
काठमाडौ, ७ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
जित्दैमा मात्तिनु हुन्न, हार्दैमा आत्तिनु हुन्न,
बिर्सेर मतभेद थाल्नु पर्छ, सम्बन्ध तुन्न ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
जहिल्यै फरक हुन्छ नेताको व्यवहार बोली,
अकालमा मर्न बाध्य छन् आर्तहरू आजभोलि ।
✍️
संझना कुवर
[२]
जितेपछि कोही-कोही नेता त मातिन्छ,
चुनाव आउने बेलामा फेरि तातिन्छ?
✍️
बि.कुलुङ
दार्जिलिङ
[३]
कोसिस गरि राख्नुपर्छ हुनलाई,
नरोकिइकन उद्देश्य छुनलाई ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[४]
जसोतसो चुनावलाई जिती मैदानमा आएको,
देख्न नपरोस् कागज मिलाएर बजेट खाएको।
✍️
शंकर कार्की
थाहा,३ मकवानपुर ।
[५]
हार्नेले पाठ सिकोस् जित्नेलाई गरि आदर,
जित्ने नमात्तियोस् व्यवहारमा रहनु भर ।
✍️
होम प्रसाद नेउपाने
धरान।
[६]
हारजित जे भएनी मन बाँध्नु पर्छ,
अन्तर्घात आफ्नैबाट अरूले के गर्छ ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[७]
चुनावमा मात्र हो पार्टीको हिसाब,
तत्पश्चात त जित्नेको छुट्टै किताब।
✍️
बिके माकजु , भक्तपुर ।
[८]
जित एक परीक्षा हो अनि मूल्याङ्कन,
हार एक अनुभव हो अनि मन्थन ।
✍️
प्रेम थापा “मन”बागलुङ
[९]
कार्यकाल सुखद रहाेस् नदलियाेस् माेसाे,
कदर हाेस् मतपत्रकाे, नथपियाेस् बाेसाे ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[१०]
प्रतिस्पर्धा हो हारजित हुन्छ,
जित्ने खुसीले हाँस्छ हार्ने रुन्छ।
✍️
तारा घिमिरे
सङ्खुवा सभा
[११]
चरित्र राख शुद्ध, बन, मह दिने माैरी,
गाेजी भरे, भेटाैँला फेरि, पाँच वर्षे लाैरी ।
✍️
निरज काेइराला इटहरी १६
[१२]
जितोन्माद मात्र होईन समृद्धिको कोर खाका,
सुन्दर, हराभरा हुँदै जाओस् हाम्रो गाउँ पाखा ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[१३]
नेताहरू जहिल्यै कुर्सी मात्र ताक्छ्न्,
अनाहक जुलुसले सडक ढाक्छन् ।
✍️
प्रेम शर्मा ” एकान्त प्रेमी
कालेबुङ
[१४]
मत जित्नेले अहङ्कार नपाले हुन्छ, यो हो तिम्रो परीक्षा,
मन जित्न सक्यौ भने उत्तीर्ण हुन्छौ यो नै तिम्रो लागि शिक्षा।
✍️
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[१५]
जनताले दिएको अभिमतको कदर गर्न सिकून्,
भ्रष्टचारको दलदलमा फसेर अब चैँ नबिकून्।
✍️
बिबस पारदर्शी
भद्रपुर – २ झापा
[१६]
हार्ने जित्ने दुबै मिलीमिली खाऊ,
पाँच वर्ष पछि भोट माग्न आऊ।
✍️
बिके मुखिया
सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।
[१७]
खानुसम्म खायौ हेर देश खौरीखौरी,
होश गरे आउँदै छ पाँच वर्षे लौरी ।
✍️
बेदु न्यौपाने
भोजपुर, निवास काठमाडौ
[१८]
जाे जेबाट जिते पनि अब बन्नु साझा,
राम्रो काम गरे, जनले मान्ने छन् राजा।
✍️
मित्र उराठी गाैतम
[१९]
खेलको मैदान उत्रिएपछि हेर एकले जीत खान्छ,
विजेताले समान व्यवहार गरे उसले पनि मान्छ ।
✍️
भगवती दवाडी
झापा
[२०]
कोसिस गर्ने मान्छे महान,
विकास तर्फ नै जाओस् ध्यान ।
✍️
अनिल प्रसाद यादव
रुपन्देही
[२१]
हार अनि जीतलाई सामान्य सम्झनु पर्छ,
यस्तै सोच राख्ने व्यक्ति प्रगति सदैव गर्छ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[२२]
नारा थियोे समृद्धि र सुखी तर्फ खट्ने,
गर काम दुनियाँकाे दुःख दर्द घट्ने ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।
[२३]
चुनावले ल्याएको झगडा चुनावले समाप्त गरोस्
जित्न नसकेर तथानाम गर्ने त्यो अकालमै मरोस् ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२४]
एक नहारे अर्कोको जित कहाँ हुन्छ,
हार्नेको एकदिन भगवानले सुन्छ।
✍️
सुरेखा चाम्लिंग
भक्तपुर
[२५]
लडाइँ हामी बिचको, जित हाम्रै भाछ यहाँ,
स्थान हामी सबैको हो, आश्रित छौ तिमी जहाँ।
✍️
प्रदीप के रिमाल
[२६]
हारजितको खेल रहेछ चुनाव, आऊ हातेमालो गरौँ,
रिसराग छोडी देश विकासतिर मिलिजुली अघि सरौँ ।
✍️
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[२७]
चुनाव अघि पार्टीको थियौ जितेपछि जनताको,
स्वच्छ छवि बनाए तिम्रै मान्छे बन्छन् पार्टी जताको।
✍️
म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[२८]
किमार्थ नगरौँ हारजितमा आतिने र मात्तिने,
हो चुनाव लड्ने सम्बन्ध तोड्न चाही किन तात्तिने?
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[२९]
राजनीति सेवा पाे हो त मेवा नखाेज्नु हाेला,
भलाे गर्नै जन्म लिएको हो मानिसको चाेला ।
✍️
रामप्रसाद पुरी
ऐसेलुखर्क २, बादेल,खाेटाङ
[३०]
यसको उसको नभएर बिन्ती हाम्रो बनिदेऊ,
खराबलाई खराब, राम्रोलाई राम्रो भनिदेऊ ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[३१]
देशको समुन्नत विकास गर्न सबैले बढाउनु हात,
बहुदलीय गणतन्त्रको हुदैन कुनै राजकीय जात ।
✍️
जि कुमार गौतम
भद्रपुर -१ पृथ्वीनगर झापा
[३२]
हारजित मैदानको परिणाम भयो,
कोही हारेर चिसो कोही जितेर गयो।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[३३]
जितेर मात्र हुदैन् उपलब्धि योगदान देऊ,
विकासलाई अगाडि बढाउने कसम लेऊ ।
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[३४]
जय पराजय जे भएनि चुनावमा पर्छ सहनु,
त्यागेर आपसी वैमनष्यता मिलेर बसी रहनु।
✍️
रामकृष्ण रिजाल
बागलुङ
[३५]
जीतहार खेलकाे हाे नियम कुर्सी मात्र ठूलाे हैन ,
जनसेवा गर्नेले अहम् झिकेर बसे त काम छैन ।
✍️
प्रद्युम्न चालिसे
[३६]
अनेकौँ नारा हुन्छ विभिन्न पाटिकाे भित्र,
जितेपछि नेताले देखाउँछन् आफ्नो चित्र।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३७]
मैदानमा पुगेपछि हारजित अवश्य हुन्छ,
मान्छेले बिर्सिए यति कुरा पछुताएर रुन्छ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ
[३८]
दल मात्र त फरक हो एजेन्डा सबले एउटै बोकेका,
जस्तो नारा भएपनि देश विकासको समर्पण घोकेका ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३९]
आगामी साल फेरि तिम्रो पालो हाँस्नेछ मुहार,
हेर्नेछौँ हामी बस्ती र गाउँमा हुन्छ के सुधार ।
✍️
सुर्यमणी रेग्मी
[४०]
जित्दैमा मात्तिनेहरू, हार्दैमा आत्तिनेहरू,
अब जाऔँ गाउँतिर , भोकै बसौँ मरौँ बरू।
✍️
गुणनिधि घिमिरे
अमेरिका

