
दाङ, २१ जेठ
बंगलाचुली गाउँपालिकाको लु १ झ ६१६ नम्वरको महिन्द्रा बलेरो गाडी आज बिहान दुर्घटना भएको छ । स्वास्थ्य सामग्री लिन घोराही जादै गर्दा उक्त दुर्घटना भएको थियो । उक्त दुर्घटनामा सवारी चालक लगायत गाडीमा सवार सबै सकुशल रहेको र कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने उक्त गाडी गाउँपालिका द्वारा संचालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिने प्रयोजनार्थ घोराही तर्फ जाँदैगर्दा घोराही–मुर्कुटी सकडखण्डमा पालुथान भन्ने स्थानमा बिहान ८ बजे दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनाका सम्बन्धमा विषयान्तर गरि केही अनलाइन ले समाचार प्रकाशन गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा उक्त अध्यक्ष चढ्ने गाडी दुर्घटनालाई विषयान्तर नगरी दुर्घटनाकै रुपमा बुझिदिन अनुरोध गरिएको छ ।
साथै निर्माणाधिन अवस्थामा रहेको मदनभण्डारी लोक मार्ग(घोराही-मुर्कुटी सडक खण्ड) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टिमा गाडीको गति तिब्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको विज्ञप्तिमा जनाइएको छ ।


