
अल कासिम साउदी अरब ! एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिम साउदी अरबद्वारा आयोजित ८ औं बार्षिक उत्सब साथै इदको शुभकामना आदानप्रदानका साथमा श्रमिक अन्तर्कृया कार्यक्रम गत ६ मे २०२२ शुक्रबारका दिन अल कासिम बुरैदाको एक इस्तरहामा भब्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रम्जानदिन मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका का.बा. महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु को प्रमुख आतिथ्यमा तथा नेपाली दूतावास रियादका तृतीय सचिब नरेन्द्र बि.क. ज्यु को बिशिस्ट आतिथ्यमा सचिब ध्रुब कटुवाल तथा सह सचिब सिद्दी श्रेष्ठ द्वारा संचालित करिब ७० जना श्रमिक उपस्थित उक्त कार्यक्रममा एनसिसिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, निवर्तमान युवा संयोजक राज कुमार श्रेष्ठ, सदस्य बिष्णु रावल, बुरैदा इस्लामिक सेन्टरका गुरु अलि हुस्सेन मियाँ, कासिम फुटबल टिमका म्यानेजर सुमन दाहाल लगायतका बिशिस्ट ब्यक्तिहरु अतिथिमा आसिन रहनु भएको थियो ।

नेपाली राष्ट्रिय गान सँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष काजिमान कन्धङ्वाले स्वागत मन्तव्य दिदैं बड्दो श्रमिक समस्या समाधानमा सकृय हुने बिषयलाई दूतावासका प्रतिनिधिहरु माझ राख्दै सबैजना उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो ।
अतिथि गणहरुद्वारा कार्यक्रम उद्घाटन गरिए पछि संस्थाका सचिब ध्रुब कटुवालले एकबर्षे २७ बुँदे लामो कार्यप्रगती विवरण र संस्थाका सह-कोषाध्यक्ष वीर बहादुर तमाङले एक बर्षे कोष विवरण प्रस्तुत गरेका थिए।

मन्तव्यका कार्यक्रममा अतिथि अलि हुसेन मियाँले इदको शुभकामना सहित इदको जानकारी तथा महत्त्व बारे जानकारी गराएका थिए भने अतिथि बिष्णु रावल, राज कुमार श्रेष्ठ, बिशाल श्रेष्ठले आरसिसि अल कासिम टिमले एक बर्षे कार्यकालमा धेरै श्रमिक समस्या समाधान गर्दै सफल भएकोमा बधाई दिदै सम्पुर्णमा इदको शुभकामना दिएका थिए । अतिथि राज कुमार श्रेष्ठले भिसा डिमान्ड पेपर अप्रुभल दिनु अगाडी कम्पनीको बारेमा भौतिक रुपमा कम्पनीमानै गएर बुझ्ने र सहि र सत्य भए अप्रुभ दिन दूतावासलाई अनुरोध गर्नु भएको थियो त्यसै गरि अतिथि बिशाल श्रेष्ठले साउदी अरबमा दिनानुदिन श्रमिक समस्या बड्दो अबस्थामा रहेको बिकराल अबस्था शृजना हुँदै गएको समस्या समाधान रात दिन नभनी समाधान गर्दै गए पनि दिनानुदिन बड्दै गएकोले समस्या समाधानमा मात्रै फोकस नभएर समस्या आउन नदिने उपायहरु अपनाउन जरुरि रहेको बताउएका थिए ।

कार्यक्रममा मन्तव्यकै क्रममा बिशिस्ट अतिथि नरेन्द्र बि.क ज्यु ले इदको शुभकामना प्रदान गर्दै इलेक्ट्रोनिक राहदानी सम्बन्धमा जानकारी दिदैँ राहदानी नविकरणका गर्न घुम्ती सिविरको लागि प्रक्रियामा गएको र केही महिना मा प्रक्रिया पूरा भएपछि साउदिका विभिन्न ठाउँमा पासपोर्ट नविकरण सेवाका घुम्ती सिविर संचालन गरि श्रमिकहरुलाइ सेवा दिने जानकारी गराउनु भयो ।

कार्यक्रममा श्रमिक अन्तक्रिर्या सम्बन्धमा उपस्थित श्रमिकहरुलाइ समस्या तथा जिज्ञासाहरु राख्न गरिएको अनुरोधमा केही श्रमिकहरु बाट समस्याहरु राखिएका थिए भने संस्थाका अध्यक्षद्वारा संकलित ९ बुँदे श्रमिक सम्बन्धित समस्याहरु जिज्ञासाहरु संस्थाका सचिब ध्रुब कटुवालले दूतावास प्रतिनिधिमाझ राखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि का.बा.महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु ले कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजक टिमलाइ धन्यवाद दिदै उपस्थित सम्पुर्णलाई इदको शुभकामना प्रदान गर्नु भएको थियो । साथै एनआरएनए आरसिसि अल कासिमको ८ औं बार्षिक उत्सब मनाउदै गर्दा गत एक बर्ष सफलताका साथ पूरा गरेकोमा आरसिसि अल कासिम टिमलाई बधाइ प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि सफलताको कामना व्यक्त गर्नु भयो ।

कार्यक्रमका दौरान, आयोजक टिम,अतिथि तथा श्रमिकहरुबाट उठेका श्रमिक समस्या तथा जिज्ञासाहरुको सम्बोधन गर्दै सबै जिज्ञासा समस्या समाधान कसरी हुन्छ? कुन प्रक्रिया बाट गर्नु पर्छ सबै कुरा जानकारी गराउनु भएको थियो भने संस्थाका अध्यक्ष मियाँ द्वारा राखिएका श्रमिक सँग सम्बन्धित सबै ९ बुँदे समस्याहरुको जानकारी दिनु भएता पनि यस बारेमा बृहत अन्तर्कृया कार्यक्रम गरिनु पर्ने भएकोले यस्ता बुँदा राखेकोमा खुशी हुँदै सबै बुँदाहरुलाइ समेटेर दूतावासमा इमेल गर्न पनि अनुरोध गर्नु भयो ।
प्रमुख अतिथि पोखरेलले कार्यक्रम सब्य भब्य रुपमा सफल भएकोमा बधाई दिदैं श्रमिक समस्या समाधानमा कुनै पनि साथ सहयोग गर्न नेपाली दूतावास सदैब तत्पर रहेको र समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न हुन पनि अनुरोध गर्नु भयो ।

श्रमिक सेवामा खट्नु हुने केही समितीका उत्कृष्ट ब्याक्तित्व हरु बिशाल श्रेष्ठ, कृष्ण अधिकारी, वीर बहादुर तमाङ, समीर केसी, धर्मेन्द्र कार्की, सबिन श्रेष्ठ हरु लाइ सम्मान गर्दै प्रसंसा पत्र पनि प्रदान गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति रम्जान दिन मियाँद्वारा कोरोनाद्वारा सृजित अस्त ब्यस्त पछि सामान्य रुपमा फर्किदै गर्दा लामो समयको अन्तरालपछि यो कार्यक्रम गरिएको र सभ्य भब्य रुपमा नै सफल रहेकोमा खुशी व्यक्त गर्दै निमन्त्रणालाई स्विकार्दै आउनु भएका कार्यक्रमका प्रमुख अतिथि महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल ज्यु तथा नेपाली दूतावास रियादका प्रतिनिधि नरेन्द्र बि.क ज्यु लाई बिशेष आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथि गणहरु, संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, खेल प्रेमी खेलाडीहरु, विभिन्न सामाजिक अभियन्ताहरु, आरसिसी टिमका सम्पुर्ण कार्यक्रम ब्यबस्थापन पदाधिकारीहरु, उपस्थित सम्पुर्ण जन मानसहरुमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।













