उदक वाचन कार्यक्रमको छैटौँ शृङ्खला सम्पन्न; चौबिस जना उदक यात्रीहरूद्वारा उत्कृष्ट उदक वाचन

  • १२ मंसिर २०७८, आईतवार २३:१० मा प्रकाशित
  • उदक साहित्य समाज नेपालको आयोजनामा उदक वाचनको छैटौँ शृङ्खला आज मिति २०७८ साल मंसिर महिनाको बाह्र गते आइतबार सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्रप्रसाद बस्यालले आजको कार्यक्रममा उत्कृष्ट र मर्मस्पर्शी उदकहरू वाचन गरिएको जानकारी गराउँदै उदकको भविष्य सुन्दर रहेको र उदकमा विभिन्न नवीन प्रयोगसँगै उदकलाई विभिन्न किसिमले लेख्न र प्रस्तुत गर्न सकिने बताउनुभयो ।

    समग्र कार्यक्रमको समीक्षात्मक विचार सहित प्रमुख अतिथि बस्यालले साहित्य मानवतावादी हुनुपर्ने र यसले विश्व बन्धुत्वको भावनाको विकास गराउने भएकोले साहित्य सिर्जना मार्फत समाजलाई सही बाटोमा ल्याउन सचेत गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

    चौबिस जना उदक यात्रीहरूको सहभागिता रहेको उक्त उदक वाचन शृङ्खलामा अबोध निर्मल, भवानी घिमिरे, सुशिला पौडेल, सोमनाथ लुइटेल, जमुना कायस्थ, बालकृष्ण खनाल, लक्ष्मी बस्याल, पुष्प रानामगर, शोभा पोखरेल, कविता देवकोटा, हरि शर्मा पङ्गेनी, सविता केसी, रोशन पराजुली, मन्दिरा सेँढाइ, घनश्याम पौडेल, बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, प्रेम बहादुर थापा, देवेन्द्र शाक्य, धर्मी शाक्य, तिला लेकाली आदि उदक यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    उदक यात्रीका उदकहरूमा माया, प्रेम, देश, प्रकृतिसँग सम्बन्धित विषयवस्तुका साथै समाजमा व्याप्त विकृती विसङ्गतिप्रति तिखो व्यङ्ग्य गर्दै राष्ट्रिय भावले ओतप्रोत भएका उदकहरू वाचन गरिएका थिए ।

    उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उदक स्रष्टा अकुलीनले उदकको संरचनागत अवधारणाको जानकारी गराउँदै उत्कृष्ट उदक सिर्जना गर्न अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।

    Leave a Reply