अति विपन्न दलित परिवारको लागि घर हस्तान्तरण कार्यक्रम

  • ११ मंसिर २०७८, शनिबार १४:३६ मा प्रकाशित
  • उमेश कुशवाहा


    पर्सा, मंसिर,११

    पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश -२, पर्साको संस्थाको सहजीकरणमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा-६ सन्ठी औराहामा बस्ने सन्तोष पासवानको जस्तापाताको घर निर्माण गरि एक कार्यक्रमको बीच घर हस्तान्तरण गरिएको छ।

    पिसफोर दलितस फाउन्डेसन नेपाल प्रदेश-२, पर्साको अनुरोधमा तीन जना सहयोगी दाताहरुको सहयोगमा घर निर्माणको कार्य सम्पन्न भएको छ।

    काठमाडौं बालुवाटार घर भएको हाल अमेरीका बस्ने समाजसेवी अमर क्षेत्री मार्फत रु.१२३६२२ ,काठमाडौं बस्ने सामाजिक अभियान्ता तथा बाल अपांग टेवा संस्थाको अध्यक्ष डेन्डि शेर्पा मार्फत रु .४७२१३ दाङ जिल्ला घर भएको हाल काठमाडौं बस्ने योग, गुरु, अध्यात्म र हिन्धु धर्म संस्कृतिकका ज्ञाता डा. चिन्तामणी योगी मार्फत रु. १५०००, जिल्ला ललितपुर लयान्स क्लबको अध्यक्ष ज्योति केसी मार्फत रु. १००००/- आर्थिक सहयोग बाट घरमा निर्माण कार्य सम्पन भएको छ।


    जम्मा रु. १९५८३५ आर्थिक सहयोगमा जस्तापाताको घर निर्माण कार्य गरि घर हस्तान्तरण गरिएको छ।

    जगरनाथपुर गाउँपालिका वडा-६ सन्ठी औराहा गाउँको स्वर्गीय रामवतार पासवानको घरको अवस्था धेरै खराब थियोे । फुस खरको छानो रहेकोे थियोे र त्यो घर पुरै ढलेको थियोे । पानी वर्षा भएकोले रातीमा त्यो घरमा नबस्ने अवस्था थियोे । पानी पर्ने बेलामा पुरै घर चुईनथ्ये । फुस खरको छाने भएको घरको टाटी झरेको थियो । त्यो पहिलाको घरमा नबस्ने अवस्था थियोे ।

    सन्तोष पासवानको बुबा बितेको ७ वर्ष भएको छ। घरमा अहिले आमा रिना देवी पासवान र श्रीमती सुगिया देवी पासवान गरि ३ जनाको पारिवार रहेकोे छ। सन्तोष पासवान अति सुस्मनिस्तितीको रहेकोे छ।


    घर निर्माण भएको पछि तिनै जना खुशी भएको छ। आमा रिना देवी पासवानले दाताहरुलाई धन्यबाद पनि दिएकी छन।


    अति विपन्न दलित परिवारको घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता पिसफोर दलितस फाउन्डेसन नेपालको उपाध्यक्ष चन्द्रकिशोर राम , प्रमुख अतिथि बाल अपांग टेवा संस्था , काठमाडौंको अध्यक्ष डेण्डी शेर्पा , बिशिस्ट अतिथि जगरनाथपुर गाउँपालिका वडा-६ को वडा अध्यक्ष अजोध्या प्रसाद कुर्मी , घर निर्माणको संयोजक अशोक राम , संस्थाको सदस्य परमानन्द राम , दलित महिला सदस्य ,पत्रकार तथा गाउँलेको उपस्थिति रहेकोे थियोे ।


    यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज रामले गर्नु भएको छन।

    Leave a Reply