उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २६ माघ २०७८, बुधबार १०:४१ मा प्रकाशित
  • १.
    शङ्का
    कालो बादल
    निस्पट्ट अँध्यारो खाडल !

    २.
    शिशिर
    कठ्याङ्ग्रीएकाे बस्ती
    प्रकृतिले हानेको झापड !

    ३.
    आशा
    अमर अजर
    हरदम सम्भावनाकाे नजर !

    ४.
    नदी
    निरन्तर बहने
    बनेको कञ्चन जल !

    ५.
    लालीगुराँस
    भीरकाे शाेभा
    जगमग फूलको गुच्छा !

    • भवानी घिमिरे
      सर्लाही

    Leave a Reply