
अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीको आयोजनामा ११३ औँ लक्ष्मी जयन्तीको अवसरमा प्रविधि मैत्री रचना वाचन कार्यक्रम मिति २०७८ साल कार्तिक १८ गते बिहिबारका दिन सम्पन्न भएको छ ।
रचना वाचनको उक्त पहिलो शृङ्खलामा कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठान र चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया काव्यिक विधाका प्रवर्तक वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले प्रविधिको विकाससँगै साहित्यको विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको जानकारी गराउँदै अक्षर साहित्य प्रतिष्ठानको यो प्रविधिमैत्री कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि वेदविज्ञ तिलकप्रसाद लुइटेलले साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृवित्वको चर्चा गर्दै सिङ्गो युगबोध हुने साहित्य सिर्जना गर्नेतर्फ स्रष्टाहरूको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले प्रतिष्ठानको पृष्ठभूमिको बारेमा जानकारी गराउँदै अबदेखि साप्ताहिक प्रविधिमैत्री रचना वाचन कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त प्रविधिमैत्री कार्यक्रममा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, जीवन सरोवर, जानुका थापा, भीम खड्का, सविता केसी, सोम लुइटेल, चन्द्रावती अधिकारी, जमुना कायस्थ, मदन प्यासी, बीपी खनाल, देवेन्द्र शाक्य, इन्दिरा ज्ञावली, धर्मी शाक्य, हरि पराजुली लगायतकाले आ-आफ्ना साहित्यिक सिर्जनाहरु वाचन गर्नुभएको थियो ।
अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीका अध्यक्ष धनराज अविरलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार आर्त अकुलीनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो र कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य कृष्ण उपाध्यायले गर्नुभएको थियो ।


बधाई तथा शुभकामना सर नमन सम्पूर्ण प्रियजनहरुमा