पवन कुमार बुढाथाेकीका समसामयिक विषयक टुक्का कविताहरू

  • ११ जेष्ठ २०७९, बुधबार २२:३० मा प्रकाशित
  • १.
    निकै टठिला,गहकिला र स्पष्ट रैछन बाले
    अब झेाले र खाते राजनीति यहाँ बाट फाले ।
    २.
    धूर्त नै रैछन हाम्रा नेता टाउकामा बेरेका विदेशी फेटा
    मासु चुसेर फाल्देको हड्डी मै रमाउने पारे नेपाली केटा ।
    ३.
    आजसम्म नेता जतिले आफ्ना घर मात्र भरिभराउ यहाँ गराए
    युवालाई विदेश लखेटी विदेशीका भण्डार नै भर्नु सम्म भराए ।
    ४.
    अब देखौला देश बिगार्ने पापीहरूका यहाँ सान
    यिनीहरू नै हुन विदेशमा हाम्रो घटाउने मान ।
    ५.
    नेपालीका कर्मै खेाटाे सधैँ बन्नुपर्ने नाबालकमै धेरै लाहुरे
    विदेश पठाइ काइते नेताका नीति चैँ रेमिट्यान्स हण्डी खाउरे ।
    ✍️ पवन कुमार बुढाथाेकी
    काठमाण्डाै ।

    2 thoughts on “पवन कुमार बुढाथाेकीका समसामयिक विषयक टुक्का कविताहरू

    Leave a Reply