
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाले अहिले नेपालमा भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित बिरामिहरुका लागि संघले आफ्नै अगुवाईमा सङ्कलन गरेको नेपाली रकम रु. २८ लाख ७६ हजार १५४ रुपैयाँ रकम बिहीवार एनआरएनए नेपालको केन्द्रिय समिती लाई पठाइएको छ।
नेपालमा तिब्र गतिमा कोभिड-१९ संक्रमण दर वृद्धि हुँदै गएपछि संघले अक्सिजन, भ्याक्सिन, लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न भनेर आर्थिक सहयोग सङ्कलन अभियान सन्चालन गरेको थियो। हाल मलेशियामा पनि कोभिड-१९ को कारण लकडाउन चलिरहेको अवस्था छ।

जसले गर्दा आवश्यक स्वास्थ्य सामान खरिद गर्न सम्भब नभए पछी” जहाँ बाट सामान ल्याउन सजिलो पर्छ सोही देशबाट सामान ल्याएर नेपालका सातै प्रदेशमा स्वास्थ सामाग्री बितरण गर्ने जिम्मा केन्द्र लाई दिने निर्णय गैर आवासीय नेपाली संघ मलेशिया कार्यसमितिले गरे बमोजिम उक्त रकम केन्द्रिय समिति लाई पठाईएको हो।
उक्त अभियान बाट सङकलित रकम गैर आवासीय नेपाली संघको केन्द्रिय कार्यलय काठमाडौमा च्यारिटी फन्डको खाता मार्फत मलेसियन रिङ्गिट आरएम १,०१,९४२ , नेपाली रकम रु.२८ लाख ७६ हजार १५४ रुपैयाँ पठाई सकिएको जानकारी संघ मलेसियाका कोषाध्यक्ष कृष्ण नेपालले जानकारी दिनुभयो।
आर्थिक शङ्कलन अभियान मार्फत एनसिसी समिति मलेशियाको बचत खाताबाट १०,००० मलेसियन रिङ्गिट र बाँकी रकम मलेसियाको विभिन्न अन्य कम्पनिहरुमा कार्यरत श्रमिकहरु बाट सहयोग प्राप्त भएको संघले जारी गरेको एक बिज्ञप्तीमा जनाएको छ।
“‘यस् कोरोना माहामारीमा नेपालमा स्वास्थ सामाग्री पठाऔँ,र नेपालमा हुनुहुने सम्पुर्ण नेपालीको जीवन बचाऔँ “” भन्ने मुल नाराको साथ मिति १७ मे २०२१ मा नेपाली राजदूतावासको प्रमुख आथित्यता र मलेशियामा रहेका विभिन्न संघ सस्था तथा बुद्धिजीवी बर्गका ब्याक्तित्वहरु बिच कार्यक्रम गरि गैर आवासीय नेपाली संघ मलेशियाले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको थियो।

