एनआरएनए साउदीले श्रमिक समस्या समाधानमा कस्ता कस्ता सहयोग गर्यो त? विवरण सहित, बिदेश देखि स्वदेश सम्म के के गर्यो त? तलको पूरा समाचार पड्नुहोस् ।

२४ फेब्रुअरी २०२१, साउदी अरब ! “नेपालीका लागि नेपाली” भन्ने मुल अबधारणाका साथ तीब्रगतिमा श्रमिक सेवामा अगाडी बढीरहेको प्रवासी नेपालीहरुको साझा संस्था एनआरएनए साउदी अरबले कोरोना कहरका बेलामा गरिएका महत्त्वपूर्ण अनुकरणीय कार्यहरू गरेको छ ।
गत २०१९ देखि विश्वव्यापी रूपमा फैलिएको कोरोना माहामारिको कारण विश्व आतंकित भए संगै साउदी अरबमा कार्यरत नेपालीहरुलाई पनि प्रत्यक्ष असर पर्नुको साथै सयौं नेपालीहरु समेत संक्रमित हुन पुगेको, कैयौंको ज्यान समेत गएको, र हजारौं संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाइरहेको बिषम परिस्थितिमा पनि जोखिम मोलेर गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले थुप्रै अनगिन्ती श्रमिकहरुलाइ सहयोग गरेको कुरा एनआरएनए साउदीका अध्यक्ष तेज बहादुर थापाले जानकारी दिएका छन् ।
गत १०-अप्रेल-२०२० का दिन देखी कोरोना पीडित उध्दार अभियान, राहत तथा खाद्यान्न वितरण, स्वदेश फिर्ती, राहदानी सहजिकरण आउटरिच क्यापिङ, PCR टेस्टमा आर्थिक सहयोग, स्वदेश फिर्तिको निम्ती टिकट उपलब्ध गराउने लगायत यसै बिचमा नेपालमा भैपरि आउने प्राकृति दैबि प्रकोप बाढी पीडितलाई समेत आर्थिक सहयोग गरेको र संघ द्वारा नेपालका ७ वोटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण जस्ता महान कार्यहरु गरिएको कुरा अध्यक्ष थापाले बताएका छन्।
यस्ता थुप्रै श्रमिक समस्या समाधान तथा अनुकरणीय योगदानका बारेमा संघका प्रबक्ता बिष्णु न्यौपानेले बृस्तित विवरण सहित जानकारी गराएका छन् ।
राहत तथा खाद्यान्नवितरण: कोरोनाको कारण साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरुको उध्दार गर्ने उध्देश्यले २३-मार्च-२०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको बिशेष आकस्मिक बैठक बसेको थियो। बैठकले अध्यक्ष तेज बहादुर थापाको संयोजक्त्वमा (अन्तरराष्ट्रिय परिषदमा प्रतिनिधित्व गर्ने गरी अध्यक्ष तेज थापा र बरिष्ठ उपाध्यक्ष धुर्ब कुमार रिजाललाई चयन गर्दै २६ सदस्यिय कोरोना उध्दार अभियान समिती निर्माण भएको थियो। तत्पश्चात १०-अप्रेल-२०२० का दिन देखी रोजगारी गुमाएर खान बस्न समेत नपाएका नेपालीहरुलाई यहाँ स्थित नेपाली कुटनितिग नियोगहरु संग समन्वय,पहल र पैरवी गर्दै साउदी अरबका बिभिन्न क्षेत्रहरुमा रहेका कुल ५३७ जना पीडितहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराउनुको साथै १२ जना पीडितहरुलाई संघको आपतकालिन कोष बाट हवाई टिकट उपलब्ध गराइएको थियो।


नेपालका ७ वोटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण: कोरोना जस्तो भयानक महामारी संग लड्नको निम्ती अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई थप हौसला र प्रोत्साहन पुगोस भन्ने हेतु एनआरएनए साउदीले नेपालमा स्वास्थ्य सामाग्री वितरण गर्ने निर्णय गरे अनुरुप नेपालका ७ प्रदेश अन्तर्गत: प्रदेश नं १ इलाम ईलाम अस्पताल, प्रदेश नं २ सिराहा जिल्ला अस्पातल, प्रदेश नं ३ बागमती प्रदेश जिल्ला अस्पातल, प्रदेश नं ४ गण्डकी प्रदेश लमजुङ सुन्दर बजार अस्पातल, प्रदेश नं ५ लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला अस्पातल,प्रदेश नं ६ कर्णाली प्रदेश कालिकोट-किलिकोट जिल्ला जनस्वास्थ्य कार्यालय र प्रदेश नं ७ सुसुर पश्चिम कन्चनपुर बेलाडाँडी प्राथमिक स्वास्थ्य केन्द्र मा स्वास्थ्य वितरण सामाग्री सम्पन्न गरिएको थियो। स्वास्थ्य सामाग्रीहरुमा पिपीई,मास्क,फेसफिड, ग्लोब्स लगायतका सामाग्रीहरु रहेका थिए। स्वास्थ्य सामाग्री वितरण गर्नको निम्ती संघका महासचिव-उमेश भट्टराई, सहकोषाध्यक्ष-योगेन्द्र कुमार श्रेष्ठ, एनसिसी सदस्य राम बहादुर क्षेत्री र एनआरएन कर्मी पदम महतो सहितको टोली सात वोटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरणका लागि खटिएका थिए।
बाढी पीडितलाई आर्थिक सहयोग: नेपालका बिभिन्न ठाउंमा बाढी तथा पहिरोले बिचल्लिमा परेका पीडितको सहयोगको निम्ती गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद द्वारा शुरु गरिएको राहत संकलन अभियानको क्रममा आइसिसिले दिएको निर्देशन अनुसार एनआरएनए साउदी बाट ५०० डलर आइसिसिको राहत तथा उध्दार कोषमा जम्मा गरिएको थियो। यसै गरि भारी बर्षाको कारण पहिरोले घर पुरिएर बेघर भएका गुल्मी जिल्ला चन्द्रकोट गाउंपालिका-७ रुपाकोट निवासी लोकनाथ घिमिरेलाई नेरु ५०,०००/- अक्षेररुपी पचास हजार सोही गाउंपालिका वडा नं ७ का वडा अध्यक्ष मार्फत हस्तान्तरण गरिएको थियो। तस्वीर झलक:


“RRR” मेघा परियोजना: गैर आवासीय नेपाली संघ द्वारा संचालित यस मेघा परियोजनामा २५-सेप्टेम्बर-२०२० का दिन एनआरएनए साउदिको माथिल्लो निकाय आइसिसि संग संयुक्त सम्झौता पत्र गरि अक्टोबर देखी परियोजना सन्चालन गरिएको थियो। जस अन्तर्गत आइसिसिको निर्देशन अनुसार एनआरएनए कर्मी बाहेक बाहिर बाट फिल्ड कोर्डिनटर, कानुनी परामर्शदाता सहित ७ जना Paid Volunteer खटाइएको थियो। परियोजना शुरु गर्नु पूर्व साउदी अरबमा रहेका नेपाली कुटनितिक नियोग, बिभिन्न संघ संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता लगायत सबैलाई भेला गरि जुम मार्फत अन्तर्कृया कार्यक्रम गरि अवगत गराउंदै सबै संग समन्वय,सहकार्य, पहल, पैरवी गर्दै अघी बढ्ने उध्देश्यका साथ परियोजनाको शुभारम्भ गरिएको थियो।
“श्रमिक आउटरेज क्याम्पिङ” राहदानी सहजीकरण: गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” मार्फत साउदी अरबका दुरदराजमा रहेका शहरहरुमा नेपालीहरुलाई राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले आस्थाइ घुम्ती सेवा स्थापना गरी साउदी अरबको पुर्बी क्षेत्रमा: ६८६ जना, कासिम क्षेत्रमा: ७० जना, ताबुक क्षेत्रमा: ३२ जना, जिजान क्षेत्रमा: ५५ जना गरी हाल सम्म ८४३ जनाले प्रतक्ष सेवा पाएका छन। यसै परियोजना मार्फत हाल सम्म ८२ जना नेपाली श्रमिकलाई हवाई टिकट उपलब्ध गराइएको र जना १०७ श्रमिकलाई PCR टेस्ट गराइएको छ। यस परियोजनाको लागि कानुनी सल्लाहका परामर्श अफिसर, संस्थाका बिभिन्न पदाधिकारीको संयुक्त पहलमा कुटनितिक नियोग तथा संघको माथिल्लो निकाय संग सहकार्य, पहल र पैरवीले गर्दा परियोजनाले निरन्तरता पाएको हो।


आवास सेल्टरको व्यबस्था: कोरोनाको कारण साउदी अरबमा अफ्टेरोमा परेर खान बस्न नपाएका नेपाली श्रमिकहरुलाई साउदीका ३ प्रमुख शहर पुर्बी क्षेत्र दमाम, पश्चिम क्षेत्र जेध्दा र मध्य क्षेत्र रियादमा आवास (सेल्टरको व्यबस्था) गरिएको छ: गत ०१-नोबेम्बर-२०२० का दिन रियादमा स्थापना भएको सेल्टर बाट हाल सम्म २९ जना पीडितहरुले सेवा पाएका मध्ये २४ जना स्वदेश फर्किसकेका छन् भने ७-दिसेम्बर-२०२० देखी शुरु गरिएको आवास बाट साउदी अरबको पुर्बी क्षेत्र दमाममा हाल सम्म १०२ जना श्रमिकले सेवा पाएका मध्ये ९९ जना स्वदेश फर्किसकेका छन्। पश्चिम क्षेत्र जेध्दामा फेब्रुवरी १ देखी सेल्टर स्थापना भएकोछ।
साउदीमा मृत्युवरण गरेका एनआरएन सदस्यका परिवारलाई आर्थिक सहयोग: कोरोनाकै दौरान साउदी अरबमा अल्पायुमै मृत्युवरण गर्न पुगेका साउदी अरब पुर्बी क्षेत्र दमाम स्थानिय समितिका पुर्ब कोषाध्यक्ष स्व रोशन एन श्रेष्ठ र जेध्दामा मृत्यु भएका एनआरएन सदस्य स्व गणेश भट्टराईको परिवारलाई संघको कल्याणकारी कोष बाट जनही ५०/ ५० हजार सहयोग गरिएको थियो।
साथै कोरोनाको कारण साउदी अरबमा ज्यान गुमाउनेहरुको निम्ती गैर आवासिय नेपाली संघ साउदी अरबले हार्दिक श्रध्दान्जली अर्पण गर्दै यस्तो भयानक बिषम् परिस्थितिमा पीडित उध्दारको निम्ती साथ सहयोग,सहकार्य, पहल र पैरवी गर्नु हुने सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्नुको साथै आगामी दिनहरुमा पनि यस्तै मानविय सेवा कार्यलाई संघको सामर्थ्य अनुसार निरन्तरता दिने प्रतिवध्दता व्यक्त गरेको छ ।

