कोरोनाले साताभित्र एकैघरका तीनको मृत्यु

  • १३ जेष्ठ २०७८, बिहीबार १०:२९ मा प्रकाशित
  • कोरोनाले बुटवलमा साताभित्र एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिका नगरमा आमा-बुवा र छोराको सात दिनको फरकमा मृत्यु भएको वडाध्यक्ष पदम थापाले बताए।

    उक्त परिवारमा अर्का एक सदस्य पनि संक्रमित छिन् भने ६ वर्षीय नाती हालै संक्रमणमुक्त छन्।

    वैशाख अन्तिममा आमा र छोरामा कोरोना देखिएको थियो। त्यसपछि बाबु र बुहारीको स्वाब परीक्षण गर्दा उनीहरूमा पनि कोरोना देखिएको थियो।

    कोरोना संक्रमण भएका बाबुछोराको भने भैरहवा मेडिकल कलेजमा उपचार गरिएको थियो। आमाको भने स्वास्थ्यमा धेरै समस्या नदेखिएकोले अस्पताल लगिएको थिएन। उनको गत जेठ ५ मा मृत्यु भएको थियो।

    बाबु र ३९ वर्षीय छोराको पनि त्यसको दुई दिनमा मृत्यु भयो। ६९ वर्षीय बाबु र ३९ वर्षीय छोराको मृत्यु भएको हो।

    ‘आमाको मृत्युबारे बुहारीलाई जानकारी दिए पनि बाबु र छोराको मृत्युबारे खबर दिइएको छैन,’ उनले भने।

    बुहारीलाई संक्रमण देखिएको र उक्त घटनाबारे जानकारी नहोस् भनेर भिन्नै अस्पतालमा सारिएको वडाध्यक्ष बताउँछन्। उनलाई बुटवल ११ देवीनगरको एन्फा आइसोलेसनमा राखिएको छ।

    ६ वर्षका नाती भने हजुरवुवा र फुपूसँग घरमा छन्। वडाध्यक्ष थापाका अनुसार आमा र छोराको शव नेपाली सेनाले अन्त्येष्टी गरिसकेको छ भने बाबुको शव भने अन्तिम संस्कारका लागि तयारी गरिएको छ।

    कोरोनाले बुटवलमा १ सय ३० जना बढीको मृत्यु भइसकेको छ। १० हजार ८० भन्दा बढी संक्रमित छन्।

    copied:setopati

    Leave a Reply