उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७८, बिहीबार १४:०३ मा प्रकाशित
  • १.
    छिमेकी
    सधैँकाे खाँचाे
    बदल्न नसकिने साँचाे !

    २.
    सहयाेग
    ऋण अनुदान
    भएन नेपालमा वरदान !

    ३.
    नेता
    जनतालाई धाेका
    दाेधारे सडकमा सदनमा !

    ४.
    नेपाल
    ढुङ्गाकाे तरुल
    दायाँबायाँ भारत चीन !

    ५.
    परराष्ट्रनीति
    समानताकाे सम्बन्ध
    शान्ति विकासकाे मन्त्र !

    ६.
    मतदाता
    भिडभाडकाे बजार
    नेताहरूले बेच्दै प्रचार !

    ७.
    सरकार
    शक्तिकाे आधार
    शान्ति सुरक्षा देशव्यापी !

    ८.
    भ्रष्टाचार
    राजस्वमा चुहावट
    अनैतिक लेनदेनकाे थलाे !

    ९.
    भाषण
    बाेल्ने कला
    जनतालाई झुक्याउने मेसाे !

    १०.
    रामराज्य
    सुखी जनता
    अनुशासन पेशामा लगनशील !

    नवराज भट्ट

    महेन्द्रनगर, कञ्चनपुर

    Leave a Reply