उदक साहित्य समाजको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न, आर्त अकुलीनको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमिति चयन !

  • २८ आश्विन २०७८, बिहीबार १३:२६ मा प्रकाशित
  • काठमाडौ, २८ असोज । उदक साहित्य समाज नेपालको प्रथम वार्षिकोत्सव कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

    कार्यक्रम वरिष्ठ साहित्यकार तिलक लुइटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लुइटेलले उदकको स्थायित्वको लागि कृति प्रकाशनमा जोड दिनुपर्ने बताउँदै समग्र कार्यक्रमको विश्लेषणात्मक धारणा सहित उदक, व्यक्तित्व, कवित्व र काव्यवारे महत्वपूर्ण जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनले उदकको गायनका जोड दिनुपर्ने कुराको जानकारी गराउँदै उदक गायन गर्नुभएको थियो ।

    सो कार्यक्रमका विशिष्ट अतिथि झरका प्रवर्तक तथा झर साहित्य प्रतिष्ठानका अध्यक्ष शिव खनालले उदक र झर बिचको घनिष्ठ सम्बन्ध रहेको बताउँदै केही उदक वाचन गर्नुभएको थियो ।

    त्यस्तै विशिष्ट अतिथि सुसेलीका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेले उदकलाई गेयात्मक बनाउन सकिने कुरामा जोड दिँदै केही उदकहरू फरक शैलीमा गायन गर्नुभएको थियो ।

    विशिष्ट अतिथि पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइटेलले काव्य विधाका यी लघु रूपहरूको संरक्षण र सम्बर्द्धन गर्न स्रष्टाहरूको सामुहिक एकताको आवश्यकता भएको बताउँदै उदक वाचन गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा अक्षर साहित्य प्रतिष्ठान लम्कीका अध्यक्ष धनराज अविरलले उदक र उदक स्रष्टाहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभएको थियो ।

    उक्त कार्यक्रममा साहित्यकार बालकृष्ण खनाल, बादल वियोगी गुरूङ, श्रद्धा आचार्य, कविता आचार्य देवकोटा, श्रीकृष्ण शर्मा, लक्ष्मी बस्याल, रोशन पराजुली, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, वसन्त अनुभव, पुष्प राना, नवराज भट्ट, श्रीकृष्ण शर्मा, सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल लगाएतका दर्जनौं स्रष्टाहरूले उदक वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सो कार्यक्रममा स्रष्टा आर्त अकुलीनको अध्यक्षतामा
    पन्ध्र सदस्यीय उदक साहित्य समाज नेपालको कार्यसमिति पनि चयन गरिएको छ।

    त्यस्तै उपाध्यक्षमा वसन्त अनुभव, सविता केसी, महासचिव हिमाल अम्मै, सचिव अबोध निर्मल, सहसचिव बादल वियोगी गुरूङ र कोषाध्यक्ष अञ्जिता राउत रहनुभएको छ भने सदस्यहरूमा स्रष्टा साहित्यकार सोम लुइटेल, चन्द्रावती अधिकारी, रोशन पराजुली, समुन्द्रा शर्मा, बुद्धि लामिछाने, कमला देवकोटा, सरस्वती श्रेष्ठ (रुपन्देही) र श्रद्धा आचार्य रहनुभएको छ ।

    सो कार्यक्रममा स्वागत मन्तव्य उदक साहित्य समाजका महासचिव हिमाल अम्मैले व्यक्त गर्नुभएको थियो भने वार्षिक प्रगति प्रतिवेदन समाजकी उपाध्यक्ष सविता केसीले प्रस्तुत गर्नुभएको थियो ।

    उदक प्रवर्तक एवं साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाजका सचिव अबोध निर्मलले गर्नुभएको थियो ।

    Leave a Reply