
रामबाबु मेहता, भाद्र २८
बाराको सिम्रौनगढ नगरपालिकाको नगर असपतालमा सोमबार अस्पतालमा तोडफोड भएको छ । सर्पदंसका डेढ वर्षीय बालकको समयमा नै उपचार नपाएर मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । आक्रोशित स्थानीयले नगरपालिकाका कर्मचारीलाई समेत कुटपिट गरेका छन् ।
आइतबार राति सिम्रौनगढ नगरपालिका–२ मौवाही टोलका सतिश साहको छोरालाई सर्पले टोकेपछि नगरपालिकाले सिम्रौनगढ नगरपालिकाद्धारा सञ्चालीत नगर अस्पतालमा ल्याएका थिए । बालकको अवस्था गम्भीर रहेको भन्दै त्यहाँबाट थप उपचारका लागि अन्यत्र लैजान स्वास्थ्यकर्मीले सिफारिस गरेका थिए । बच्चाको अवस्था गम्भीर भइसकेकाले सुविधासम्पन्न अस्पतालमा लान सल्लाह दिइएको थियो, उनले भने, ‘हामी कसैको ज्यान जाओस् भन्ने चाहँदैनौ । जीवन जोगाउने हाम्रो यथक प्रयास रहेको हुन्छ भने कुरा सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले जानकारी दिए ।
नगर अस्पतालमा उपचार हुन नसकेपछि सिम्रौगढबाट उपचारको लागि मोटरसाइकलमा कलैया लैजाने क्रममा कलैया अस्पताल सम्म पुग्दा नपुगदै बाटोमै बालकको मृत्यु भएको आफन्त ताराचन्द साहले बताए । उनका अनुसार सिम्रौनगढको नगर असपतालमै सुई लगाइदिएको भए बच्चा जोगिन सक्थ्यो । अस्पतालका स्वास्थ्यकर्मी गैरजिम्मेवार भएर उपचारै गर्न नमानेकोले बालककोले बालकको मृत्यू भएको मृतकका आफन्त साहले बताए । बालकको मृत्यु भएपछि बिहान आक्रोशित आफन्त र गाउँलेले मृतक बालकको शब लिएर सिम्रौनगढ बजारभरी नगर प्रमुख बिजय यादव बिरुद्ध नारा बाजी तथा टायर बालेर प्रर्दशन गर्र्दै अस्पताल तोडफोड गर्नुका साथै नगर असपतालमा कार्यरत स्वास्थयकर्मी तथा नगरपालिका कर्मचारी लाई कुटपिट गरेका थिए । आक्रोशित गाउँलेहरुले नगरपालिकको ढोका फोड्नुको साथै अस्पतालको झ्याल,फार्मेसी, ल्याब, कम्प्युटरसमेत तोडफोड गरेको प्रमुखप्रशासाकीय अधिकुत बिरेन्द्र प्रसाद साहले जनाएका छन् । 
आक्रोशित गाउँलेहरुको कुटपिटबाट नगरपालिकाका कर्मचारी प्रयाग महतो, दायागिरी प्रसाद कुशवाहा,रबिन हुसेन,लालबाबु मुखिया,सुरेन्द्र प्रसाद साह,शम्भु साह,निर्मला कुमारी टाकुर, तथा नगर प्रहरी हवालदार चन्दन दुबे, अरबिन्द कुमार यादव, सुमित प्रसाद यादव,राजकिशोर साह र नागेशवर प्रसाद यादव घाईते भएका छन् । घाइतेहरुको उपचार बिरगंज स्थित इन्डो अस्पतालमा उपचार भइरहेको सिम्रौनगढ अस्पतालका इन्चार्ज जितेन्द्र यादवले जानकारी दिए । यसै बिच सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साह दारा जारी प्रेश विज्ञाप्तीमा असपतालमा भएको तोडफोड गरिएको तथा आफना कर्मचारी निर्घात कुटपिट गर्ने उपर कार्वाहीको माग गरेको छ , साथै चौबीस घण्टा भित्र कार्वाही भएन भने नगरपालिका मतहतका समपूर्ण कामकाज ठप पार्ने जानकारी गराईएको छ । शुभम सन्देश

