साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २२औं भाग सम्पन्न, ५४ जना उदकस्रष्टाहरूको सहभागीता

  • ३० आश्विन २०७८, शनिबार १७:४० मा प्रकाशित
  • काठमाडौ, ३० असोज । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २२औं भाग शनिबार सम्पन्न भएको छ । उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :


    अभ्यस्त
    मनकाे आभाष
    सुन्दर जीवन चक्र !
    ✍️ राेशन पराजुली, धरान

    पुष्प
    पवित्र प्रसाद
    फूल जस्तै जवानी !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    फूल
    सफा स्वच्छ
    जिन्दगीको पर्याय हो !
    ✍️ हृदय लेकाली, भैरहवा

    पुष्प
    शोभनीय चिज
    शुभ अशुभमा चढ्ने !
    ✍️ चक्र शाही, कैलाली

    सरस्वतीको
    मनपर्ने फूल
    सेतो खुल्दछ रङ्ग !
    ✍️ लक्ष्मी बस्याल, बर्दिया

    सेतो
    फूलको सुगन्ध
    फैलियोस् यो जगतभरि !
    ✍️ रमेश प्रभात, चितवन

    फूल
    सबैको प्रिय
    खुसी उमङ्गको मूल !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका-१४, दाङ


    चमेली
    सुन्दर फूल
    जीवनकाे पूर्वार्धको बाेध !
    ✍️ खड्गबहादुर गुरुङ, टीकापुर

    फूल
    स्वच्छ सुगन्ध
    छर्दै मख्ख पार्छ !
    ✍️ ताेयानाथ सुवेदी, काँडाघारी
    १०
    बालापनमा
    फूलभन्दा सफेद
    म छु मनमा !
    ✍️ दुर्गा भमरकोटे, काठमाडौँ
    ११
    स्निग्ध
    स्वेत पत्र
    डालीमा फुलेको फूल !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली
    १२
    सरस्वती
    श्वेत पुष्प
    स्वधामा हुने अपरिहार्य !
    ✍️ कमला देवकोटा, पाल्पा
    १३
    फूल
    सुवास छर्छ
    चारैतिर वातावरण मग्मगाउँछ !
    ✍️ देवेन्द्रराज शाक्य, बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश
    १४
    फूल
    सुन्दर जीवन
    कर्मले सुवासित भुवन !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    १५
    फूल
    सुगन्ध छर्ने
    जीवनमा खुशी भर्ने !
    ✍️ धर्मी शाक्य, बुटवल
    १६
    फूलकाे
    मगमग वासनाले
    पाउछ सबैले आनन्द !
    ✍️ राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’, भक्तपुर
    १७
    सेतो
    सुन्दर फूल
    प्रकृतिको उत्कृष्ट सिर्जना !
    ✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ
    १८
    झपक्क
    शरद सोभा
    भर्खरै फुलेका ढकमक !
    ✍️ होम प्रसाद नेउपाने, धरान, सुनसरी
    १९
    पुष्प
    जीवन जवानी
    ओइलिन्छ झर्छ प्राण !
    ✍️ चक्र आले, कैलाली
    २०
    फुल
    प्राकृतिक सौन्दर्य
    धर्तिको सुन्दर उपज !
    ✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे
    २१
    चमेली
    सुगन्ध कुसुम
    माया लाग्ने उधुम !
    ✍️ आर्त अकुलीन, कैलाली
    २२
    फूल
    शान्तिको प्रतीक
    अनन्त जीवनको मूल !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया

    २३
    सृष्टिमा
    चमेली वृष्टिमा
    सरस्वतीको आसन कृतिमा !
    ✍️ भानुराम के.सी., धादिङ
    २४
    कुसुम
    शान्ति सौन्दर्य
    शोभा सिर्जन सौम्य !
    ✍️ कण्ठराज गिरी, टीकापुर
    २५
    हेरिरहुँझैँ
    श्वेत कुसुम
    प्राकृतिक मनोरम छटा !
    ✍️ किशोर खनाल, तानसेन-१,पाल्पा
    २६
    जीवन
    फूलझैँ फुल्छ
    अनि ओइली झर्छ !
    ✍️ तिला लेकाली, मोरङ
    २७
    प्रकृति
    आफै सृङ्गारिन्छिन्
    फूलहरूको धारण गरी !
    ✍️ बालकृष्ण खनाल, टीकापुर
    २८
    मुस्कान
    श्वेत कुसुम
    सुन्दर शान्त स्निग्ध !
    ✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ
    २९
    सुगन्ध
    मगमग आहा
    फुलोस सवको मनमा !
    ✍️ कृष्ण जोशी, मेरिल्याण्ड, अमेरिका
    ३०
    सफेद
    सबैकाे मन
    श्वेत फूलझैँ बन !
    ✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    ३१
    चमेली
    श्वेत स्वच्छ
    शोभा आँगनको बढाउने !
    ✍️ धनमाया चौधरी, कैलाली
    ३२
    चमेली
    शान्तिकाे प्रतीक
    सुगन्धित प्रकृतिक वायु !
    ✍️ बलराज गिरी, कैलाली
    ३३
    चमेली
    गाेधूलि साँझमा
    मुसुक्क मुस्कुराए बाेटमा !
    ✍️ श्रद्धा आचार्य, पोखरा
    ३४
    फूल
    भमराको स्पर्श
    प्राकृतिक सुन्दर वातावरण !
    ✍️ रामसुन्दर थारु, कैलाली
    ३५
    धर्ती
    मुस्कुराउँछ प्रकृति
    फूलले मोहित मन !
    ✍️ पशपती राई, खोटाङ
    ३६
    चमेली
    श्वेतत पुष्प
    सुन्दर प्राकृतिक रूप !
    ✍️ सविता के.सी., काठमाडौँ
    ३७
    फूल
    सेतो सुन्दर
    सुवास जीवन्त रङ्ग !
    ✍️ पुष्पा सायरा, विराटनगर
    ३८
    फूल
    सधैँ फूलिरहोस्
    रात दिन एकनास !
    ✍️ समुन्द्रा शर्मा, इटहरी, सुनसरी
    ३९
    गोधूलि
    श्वेत चमेली
    चौतर्फी मगमग बासना !
    ✍️ कविता आचार्य, कैलाली
    ४०
    जाती
    मिलेर बसे
    सेतो फूल जस्तै !
    ✍️ महावीर विश्वकर्मा
    डोटी, हाल: रामेछाप

    ४१
    फूल
    प्राकृतिक सौन्दर्य
    स्वच्छ सुन्दर माधुर्य !
    ✍️ राम न्यौपाने, कैलाली
    ४२
    जुही
    श्वेत पुष्प
    अनुपम प्राकृतिक रूप !
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ४३
    चमेली
    फुल्यो बोटमा
    मुस्कुराहट खुल्यो ओठमा !
    ✍️ घनश्याम पौडेल, पोखरा
    ४४
    सुमन
    फुलेको ढकमक
    सुन्दर मुस्कान लिएर !
    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    ४५
    चमेली
    मीठाे बासना
    घरमा राेप्ने चाहना !
    ✍️ नवराज भट्ट, महेन्द्रनगर
    ४६
    प्रकृति
    आनन्दित मन
    फूलको भित्रको मुस्कान !
    ✍️ रघु थापा, भक्तपुर
    ४७
    तिमी
    फूल समान
    नरम बनाउ मन !
    ✍️ बिनुबाबा घिमीरे, बल्खु, काठमाडाैँ
    ४८
    भमरा
    त्यहाँ भुल्छ
    जहाँ फूल फुल्छ !
    ✍️ विक्रम तिरुवा, जुम्ला
    ४९
    प्रकृति
    सुन्दर फूल
    जीवनमा भएको अनमोल !
    ✍️ बासुदेव दनुवार, सिन्धुली
    ५०
    चमेली
    छरेर सुगन्ध
    सजियो सारा उपवन !
    ✍️ विजया घिमिरे, जनकपुर
    ५१
    आहा
    सुगन्धित बयेली
    परिचय फूल चमेली !
    ✍️ टीकाराम जाेशी, टीकापुर
    ५२
    सुवास
    श्वेत पुष्प
    चमेली आगनमा ढकमक्क !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
    ५३
    चमेली
    आँगनको डिलमा
    सदैव फुलीरहने फूल !
    ✍️ शान्ति नाथ पुरी, कैलाली
    ५४
    प्रकृति
    सुन्दर पुष्प
    लोभियो मानव मन !
    ✍️ अञ्जिता राउत
    नेचा सल्यान-५, सोलुखुम्बु

    Leave a Reply