एनआरएनएको चुनाव आगामी डिसेम्बर १५मा ‘महाधिवेशन १९-२०मा’

  • ३ मंसिर २०७८, शुक्रबार २०:२३ मा प्रकाशित

  • सदस्य शुल्क नतिर्ने एनसीसीले महाधिवेशनमा सहभागी हुन नपाउने

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव आगामी डिसेम्बर १५मा हुने भएको छ भने महाधिवेशन १९-२०मा हुने भएको छ!
    विवाद र राजनीतिले उग्ररूप लिएपछि अनिश्चत बनेको महाधिवेशनको नयाँ मितिबारे जानकारी दिँदै अध्यक्ष कुमार पन्तले डिसेम्बर १९र २० काठमाडौंमा महाधिवेशन हुने बताएका हुन्।

    यसअघि अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना हुनुपर्ने महाधिवेशन राजनीतिक हस्तक्षेपले अनिश्चितकालका लागि रोकिएको थियो।

    विधि र विधान सबैलाई समान हुने भन्दै उनले शुल्क नपठाउने मुलुलाई अब अन्तिम पटक पत्र पठाउने बताए। ‘अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत र अन्य दुई देशले शुल्क उठाएर पनि केन्द्रमा बुझाउनुभएको छैन। हामीले धेरै पटक पत्राचार गरिसकेका छौं, अबको पत्र अन्तिम हुनेछ,’ पन्तले विधानको पालना नगर्नेलाई कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिए।

    सदस्यता शुल्क नतिर्नुका साथै २५ प्रतिशत महाधिबेशन प्रतिनिधि छनोटमा विधान विपरित काम गर्ने मुलुकमा अस्ट्रेलिया, अमेरिका र बेलायत छन्।

    यसैबीच निर्वाचन समितिका सदस्य सचिव भुषण घिमिरेले निर्वाचनको मिति तोक्न अध्यक्ष कुमार पन्तले पत्राचार गरेको र बिहिबार निर्वाचन समितिको बैठक द्वारा मिति बारे फैसला गरियको बताएका छन्।

    Leave a Reply