
३ अक्टोबर २०२१, साउदी अरब
साउदी अरेबियाको अभा भन्ने ठाउँमा रहेको एउटा मजेन्टा नाम गरेको बिज्ञापन कम्पनीमा काम गर्ने एक जना नेपालीको सडक दुर्घटनामा परि साउदी अरेबियाको नजरान भन्ने ठाउँमा मृत्यु भएको छ।
नेपाल बारा घर भएका इजाज अन्सारी बिगत 7 बर्षदेखि उक्त कम्पनीमा कार्यरत रहेका र आज ३ अक्टोबर २०२१ का दिन उहाँको सडक दुर्घटनामा मृत्यु भएको अभा स्थित एक समाजसेवी नेपाली रहिम सेखले जानकारी गराएका छन् ।
मृत्यकको पार्थिक शरीर नेपाल पठाउनको लागि नेपाली महाबाणिज्य दूतावास जेद्दा सित समन्वय गरि छिटोभन्दा छिटो पहल गर्नका लागी गैर आवासीय नेपाली संघ साउदी अरबलाई अनुरोध गरेका छन् ।
बृस्तित जानकारीका लागि र अन्य पहलका लागि तलको नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दै उहाँको पार्थिक शरिर छिटोभन्दा छिटो नेपाल पठाउनका लागी हामी पनि महाबाणिज्य दूतावास जेद्दालाइ अनुरोध गर्दछौं ।
नजिकैको मृतकको साथिको विवरण
अलाम अन्सारी 0595329975

