‘पञ्चाङ्ग चित्रपट’को सातौँ भाग सम्पन्न; २८ जना स्रष्टाहरूको सहभागीता

  • ४ चैत्र २०७८, शुक्रबार ०९:२६ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को सातौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र नारायण प्रसाद निरौला रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन र समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग   ०१

    गणतन्त्रमा   पनि होलि    मनाइन्छ साथी
    प्रजातन्त्रमै  दिल  खोली  मनाइन्छ साथी
    बहुदलमा पार्टिका झण्डा  होलीको जस्तो
    फागुमा रङ्ग घोली घोली   मनाइन्छ साथी
    होलिका गीत बोली बोली मनाइन्छ साथी ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    अठहत्तर  सालको  होली   शुभकामना
    सम्पूर्णमा छ  मन   खोली  शुभकामना
    पहाड तराई सबैतिर  उत्सव मान्नु होला
    उपहारको सट्टा मधुर बोली शुभकामना
    अथाहा मनमा माया  घोली शुभकामना ।

    🇳🇵रुपा गौतम, बारा

    पञ्चाङ्ग  ०३

    रङ्गीन याे चाडमा मिलेर खेलाैं हाेली अब
    फेरि यस्तै दिनहरू नअाउला भाेली अब
    सधैँ याे मिलन नहुन पनि सक्छ नि हैन
    नदुखाउँ चित्त कसैकाे नराम्रो बाेली अब
    जिन्दगी बिताउँ राम्रो सातै रङ्ग घाेली अब ।

    🇳🇵रामराजा के. सी., फर्पिङ, काठमाडौं

    पञ्चाङ्ग  ०४


    रौनक लिएर आएको छ होलीले सबैलाई
    भोक मेटाएको छ खाद्यको झोलीले सबैलाई
    उमङ्ग र संस्कृतिको जगेर्ना लिँदैछ  होलीले
    तिर्खा मेटाएको सम्पूर्णमा खोलीले सबैलाई
    सुहाउँदो भाव देखाउँछ चोलीले सबैलाई ।।

    मिली मनाऔं होली सबैले
    पोखौंन दिल खोली सबैले
    संस्कृति  जगेर्ना   गर्नुपर्छ
    राखौं त बाजि मोली सबैले
    धर्मको बोकौँ झोली सबैले।।

    🇳🇵जमुना आचार्य, सिन्धुपाल्चोक

    पञ्चाङ्ग  ०५

    बर्ष दिनका  सबै  दु:खहरू जलाउन आयो होली
    मायाका  रङ्गहरू  सँगसँगै  पलाउन  आयो  होली
    कलियुगको अन्त्य भई  सत्ययुगको शुरुआत  झैँ
    सुख शान्ति लिएर नयाँ बर्ष बोलाउन आयो होली
    ईश्वरको  रंगभित्र  योगी  भै टोलाउन  आयो होली ।

    🇳🇵गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०६

    होलीको पर्व नजिकै आई सक्यौं रे रमाएर,
    उमङ्गका गीतहरु गाइसक्यौँ  रे रमाएर।
    रङ्ग खेल्ने वाहानामा संस्कार नभुलौ कसैले ,
    साथीभाइ भेट्नलाई धाइ सक्यौँ रे रमाएर,
    तिमीले त भाङ्ग पनि खाइसक्यौँ रे रमाएर।

    🇳🇵दुर्गा आचार्य, मोरङ्ग

    पञ्चाङ्ग   ०७

    रमाइलो आउदैछ होलीको दिन सम्झेर
    रमाइ आउदैछन् साथिभाई लिन सम्झेर
    साह्रै राम्रो लागेको छ यही पर्व मनाउन,
    विरामी हुँदा लाग्नेछ पैसाको रिन सम्झेर
    रगतको खोलो नबगाउ है घिन सम्झेर ।

    🇳🇵अम्बिका अधिकरी, विर्तामोड

    पञ्चाङ्ग   ०८

    प्रत्येक जन को मनमा होली,आएको राम्रो
    रङ्गले  रंगीदै   हर्ष  उल्लास, छाएको  राम्रो
    सबै  मिलिजुली  मनाऔं  पर्व, मानेर   गर्व
    सबेरै उठी मोठ  मन्दिर मा, धाएको  राम्रो
    होली आयो भनेर नाच्दै, गीत गाएको राम्रो।

    🇳🇵पबित्रा चाम्लिङ, खोटाङ।

    पङ्गचाङ   ०९

    आयो घुमी होली पूर्णिमा
    खेलु मन खोली पूर्णिमा
    बिकृति नआओस् पर्वमा
    रङ्गियोस् चोली पूर्णिमा
    नहानु है गोली पूर्णिमा।

    🇳🇵सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग  १०

    गाउँ तथा शहरमा होली पर्व त आयो रे
    सबै मन  मन्दिरमा  हर्ष उमङ्ग  छायो रे
    सप्त रङ्गी रंगले छोपेर मान्छे चिन्नै गाह्रो
    साथी भाइ घर घरमा होली खेल्न धायो रे
    रङ्गै रङ्गमा  रङ्गिई  भाङ  धतुरो  खायो रे।

    🇳🇵सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ   ११

    आँसुले नबगाअोस् होलीका सातै रङ्गहरु
    दुख पीडा नहोस् आवोस् सबैमा उमंगहरु
    स्वतन्त्र भएर बाँच्न सकियोस काम गरी
    उच्च मनोबल सफल  बनाउन  ढङ्गहरु
    सबैको  मनमा  छाउन आउ  फुरुङहरु

    🇳🇵तारा घिमिरे, संखुवासभा

    पञ्चाङ्ग   १२

    घरघर   उमङ्ग   छाउँदै    आयो    होली
    उज्यालो दीप ज्वाला वालेर छायो होली
    रङ्गीन   चाड दलौ   रातो,   पहेँलो   रङ्ग
    सातै रङ्गको  मीठो गीत पो गायो होली
    साथी   भाइसँग पो मितेरी लायो होली

    🇳🇵सरिता काफ्ले, कोहलपुर बाँके

    पञ्चाङ्ग   १३

    नेपालीकाे घरघर पसी अाज हाेली उदायाे
    लाेला  भर्दै रङ अबिरका साथ झाेली उदायाे
    हाँसाैँ खेलाैँ सुखद हुन गै अापसी प्रेम साट्दै
    माया गर्दा असल मनमा बेस बाेली उदायाे
    पानी छ्याप्दा भुइँभर जमी एक खाेली उदायाे

    🇳🇵ताेयानाथ सुवेदी, काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग   १४

    सद्भाव राखी बोलौं सबैले मीठो बोली याहाँ
    घर आगन आयो रङ्ग बिरङ्ग होली याहाँ
    संस्कार र संस्कृती जोगाई राखौँ हामि
    एक आपसमा खुसी बाटौं  दिल खोली याहाँ
    कसले के लानु छ र मरि जाँदा भोली याहाँ ।

    🇳🇵चेतना पोखरेल, मोरङ

    पञ्चाङ्ग   १५

    रङ्गसरी जीवन रङ्गियोस् कामना गरौँ
    आसुरी तत्व सर्वनाशको वन्दना गरौँ
    देखाई सबैमा मित्रभाव खुशी साटेर
    आफू पनि सधैँ खुशी हुँने चाहना गरौँ
    रङ्गीन पर्वझैँ जिन्दगानी सिर्जना गरौँ ।

    🇳🇵केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग   १६

    वर्षदिनमा सप्तरङ्गी पर्व होली राम्रो लाग्यो
    चारैतिर बाँधिएको चौबन्दी चोली राम्रो लाग्यो
    भेटघाट रमाइलो वर्प मनाउन आउनू
    सातै रङ्ग पानीमा, खेल खेल्न होली राम्रो लाग्यो
    त्यही रङ्ग पखाल्ने सेती कोशी खोली राम्रो लाग्यो ।

    🇳🇵सविता के.सी., काठमाडौं

    पञ्चाङ्ग    १७

    फाल्गुण शुक्ल पूर्णिमा पर्व छ भाेलि मनाऔँ
    घमण्ड द्वेष निकाली अग्निमा पाेली मनाऔँ
    सम्बन्ध हाम्राे सुदृढ गरेर नित्य जीवन्त
    भावना शुद्ध मिलाई तनमा घाेली मनाऔँ
    विशाल साेच लिएर खुसीकाे हाेली मनाऔँ।

    🇳🇵सुरेश चन्द्र घिमिरे, दाेर्दि ३ लमजुङ

    पञ्चाङ्ग    १८

    एकता, सद्भाव बढाेस् रङ्गसँगै हाम्रो यहाँ  ।
    विश्व बन्धुत्वकाे भावना हाेस् प्रगाढ राम्रो यहाँ ।
    जिन्दगी हाे रङ्गमञ्च पात्र असल बनी खेलौ ।
    द्वेष, इर्ष्या, तृष्णा छाडी प्रेमकाे बाँधौ काम्राे यहाँ ।
    सत्यताकाे सन्देश छर्न नबनौ है चाम्राे यहाँ ।

    🇳🇵भवानी घिमिरे, सर्लाही

    पञ्चाङ्ग    १९

    आयो वसन्त सङ्घार  रङ्ग भर्दै  उमङ्गको,
    रङ्गमा  रङ्गिए  सारा   रङ्ग   छर्दै  उमङ्गको।                      
    तरु पुष्प फुलेका छन् फेरिए नयाँ पालुवा,
    नर   नारी   रमाउँदै    रङ्ग   गर्दै  उमङ्गको।
    मिलीजुली  सबै  साथ  रङ्ग  धर्दै उमङ्गको।।

    🇳🇵नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग    २०

    जिन्दगी रङ्गीन बनोस् होलीमा सबैको।
    सद्भाव कायम रहोस् होलीमा सबैको।
    वर्ष दिनमा आउने पर्व मान्नु पर्छ ,
    माया प्रेम अघि बढोस् होलीमा सबैको।
    दुश्मन पछाडी परोस् होलीमा सबैको।

    🇳🇵ह्यारिस ह्यारिसन, काठमाडौं

    पञ्चाङ्ग   २१

    रङ्ग सँगै आयो होली साथी
    खेलौँ अब मिली भोलि साथी
    मरी  लानु केही छैन यहाँ
    बोल्नु पर्छ दिल खोली साथी
    तन त जान्न  है बोली साथी।

    🇳🇵गिता अर्याल, नेपालगन्ज बाँके

    /पञ्चाङ्ग   २२

    वैरीलाई खुसी नै दिन आफैँ रुनुपर्छ बरु
    रगतले हाेलि भएकाे टाटाे धुनुपर्छ बरु
    नडराउनुस् महाेदय  रङ्ग दल्नेहरुसँग
    रङ्ग बदल्नेसँग हाेसियार हुनुपर्छ बरु
    आफू बाँच्न प्रशंसा गर्दै मन छुनुपर्छ बरु ।

    🇳🇵श्रद्धा आचार्य , पोखरा

    पञ्चाङ्ग    २३

    सुन्दर रङ्गको चाड यो होली आयो
    खोलौँ सबसँग भावको झोली आयो
    परिचय हाम्रो प्राचीन खोजी गर्दै
    अरु गरून् बयान दिल खोली आयो
    गौरव हामी पाउँनेछौँ बोलि आयो।

    🇳🇵तिलकप्रसाद लुइटेल, काठमाडौं

    पञ्चाङ्ग   २४

    आउ  खेलौ   रमाएर   होली आज
    बर्ष  दिनमा  तन  मन खोली आज
    कतै  अबिर    गुलाल लगाउदै छन्
    रंङ्गै   रङ्गले   भिजाउँ   चोली आज
    पिच्कारी र लोला हानौँ गोलीआज।

    🇳🇵देवी कार्की खुलाल, झापा

    पञ्चाङ्ग   २५

    सत्यको जीत हुन्छ भन्छ होली सँधै भरि
    मधुर हुन्छ विद्वानको बोली सँधै भरि
    आज आज भोलि भोलि आउँदैन कहिले
    मनाउनु छ होली दिल खोली संधै भरि
    होलीमा बनाउँछु रङ्ग गोली सँधै भरि।

    🇳🇵निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग    २६

    घरघर  नाचगान चलेकाे   छ हाेली हाम्राे
    गराैँ आजै रसरङ्ग के था छ र भाेलि हाम्राे।
    युगाैँ युग  बाँचिदिने  धर्मकर्म  गराैँ  साथी
    सत्यमा छ अडिएकाे गहकिलाे बाेली हाम्राे।
    मृत्युपछि  साथ जाने कर्मकै हाे झाेली हाम्राे

    🇳🇵चन्द्रावती अधिकारी
    काेहलपुर वाँके  ।

    पञ्चाङ्ग    २७

    सजाऔं जीवन यही अझ दिमागी शृङ्गारले
    कालो दैत्य घुम्टो खोलाई  सुमार्गी विचारले
    उमङ्गको पर्व होली,शुभकामना मीठो बोली
    वसन्तको  नव  पालुवा  सरी नव  आधारले
    यही जीवन  स्वर्ग हो  मनाऔं  उत्तम सारले ।

    🇳🇵प्रेम थापा,बागलुङ

    पञ्चाङ्ग    २७

    त्यागेर ती मनमुटाव सम्बन्ध चङ्गिन बनिदेहोस्
    होलीको विविध रङ्ग झैँ जीवन रङ्गिन बनिदेहोस्
    नहोओस् अभाव माया र प्रेमको कदापि जीवनमा,
    यत्रतत्र सर्वत्र मानवताको तङ्गिन बनिदेहोस्
    सद्भाव बिथोल्ने विरुद्ध कानुन सङ्गिन बनिदेहोस् ।

    🇳🇵वसन्त अनुभव, घोराही दाङ

    One thought on “‘पञ्चाङ्ग चित्रपट’को सातौँ भाग सम्पन्न; २८ जना स्रष्टाहरूको सहभागीता

    Leave a Reply