आफुँ सवार रहेकै बसले किच्दा गोरखामा एक यात्रुको मृत्युु

  • २८ मंसिर २०७७, आईतवार १०:३४ मा प्रकाशित
  • गोरखामा आफुँ सवार रहेकै बसले किच्दा एक यात्रुको मृत्युु भएको छ । सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा भएको उक्त दुर्घटनामा सोही गाउँपालिकाको श्रीचौर घर भएका ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको ट्राफिक प्रहरी गोरखाले जनाएको छ ।

    प्राप्त जानकारी अनुसार गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नम्बरको बसमा सवार रम्तेलको बसबाट ओर्लने क्रममा पछाडिको टायरले किचेर मृत्यु भएको थियो ।

    दुर्घटना पछी गंभिर घाइते हुन पुगेका रम्तेलको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्‍याए लगत्तै मृत्यु भएको जनाइएको थियो ।

    मृतकको शवको पोष्टमार्टम पछि मृतकका आफन्तलाई जिम्मा लगाईने प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको गोरखा प्रहरीले जनाएको छ ।

    Leave a Reply