स्थानीय तहको निर्वाचन ०७९ जेष्ठ महिनामा गर्न सरकारलाई गठबन्धनको सुझाव

  • १५ माघ २०७८, शनिबार १९:१५ मा प्रकाशित
  • काठमाडौं, १५ माघ । सत्ता साझेदारी गठबन्धनको बैठक सम्पन्न भएको छ । उक्त बैठकले सरकारलाई स्थानिय तहको निर्वाचन २०७९ जेष्ठ महिनामा गर्न सुझाव दिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

    उनकाअनुसार संविधानसंग बाझिएका स्थानिय तह निर्वाचनसंग सम्बन्धित कानुन संशोधनको लागि आवश्यकत्ताअनुसार सरकारले प्रकृया अघि बढाउने पनि आजको बैठकमा निर्णय भएको छ ।

    Leave a Reply