एनआरएनए कतारले नयाँ कानुनबारे नेपालीहरु माझ सचेतना कार्यक्रम गर्दै,

  • १२ माघ २०७७, सोमबार ००:२६ मा प्रकाशित
  • समर्पण रम्जान

    २४ जनवरी २०२१ ! दोहा, कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय द्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा प्रसारित नयाँ कानूनहरूको बारेमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ले एक सचेतना क्रायक्रम गर्ने भएको छ ।
    कतारमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाइ नयाँ नियम कानुन बारे बृस्तित जानकारी दिदैं सचेतना गर्ने उद्देश्यले एनआरएनए कतारले भर्चुअल प्रोग्राम जुम अनलाइन मार्फत आयोजना गरिएको कुरा कतारका अध्यक्ष मोहम्मद मोक्तदाले जानकारी गराए ।

    २९ जनवरी २०२१ शुक्रवार दिउँसो २ बजे देखी सुरु हुने उक्त भर्चुअल कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्दै जुम आइडी र पास्कोड बितरण गरिसकिएको कुरा पनि अध्यक्ष मोक्तदाले बताए।

    नयाँ श्रमिक कानुन सम्बन्धी नेपाली श्रमिकहरुमाझ केही जिज्ञासा (प्रश्न) भएमा कार्यक्रम को मिति अगावै एनसीसी कतार द्वारा संकलन गरिने र कतारी सरकारको सम्बन्धित अधिकारीहरु समक्ष जानकारी गराईने छ ।
    जन अनुसार नेपाली श्रमिकहरु प्रष्ट हुनुपर्ने बिषयमा आफ्नो जिज्ञासा / प्रश्नहरु २७ जनवरी, २०२१ सम्म एनसीसी कतारको ईमेल nrnancc.qatar2003@gmail.com मा पठाइसक्नु पर्ने कुरा पनि अध्यक्ष मोक्तदाले जानकारी गराएका छन् ।

    कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि Link Login गर्नुहुन अनुरोध गरेका छन् ।

    Join Zoom Meeting
    https://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09

    Meeting ID: 424 059 5332
    Passcode: 2021

    Leave a Reply