दाङका टुक्का साहित्यकार वसन्त अनुभवलाई टुक्का हिरो उपाधी

  • २२ असार २०७८, मंगलवार ०१:५९ मा प्रकाशित
  • टुक्का साहित्य समाज, काठमाडौले टुक्का साहित्यकार वसन्त अनुभवलाई सन २०२१ को जुन महिनाको टुक्का हिरो उपाधी प्रदान गरेको छ ।

    अङ्ग्रेजी महिना अनुसार सन २०२१ जुन महिनाको टुक्का कविता फेसबुक पब्लिक ग्रुपमा टुक्का सम्प्रेषण र यसलाई रुचाइएको विशेष सर्भेक्षण अनुसार टुक्काकार अनुभवले उक्त महिनाको टुक्का हिरो उपाधी हाँसिल गर्नुभएको हो ।
    साथै निज टुक्काकारको उक्त सफलताको लागि टुक्का साहित्य समाज परिवारले हार्दिक शुभकामना व्यक्त गरेको छ ।

    टुक्काकार वसन्त अनुभव सहित उत्कृष्ट १० मा पर्ने सफल टुक्काकारहरु Sharad Pradhanang, Rita Kharal, Rishiram Khanal, Nawaraj Pokharel Nawashila, Homprasad Neupane, Rajendra Pradhan Pasha, Suresh Kumar Pandey, Pramod Bhattarai र Bedu Neupane रहनुभएको छ । समाज परिवारले निजहरु सबै प्रति हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

    Leave a Reply