पञ्चाङ्ग साहित्य समाज पाठशालाको तेईसौँ अभ्यास शृङ्खला सम्पन्न; २४ जना स्रष्टाहरूको सहभागीता

  • ९ चैत्र २०७८, बुधबार १३:१८ मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ १२ /०८
    ………………………………………….

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    नारायण प्रसाद निरौला

    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================
    अनुप्रास

    खाला ताला बाला भाला चाला काला नाला पाला आदि
    ————–

    स्थायी
    ====
    बनायौ मलाई
    —————-

    पञ्चाङ्ग    ०१

    कहिले  नखुल्ने ताला   बनायौ मलाई
    हातमा   झुण्डिने बाला  बनायौ मलाई
    समाज   भएनी   साँचो    कदर भएन
    पोलिने सिस्नोको माला बनायौ मलाई
    सदैव कोपिने    भाला   बनायौ मलाई।

    खोल्न नसकिने ताला बनायौ मलाई
    जबर्जस्त घोँंच्ने भाला बनायौ मलाई
    पशु त   होइन   कहिले काम नलाग्ने
    दुर्गन्ध   फोहोर  नाला बनायौ मलाई
    कानमा झुन्डिने बाला  बनायौ मलाई।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२
    कहिल्यै  नखुल्ने   ताला बनायौ मलाई              
    उक्काई फालेको  खाला बनायौ मलाई           
    स्वार्थको   खेल  बुझ्न सकिएन सजिलै             
    नाडीमा  अडिने  बाला   बनायौ  मलाई  
    दीप   निभेको त्यो  पाला बनायौ मलाई।     

    ✍️निर्मला सुवेदी, बागलुङ ।

    पञ्चाङ्ग  ०३
    तीखो पारेर रोप्ने  भाला बनायौ मलाई
    सबैले फोर्न सक्ने ताला बनायौ मलाई
    परिस्थिति अनुसार  बदल्न नसके नि
    गलामा झुण्डाउने माला बनायौ मलाई
    बतासमा निभेको पाला बनायौ मलाई ।

    ✍️देवि कार्की खुलाल, झापा

    पञ्चाङ्ग   ०४
    हुरीले ठाेक्ने पत्थर काला बनायाै मलाई
    दुनिया हाँस्ने नक्कलि वाला बनायाै मलाई
    असह्य भयाे दुखेकाे घाउ खाटा नै बस्दैन
    कसरी सहुँ डढेकाे छाला बनायाै मलाई
    पागलखाना धाउने चाला बनायाै मलाई !

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ

    पञ्चाङ्ग   ०५
    मुटु रोप्ने तीखो  भाला बनायौ मलाई
    गलामा सजिने माला बनायौ मलाई
    कसरी  मौसम जस्तै बदलियो मन
    बेकाम फालेको  खाला बनायौ मलाई
    आँधी तुफानको पाला बनायौ मलाई ।

    ✍️चेतना पोखरेल, मोरङ

    पञ्चाङ    ०६
    कोमल मुटु घोच्न तिखो भाला बनायौ
    बन्धक बनाउन भोटे ताला बनायौ
    सोचेको थिएन मैले यस्तो होला भन्ने
    मलाई पुर्न भनेर भड्खाला बनायौ
    हजार चाेट सिक्ने पाठशाला बनायौ ।

    ✍️तारा घिमिरे, संखुवासभा

    पञ्चाङ्ग   ०७
    सुकाएर हड्डी छाला  बनायौ  मलाई,
    फोहोर दुर्गन्धी नाला बनायौ मलाई।
    अनेकन आशाहरू  थिए  जीवनमा,
    बेकामे एक्लो बराला बनायौ मलाई।
    नर्तकीको  मधुशाला  बनायौ मलाई।

    ✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   ०८
    नाम भण्डार रित्तो थियो भकारी त्यहीँको ताला बनायौ मलाई
    शब्द प्रहार आफूले गर्यौ तुच्छ धारिलो भाला बनायौ मलाई
    सोझोको मुखमा  घोचो भन्छन्, तिमीले सोझाकै प्रयोग त गरेछौ
    पानी माथिको ओभानो बनेर देख्ने धब्बा काला बनायौ मलाई
    रमझमको ध्वजापताका बन्यौ बेकामी टाला बनायौ मलाई ।

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग  ०९
    तिमी चापी भएर, ताला बनायौ मलाई
    फलाम  बाट बन्ने, बाला बनायौ  मलाई
    तिम्रो नै भयो  हराभरा,म त कठै! बरा
    त्यो आँसु बगाउने, नाला बनायौ मलाई
    सलेदो तिमी भई, पाला बनायौ मलाई।

    ✍️पबित्रा चाम्लिङ, खोटाङ।

    पञ्चाङ्ग   १०

    निमुखाको झैँ चाला बनायौ मलाई
    हतकडीको   बाला  बनायौ मलाई
    कहीँ   गएर  केही  गर्न    नपाउने
    गेटमा  बन्द  ताला  बनायौ मलाई
    जलिरहने    पाला बनायौ मलाई।

    एक टङ्कार उज्यालो दिइरहने पाला बनायौ मलाई
    कुरिकुरि   सुरक्षित  गरिरहने  ताला  बनायौ  मलाई
    धोका कहिल्यै नदिनु नि तिमीले खुसी छु यति  सुम्पेकोमा
    पाकेपछि निहुरिने बाध्य धानको बाला बनायौ मलाई
    सहन नसकेकोमा चैँ रोप्नुपर्ने  भाला  बनायौ  मलाई ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चाङ्ग   ११

    कसै गरि खोल्नै नसकिने  ताला बनायौ मलाई
    अर्कालाई प्रहार गरेर रोप्ने भाला  बनायौ मलाई
    प्रत्येक  ठाउँमा  प्रयोग गर्यौ  तिमीले जीवनमा
    ओरालो  तिर  बगिरहने  नाला  बनायौ  मलाई
    टाल्नु कि फाल्नु जस्तो भो थोत्रे टाला बनायौ मलाई ।

    वर्षौंदेखि नखुलेको ताला बनायौ मलाई
    छिया हुने गरी रोप्ने भाला बनायौ मलाई
    ठाउँ ठाउँमा प्रयोग गरी तिमीले जीवनमा
    तर्नै नसकिने ठुलो नाला बनायौ मलाई
    कतै नी कामै नलाग्ने टाला बनायौ मलाई ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग    १२
    उपयोगमा  नआउने ताला  बनायौ मलाई
    टलक पनि  हराएको बाला  बनायौ मलाई
    सत्यताको  सदा अनावृष्टि रहेछ होला र त
    बिना पानीको यदाकदा नाला बनायौ मलाई
    अरुले  उपहास  गर्ने  माला  बनायौ  मलाई ।

    ✍️प्रेम थापा “मन ” बागलुङ

    पञ्चाङ्ग   १३
    तिम्राे बास कुरी बस्ने ताला बनायाै मलाई ,
    आफ्नै सुरक्षाकाे तिखाेभाला बनायाै मलाई
    सधैँभरि   तिम्रैमात्र   स्वार्थपूर्ति     गरिरह्याै
    तिम्रै मान  बढाउने माला  बनायाै   मलाई।
    बिकार फाल्ने गन्धक नाला बनायाै मलाई।

    ✍️चन्द्रावती अधिकारी, बाँके कोहलपुर

    पञ्चाङ्ग   १४
    थिएँ कपास कुनैबेला अाज भाला बनायाै मलाई
    अन्त्म श्रद्धाञ्जलीमा चढाउने माला बनायाै मलाई
    परिवर्तन हुने रहेछ समय जस्तै मन पनि
    उज्यालो दिदांदिदै फुटाएकाे पाला बनायाै मलाई
    जुत्ता बनाउन उदारिएकाे छाला बनायाै मलाई ।

    ✍️रामराजा के. सी. फर्पिङ, काठमाडौं

    पञ्चाङ्ग   १५
    तिम्रो जिन्दगी को ताला बनायौ मलाई
    सिकारिले हान्ने भाला बनायौ मलाई
    कति गर्नुछ प्रयोग गर सकुन्जेल
    त्यो रूखो कर्मको नाला बनायौ मलाई
    तेल सकिएको पाला बनायौ मलाई ।

    ✍️दुर्गा आचार्य,मोरङ

    पञ्चाङ्ग    १६
    खिया लागेको ताला बनायौ मलाई
    मुटु   टुक्रिने  भाला बनायौ मलाई
    यसरी मलाई  **प्रयोग गरी तिमी
    तिम्रो जितको नाला बनायौ मलाई
    कसाई सरी खाला बनायौ मलाई ।

    ✍️सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग    १७
    छोरी मैले पढाकोछु फल खाला कस्ले अब
    जोगाउन गारो भाछ खोज्छ ताला कस्ले अब
    पाँच तोला सुन जोडि चाँदी हिरा कति कति
    ज्वाईं राजा बनी देर उन्ने माला कस्ले अब
    औँसी रात ज्योती छर्न दिने पाला कस्ले अब ।

    लक्ष्मी प्रसाद मिश्र, लमजुङ सुन्सर बजार

    पञ्चाङ्ग    १८
    नेपाल आमाले भन्छिन् रुदै खाला बनायौ मलाई
    सुन्दर शान्त विशाल देश पाला बनायौ मलाई
    स्वर्गकाे पुरी प्रकृति छटा अनुपम खानीलाई
    चिनेनौ बाबु आमाको माया नाला बनायौ मलाई
    रिपुकाे हात सुम्पेर दराे ताला बनायौ मलाई ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग    १९

    फोहोर बगाउने नाला बनायौ मलाई
    सुँगुर लडाउने भाला बनायौ मलाई
    कति दोष मात्र दिनु त म तिमीलाई बरै
    घामले डढाउने काला बनायौ मलाई
    छिसिक्क अल्झाउने ताला बनायौ मलाई ।


    कहिल्यै नखुल्ने खिया परेको फलामे ताला बनायौ मलाई
    देख्दैमा डराउने जिङ्ग्रिङ्ग बाघको छाला बनायौ मलाई
    ठिकै छु म भन्ने लाग्छ सबैलाई आफू
    आफ्नो लागि सधैं भरी
    धूर्त पट मूर्ख जङ्गलका लोखर्के कै साला बनायौ मलाई
    मन लागे लाउने नत्र फाल्ने  हातको बाला बनायौ मलाई ।

    ✍️गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   २०
    खिया लागेर नखुल्ने चाबीको ताला बनायौ मलाई
    तुच्छ बोलेर तिखो वचनको भाला बनायौ मलाई
    जिन्दगी तिमीसँगै सँगसँगै काट्ने वाचा थियो मेरो
    तिमीले कवाडी भाउमा बिक्ने  पाला बनायौ मलाई
    मेरो  घाउमा नुनचुक छर्ने छाला बनायौ मलाई ।

    ✍️सुशीला पौडेल, काठमाडौं

    पञ्चाङ्ग   २१
    तिमीले तिखो वचन रोप्ने भाला बनायौ मलाई
    कसैसँग नि बोल्न नमिल्ने ताला बनायौ मलाई
    नारी पुरुष त एक रथका दुई पाङ्ग्रा भनिन्छ
    तिमीले सधैँ रक्सी पिउने पाला बनायौ मलाई
    सबै सामुन्ने झुक्ने धानको बाला बनायौ मलाई ।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं

    पञ्चाङ्ग   २२
    ए! प्रिय तिमीले भोटे ताला पो बनायौ मलाई
    बोधो फलामको कालो भाला पो बनायौ मलाई
    छोड्यौ बाटैमा  कहिल्यै काम नलाग्ने पारेर
    छि छि गर्ने दुर्गन्धित नाला पो बनायौ मलाई ।
    सुन थिएँ पित्तलको बाला पो बनायौ मलाई ।

    ✍️गिता अर्याल, नेपालगन्ज

    पञ्चाङ्ग   २३
    कसरि घाँटिको माला बनायौ मलाई?
    खोल्न नमिल्ने त्यो ताला बनायौ मलाई
    सधैँ यस्तै व्यवहार गर्दा   मरेकोछु
    भिकारीहरुको चाला बनायौ मलाई
    किन दुर्गन्धित नाला बनायौ मलाई ?

    ✍️आर्मित्मा थापा मगर स्याङ्जा

    पञ्चाङ्ग   २४
    आफू ज्योति बनेर पाला बनायौ मलाई
    कस्तो जिन्दगी थुक्क साला बनायौ मलाई
    निर्दोष हुदाहुदै पनि कलङ्कित बनेँ,
    मूल थिएँ म गन्धा नाला बनायौ मलाई
    फाटेको लुगा टाल्ने टाला बनायौ मलाई ।

    ✍️वसन्त अनुभव
    घोराही, दाङ

    Leave a Reply