेका नेपालीले तीन लाख रकमको व्यवस्था मिलाएका हुन्। नेपाल सरकारले भिजिट भिसामा गएको शव ल्याउन नसकिने बताएपछि त्यहाँ रहेका नेपालीले सहयोग गरेको बताइएको छ।
थाह खबर बाट

