पर्सामा जारी निषेधाज्ञा १ हप्ता थपिइयो ,जेठ २० गते राति १२ बजेसम्मको लागि

  • १२ जेष्ठ २०७८, बुधबार १९:४० मा प्रकाशित
  • वीरगञ्ज, १२ जेठ । पर्सा जिल्लामा जारी निषेधाज्ञा पाँचौं पटक थपिएको छ । बैशाख १६ गतेदेखि जिल्लामा जारी निषेधाज्ञालाई आज पाँचौं पटकको लागि थपिएको हो ।

    बुधबार बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञालाई जेठ २० गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय गरेको छ ।

    विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ सङ्क्रमणको नियन्त्रण र रोकथामका निषेधाज्ञा प्रभावकारी देखिएको हुनाले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    निषेधाज्ञाको आदेशलाई पालना नगर्नेलाई प्रचलित कानून बमोजिम कारवाही समेत गरिने जनाइएको छ ।

    Leave a Reply