
१**
१.//
पार्वतीको लागि ब्रत बस्छु,
शिवजी तिम्रो चन्दन घस्छु।
२.//
हरियो चुरा मेहेदी लाएँ मन रङ्गियो,
प्रकृति नजिक रहेछ र आयु लम्बियो ।
३.//
साउनमा खोला बढेर आउँछन्,
शिबजी यही हेर्न पृथ्वी धाउँछन् ।
४.//
राम्रा दिनहरू अब चैँ आउन,
धोएर लानु रोग सब साउन ।
✍️
☘️☘️पुष्पासायरा, बिराटनगर ।☘️☘️
२**
१.//
लगाएँ आज तिम्रै नाममा यो हरियो चुरा,
धेरै दिनको मेरो चाहना आज भयो पुरा।
२.//
तिम्रै नाम लेखेर हातमा मेहदी भरेँ,
टुक्का अनि कविता लेखेर म बेसी झरेँ ।
३.//
दिनमा रोपाइँ गरी लुतो साँझमा फाल्नु,
खानुपर्छ सुप सबैले गेडागुडी गाल्नु।
४.//
सबैजना कराई आज लुतो भागेछ,
अस्ति हिलो खेली चिसो मलाई लागेछ ।
✍️
☘️☘️कल्पना थामी, सिन्धुपाल्चोक☘️☘️
३**
१.//
साउन एकमा बर्सियाे पानी ,
धान राेप्ने हतारमा किसानी ।
२.//
कँडेल देवता पुजेर अाजै,
लुताे पिलाे फाल्नु छ काम काजै ।
३.//
छाअाेस् मनमा सुख र शान्ति,
सुखद रहाेस् साउने सङ्क्रान्ति ।
४.//
उत्तरायण हुदैछन् रवि ,
कैलै काेही नहुनु मत्लवी ।।
✍️
☘️☘️शर्मिला कार्की “सरु”☘️☘️
☘️पैयुँ – २, पर्वत☘️
४**
१.//
कर्कट रेखा जाँदैछन् सूर्य ,
सुखशान्ति फैलियाेस् माधुर्य ।
२.//
हटाेस् राेगकाे लुताे र पिलाे,
कसैकाे मन नहोस् अमिलाे ।
३.//
अनाज राेपी किसानी गरेर,
खान पाइयाेस् भकारी भरेर ।
४.//
उच्च बनाेस् सबैकाे भावना ,
सङ्क्रान्तिकाे छ शुभकामना ।
✍️
☘️☘️थापा रुद्र , भानु – ११, तनहुँ☘️☘️
५**☘️☘️☘️☘️
१.//
साउन को महिनामा खुसियाली छाऊ,
हरियो चुरा पोतेले जिन्दगी सजाऊ ।
२.//
जताततै छ त हरियाली छाएको,
बर्सको एक महिना चुरा आएको ।
३.//
हरिया चुरा लगाएर रमाउनुस्,
शिवजी नया गित लिएर आउनुस्।
४.//
साउनमा जताततै हरियाली छाएको,
मन भित्र पिडा नै पिडाले दर्द खाएको ।
✍️
☘️☘️नवीन जोशी, प्रदेस ७ कैलाली☘️☘️
६**☘️☘️☘️☘️
१.//
दक्षिणायनमा सूर्य बस्ने आजैबाट बुझौ साथी,
कर्कट रासी भोग गर्ने पालो आएछ अब माथि ।
२.//
आयो साउन घुमिफिरी कर्कट रासी साथमा,
आजै फालौ लुतो सबै स्वच्छता होस् हाम्रो गाथमा ।
३.//
कण्डारक राक्षसलाई हिर्काउनु अस्त्र शस्त्रले,
लखेट्नुछ सबै मिली नाङ्लो ठटाई तन्त्र मन्त्रले ।
४.//
हिलो मैलो भयो शरीरमा खेती-पाती लगाउँदा,
स्नानादी गरी बस्नु राम्रो फोहर सबै भगाउँदा ।
✍️
☘️☘️माधव पोखरेल गोज्याङ्ग्रे ☘️☘️
☘️☘️उदयपुर गाईघाट हाल ताप्लेजुङ☘️☘️
७**
१.//
मनको पीडा लुताे र पीलाे फालेर अशान्ति ,
हर्ष र खुसी साटेर मानाै साउने सङ्क्रान्ति ।
२.//
साेमबारे व्रत बसी नारी शिवलाई पुज्दछन् ,
साैभाग्य दिने महिना साउन भनेर बुझ्दछन् ।
३.//
हिन्दु पर्वकाे फलामे ढाेका साउने संक्रान्ति बुझिन्छ ,
छालाजन्य राेग हटाउन भनी कण्डारक पूजिन्छ ।
४.//
चर्मराेग फाल्न कुरिलाे पाेलियाे ,
लुताे पिलाे लैजा भनेर बाेलियाे ।
✍️
☘️☘️केशव ढकाल, गाेरखा ☘️☘️
८**
१//
मायालु यता हेर न सुन मेरो कुरा,
ल्याइ देऊ न मेरो लागि हरियो चुरा ।
२//
बिहानै पशुपति दर्शन गर्न जाऊँ,
तिमीलाई जन्म जन्म मेरै भन्न पाऊँ।
३//
राख्नुहुन्न है ठूलो भुँडी कुरा पचाएर,
छट्पटाएँ भोलेबाबा दर्शन नपाएर।
४//
आज श्रावण सङ्क्रान्ति याद आयो मायाँ,
बस्छौ टाढा बुझन देख्नै पाइन छाँया ।
✍️
☘️☘️पौडेल विमुन्स ☘️☘️
☘️☘️ पोखरा☘️☘️
९**
1.//
साउने संक्रान्तिले नयाँ जोश उमङ्ग ल्याओस्,
जतिसक्दो यो महामारी हामीबाट भगाओस् ।
2.//
लुतो फाल्थ्यौं है पहिले साउने संक्रान्ति मनाई ,
अचेलका नानीहरुलाई चिलाई न कनाई ।
३.//
साउन लाग्यो जल चढ़ाउँ शिव- शम्भूलाई ,
नबिर्सौं स्वेत पुष्प दूधको परिकार खाई ।
४.//
डङ्डङ् राती संक्रान्ति भन्दै कति रमाईलो गर्थ्यौँ ,
थाल, टिन ठटाई हुलबाँधी गाउँ गाउँ जान्थ्यौँ ।
✍️
☘️☘️राजेन्द्र प्रधान पाशा, दार्जिलिङ्ग ☘️☘️
१०**
१.//
नयाँ हरिया कपडा ,पोते ,चुरा ,
सबैको सपना कहाँ हुन्छ पूरा ।
२.//
बिहे गरेकी सप्तरङ्गी लाउँछे नारी,
बसेर अाँसु झार्छे सङ्गी छितिज पारी।
३.//
अामा रुन्छिन् होलिन् छोरी अाज अाइन ,
यो वर्ष पनि हातको खान पाइन ।
४.//
✍️
☘️☘️कान्छी बिनिता विश्वकर्मा ☘️☘️
☘️बाजुरा☘️
११**
१.//
आहा ! कति सुहाएको हातमा हरिया चुरा,
बिछट्टै पो सुन्दर भाकी रुपको झन् के कुरा ।
२.//
हरियो रङ्गको लुगाफाटो हरियो रङ्गकै पोते,
नलागोस् है खराब नजर लौन भगवान ओते ।
३.//
सोमबारे व्रत लिन्छिन् गर्दै चोखोनिती,
मान्नुपर्छ धर्मकर्म भन्छिन् रितिथिती ।
४.//
भन्छन् प्यारी आज होरे लुतो फाल्ने दिन,
संस्कार हो मान्नुपर्छ नसोधे है किन ?
✍️
☘️☘️वसन्त अनुभव ☘️☘️
☘️घोराही उपमहानगरपालिका १४, दाङ☘️
१२**
१.//
साउन महिना न गर्मी न जाडो छ रमाइलो,
वर्षामा पानीले शीतल, घाम लाग्दा घमाइलो ।
२.//
प्रियतमको नाम लेखेकी थिएँ सावनमा, मेहदीले हत्केलामा,
छमछमी नाचेकीथेँ रमाई, लगाई हरिया चुरा र रातो जामा ।
३.//
मेहदी लगाई हत्केलामा, सजाएर नाडीभरि चुरा रातो, पहेँलो, हरियो,
सँगिनीहरूसँग गफिँदै, रमाउँदै साउनमा आहा ! खुशीले मन भरियो ।
✍️
☘️☘️रचना शर्मा प्रतीक्षा ☘️☘️
☘️ललितपुर, इमाडोल ।☘️
१३**
१.//
साउँन नलाग्दै लाग्यो देशभरी झरि,
बाढी पहिरोले गर्दै आयो मन परी।
२.//
अब त साउन, पर्ला झनै ठुलो झरी,
गरिब लाई चिन्ताले खायो सधैँभरी।
३.//
भल आयो बगायो कयौँ घरहरू,
पिडित रुन्छन् मन रुन्छ कसो गरूँ।
४.//
यो टुक्काकार भयो रमाइलो घर,
कसैलाई कसैको छैन कत्ति कर।
✍️
☘️☘️सुरेशकुमार पान्डे, दाङ ☘️☘️
१४**
१
शिवजिको ब्रत बस्न साउन महिना राम्रो,
हरियाली जताततै सुन्दर संसार हाम्रो।
२
नारीको सज्जा हरियो रातो पहेँलो चुरा,
हत्केलामा नाम लेख्दै गर्छौँ रहर पूरा।
३
बाबाको भनाइ ताजै छ बाँचियो भनेर खुशी मनाउने
नाङ्लो ठटाएर लुतो पिलो लैजाओ भन्दै राको जलाउने।
✍️
☘️☘️इश्वरी अधिकारी, लमजुङ्ग ☘️☘️


हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका। विशेष आभारी छौँ वसन्त अनुभव सर प्रति। यो साहित्यिक हौसला निरन्तर रहोस्।
सुन्दर साउने टुक्काहरू हार्दिक बधाई सम्पूर्ण टुक्काकारहरूमा 🌹✍️🌹
सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभ कामना 🌹✍️🌹
सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभ कामना 🌹✍️🌹